भर्खरै :

थोमस मोरको कल्पनालोक (युटोपिया) – ११

थोमस मोरको कल्पनालोक (युटोपिया) – ११

युद्धकला सिक्ने क्रममा तिनीहरू अन्य युद्ध कौसलहरूसँगै सुरक्षा कवचका साथ पौडन पनि सिक्छन् । तिनीहरूको हतियार मुख्यतः धनुषबाण हुन्छ तथा पैडल सैनिकबाहेक घोडचढी पनि यसमा दक्ष हुन्छन् । हातले युद्ध गर्दा तिनीहरू तरबार होइन बञ्चरो प्रयोग गर्छन्, जुन घातक हुन्छ† तौलमा पनि भारी हुन्छ । उनीहरू युद्धको लागि चाहिने इन्जिन दक्षतापूर्वक तयार गर्छन् । प्रयोगभन्दा पहिले त्यसलाई कसैले देख्यो भने अनुपयोगी भन्दै हाँस्नेछन् । तर, त्यसलाई बनाउँदा बोक्न, चलाउन र यताउता लान सजिलो हुने गरी बनाइन्छ । छोटो समयको लागि युद्धविराम हुँदा तिनीहरू त्यसको अक्षरशः पालना गर्छन्; उत्तेजित नपारिएसम्म उल्लङ्घन गर्दैनन् । शत्रुहरूको जमीनमा लुटपाट वा तिनीहरूको अन्न जलाएर नष्ट गर्ने काम तिनीहरू गर्दैनन् आफ्नो सेना वा घोडाहरूले त्यसलाई नबिगारोस् भन्ने ध्यान राख्छन् जासुसबाहेक निःशस्त्र मानिसहरूलाई चोट पु¥याउँदैनन् ।
तिनीहरू जिम्मा दिएको सहरको रक्षा गर्छन्; तिनीहरूले युद्ध जिते पनि केही कुरा चोरी गर्दैनन् तर अडिग रहने, आत्मसमर्पण नगर्ने र प्रोत्साहन दिनेलाई मृत्युदण्ड दिन्छन् । अन्य सैनिकहरूलाई बन्धक बनाउँछन् । अरू सबै कमजोर सैनिकहरूलाई त्यतिकै छाडिन्छ । कुनै नागरिकले आफ्नो लागि मद्दत गरेको भेटाइ तिनीहरूलाई केही सम्मान दिइन्छ । बाँकी सबै त्यो युद्धमा कुनै न कुनै तरिकाले मद्दत गर्नेहरूमाझ बाँडिन्छ, तिनीहरूले आफ्नो लागि केही पनि लिँदैनन् । जब युद्ध समाप्त हुन्छ तिनीहरूले आफ्नो मित्रसँग केही माग्दैनन्, जसलाई हराएको हो तिनीहरूलाई त्यसको जिम्मेवारी दिइन्छ । सबै खर्च तिनीहरूले बेहोर्नुपर्छ । युटोपियालीहरूले केही भाग पैसाको रूपमा र केही भाग वर्ष विच्छेद गरी जमीनमार्फत माग्छन् । यस्तो राजस्व तिनीहरूले धेरै देशमा लिएका छन् । यो रकम बढेर ७ लाख डुकाट (Ducat, एक प्रकारको सुनको मुद्रा) पुगेको छ । ती ठाउँमा युटोपियालीहरू आफ्ना केही नागरिकहरूलाई पठाउँछन् र तिनीहरूले त्यहाँ सम्मानजनक जीवन बिताउँछन् । यसबाहेक पनि तिनीहरूले धेरै पैसा जोगाउँछन् जुन राज्यको ढुकुटीमा जान्छ । कुनै पनि देशलाई पैसाको मामिलामा विश्वास नगरेसम्म तिनीहरू त्यसो गर्छन् । देशलाई अधीनमा राख्न आवश्यक भएसम्म तिनीहरू त्यसो गर्छन् । ती जमीनमध्ये केही तिनीहरूको लागि छुट्याइन्छ जसले तिनीहरूको अनुरोधमा आफ्नो ज्यान खतरामा पारेको छ । यदि कुनै राजकुमारले तिनीहरूविरुद्ध युद्ध छेड्छ भने आफ्नो राज्यको सीमाभन्दा बाहिर बसेर त्यसको सामना गर्छन् । तिनीहरू आफ्नो देशमा कहिल्यै युद्ध गर्दैनन् तथा आफ्नो भूमि अर्को देशको मद्दत लिनुपर्ने आवश्यकतासम्म कहिल्यै पुग्दैनन् ।
धर्म
युटोपियाको हरेक सहरमा धेरै प्रकारका धर्म मानिन्छ । कोही सूर्य, कोही चन्द्र र कोहीले अन्य ग्रहलाई पूजा गर्छन् । कोही एक प्रख्यात, सदाचारी व्यक्तिको तिनीहरू मुख्य भगवान्को रूपमा पूजा गर्छन् । तर, यो सबलाई अस्वीकार गर्दै तिनीहरू एक सर्वोच्च शक्तिलाई मान्छन्; मान्छेको पहुँच र क्षमताभन्दा माथि रहेको शरीरलाई होइन सर्वव्यापी गुण र शक्तिलाई मान्छन् । त्यस्तो शक्तिलाई युटोपियालीहरू सबैका पिता ठान्छन् । उसैलाई सबै कुराको सुरुआत, बुद्धि परिवर्तन र अन्त्य मान्छन् । उनलाई बाहेक अरू कसैलाई पनि दैवी श्रद्धा अर्पण गर्दैनन् । तिनीहरूको भिन्दाभिन्दै विचार भए तापनि एउटैमात्र मूख्य ईश्वर भएको, सम्पूर्ण विश्वका रचयिता उनै एक भएकोमा तिनीहरू सबै सहमत छन् । आफ्नो भाषामा तिनीहरू ईश्वरलाई मिथ्रा (Mithra) भन्छन् । तर, कुनै ठाउँमा एउटा नामले पुकारिने र अर्को ठाउँमा अर्को नामले भन्ने कुरामा तिनीहरू सहमत छैनन् । मुख्य ईश्वर एउटै हुने र उनैको ईश्वरीय शक्तिले सबै कुरा निर्धारण हुने तिनीहरूको विश्वास छ । तर, विस्तारै तिनीहरूले त्यस्ता विभिन्न अन्धविश्वासहरू छाड्दै गएका छन् तथा सबैभन्दा राम्रो र तार्किक धर्ममा सहमत हुन थालेका छन् । यदि कसैले आफ्नो धर्म छाड्ने विचार गर्छ र त्यसबाट केही अनिष्ट हुन्छ भने त्यो संयोगले नभई ईश्वरको बदला लिएकोमा विश्वास गर्छन् ।
हामीले क्राइस्टको सिद्धान्त, कानुन, चमत्कार र अन्य कुराले विश्वमा सो धर्मको विस्तार आदिबारे बताउँदा तिनीहरूले खुसीसाथ त्यसलाई अपनाए । किनभने, तिनीहरूको विचारसँग त्यसको धेरै समानता छ । क्राइस्टले साझा भावनामा जोड दिएका थिए । सोही भावना विभिन्न समुदायमाझ सही रहेको हामीले बतायौँ । कुरा सुनेर तिनीहरूमध्ये धेरैले हाम्रो धर्ममा सहमति जनाए । पवित्र पानी तिनीहरूमाथि छर्कियो । हाम्रो धर्मका सबै बुँदाहरू तिनीहरू सुने तर हामी चार जनामाझ कोही पनि पादरी नभएको कारण हाम्रो धर्म पात्रको लागि पादरीले गर्नुपर्ने केही कर्मकाण्डहरू मात्र छुट्यो । तिनीहरूले हाम्रो धर्मलाई बुझे र अपनाए । तिनीहरूले आफूहरूमाझ त्यसमाथि धेरै छलफल बहस गरे । तिनीहरू एउटा धर्म रोज्न दृढ थिए । तर, त्यहाँबाट म फर्केपछि तिनीहरूले कुनै पनि धर्म रोजेनन् ।
क्राइस्टको धर्मप्रति सहमत नहुने युटोपियालीहरू पनि त्यसबाट डराएनन् न त धर्म अपनाउनेहरूविरुद्ध नै कसैले केही बोले । तर, मेरै उपस्थितिमा हाम्रो समुदायको एकजनालाई सजाय दिइयो । क्राइस्ट धर्म अपनाउने क्रममा पवित्र पानी छर्किने काम सकिएपछि सो व्यक्तिले हाम्रो इच्छाविरुद्ध क्राइस्टको धर्मको पक्षमा बोल्न थाले । उनले हाम्रो धर्मलाई सबैभन्दा राम्रो माने तथा अरू सबै धर्मलाई अपवित्र भन्दै त्यसका अनुयायीहरूलाई दुष्ट र पापी भन्न थाले । यसरी उनले लामो समयसम्म बोलेपछि तिनीहरूले उनलाई आलोचना गरे र निर्वासनको सजाय दिए – धर्मप्रति अवहेलना गरेकोमा होइन तर जनतामाझ असन्तोष फैलाएको आरोपमा । आफ्नो धर्मको पक्षमा तर्क पेस गरेमा युटोपियामा सजाय दिइने चलन छैन । आफ्नो आँगनभन्दा पूर्व युटोपियाका जनता आ–आफ्नो धर्मको लागि निरन्तर सङ्घर्षरत रहेको कुरा बुझेर तथा सोही कारण नै आफ्नो आक्रमणको आधार रहेको हुनाले राजा युटोपसले आफ्नो विजयपछि हरेक मानिसले आफूले रोजेको धर्म मान्न सक्ने आदेश जारी गरे । अरूको कडा आलोचना नगरी शान्तिपूर्ण र शालीन तरीकाले यदि कसैले अरूलाई आफ्नो धर्मतर्फ आकर्षित गराउँछ भने युटोपियामा त्यो मान्य छ । निष्पक्ष र शालीन भाषणबाट कसैलाई आफ्नो विचार मनाउन सकिएन भने हिंसाको प्रयोग गर्न वा निन्दा गर्न पाइँदैन । यदि कसैले त्यस्तो गरे उनलाई निषेध गरिन्छ वा बन्धक बनाइन्छ ।
राजा युटोपसले त्यो आदेश शान्ति कायम गर्न घृणा र असहमति हटाउनमात्र बनाएका होइनन्, त्यो आदेशले धर्मलाई थप विकास गर्ने सोचेर त्यसो गरेका थिए । उनले सोचविचार गरेर नै त्यो आदेश दिने निर्णय गरे तथापि विभिन्न सामान चाहने ईश्वरले साधारण जनताको साधारण धर्मलाई प्रेरित गर्छन् वा छैन भन्ने कुरामा उनी दुविधामा थिए । आफूले साँचो भनी विश्वंस गरेको कुरामा अरूलाई विश्वस्त पार्न हिंसा प्रयोग गर्नु मूर्खतापूर्ण भएको उनको सोचाइ थियो । सच्चा धर्म एउटै मात्र भएको तथा बाँकी सबै व्यर्थ र अन्धविश्वास भए तापनि सत्य अन्ततः प्रकाशमा आउने उनलाई थाहा थियो । तर, दुष्ट मानिसहरू र उनीहरूको दुष्ट विचार दुवै जिद्दि अटेरी हुने भएकोले यस्ता विवादरु लामो समयसम्म चले राम्रो र पवित्र धर्म पनि व्यर्थकोअन्धविश्वासहरूबाट नष्ट हुने सम्भावना छ । तसर्थ, उनले यस्ता सबै विषयलाई त्यतिकै छाडेर हरेक मानिसलाई आफूले चाहेको धर्म मान्नसक्ने स्वतन्त्रता दिए । तर, कसैले पनि नराम्रो सोच्न नहुने आत्मा शरीरसँगै नष्ट हुने तथा विश्व कुनै ईश्वरीय आदेश नभई असामान्य व्यवहारबाट चल्नेजस्ता धारणा राख्न मनाही गरिएको छ ।
यो जीवनपछि अर्को जीवनमा अवगुणको सजाय पाइन्छ र गुणको लागि पुरस्कार पाउने विश्वास गरिन्छ । योभन्दा विपरीत विचारधारा राख्नेहरूलाई तिनीहरू मानिसमा गन्दैनन्, मानवको आत्मा अन्य कुनै जङ्गली पशुको शरीरमा पसेको ठान्छन् । कानुन र आदेशको डर नभए कुनै पनि मानिसले केही मान्नेछैन । कानुनको कुनै डर नभएको वा कानुनबाट कुनै आशा नराख्ने व्यक्तिले आफ्नो देशको कानुनको या त खिल्ली उडाउँछ या तोड्छ । त्यस्तो गर्ने वा सोच्ने व्यक्तिलाई सबै समाजबाट, कार्यालयबाट र राज्य प्रशासनबाट वञ्चित राखिन्छ । उनलाई अनुत्पादक र नराम्रो चरित्रको मानिन्छ । तर, त्यस्ताहरूलाई कुनै सजाय दिइँदैन किनभने उसले जे सुन्छ त्यसमाथि कसैलाई विश्वास जगाउने शक्ति कुनै मानिसमा नभएको कुरामा तिनीहरू विश्वास गर्छन् । आफ्नो विचार लुकाउन वा आफ्नो विचारविपरीत व्यवहार गर्न कसैलाई बाध्य पारिँदैन । ठग, छलकपट, झूटलाई तिनीहरू घृणा गर्छन् । तर, साधारण मानिसहरूबिच तिनीहरू पीडित हुन्छन् । पादरी र मुख्य व्यक्तिहरूबाहेक अन्यत्र तिनीहरूलाई बहस गर्न लगाइन्छ । पागलपन छोडोस् भन्ने प्रयास गरिन्छ । कसैको विचारमा केही तर्क छ भने त्यस्तो व्यक्तिलाई बोल्नबाट रोकिँदैन, किन त्यो खराब वा नराम्रो हुँदैन । तिनीहरूको विचार अरूको भन्दा भिन्दै छ, तिनीहरू पशुहरूको आत्मा अमर र दीर्घायु हुने तर मानवजस्तो सम्माननित नहुने, सुखी नहुने कुरामा विश्वास राख्छन् । मानिसको खुसी धेरै ठुलो हुने, हरेक मानिसको रोगप्रति तिनीहरू दुःखी हुने तर इच्छाविपरीत मर्नेहरूबाहेक अरू सामान्य मृत्युमा दुःखी नहुने तिनीहरू विश्वास गर्छन् । इच्छाविपरीत मर्नुलाई तिनीहरू नराम्रो सङ्केत मान्छन् किनभने सजायको पूर्वाभाषको कारण निराश र अन्योलग्रस्त आत्मा शरीर छाड्न डराउँछ । त्यस्तो आत्मालाई ईश्वरकहाँ स्वागत नगरिने, बोलाइँदा ईश्वर कहाँ खुसीपूर्वक नभई इच्छाविपरीत जाने विश्वास गर्छन् । तसर्थ, त्यस्तो प्रकारको मृत्युलाई तिनीहरू घृणा गर्छन् तथा चुपचाप अन्तिम संस्कार गर्छन् । त्यस्तो आत्माप्रति दयाभाव राख्न र उनका अवगुणहरूलाई माफ गर्न भगवानसामु प्रार्थना गरेपछि लाशलाई माटोले पुर्छ । यसको विपरीत खुसीसाथ र राम्रो आशा लिएर र मर्नेहरूप्रति कसैले पनि दुःख व्यक्त गर्दैनन् ईश्वरले खुसी साथ त्यस्तो आत्माहरूलाई बोलाउने आशा गर्दै खुसी खुसी मलामी जान्छन् । अन्तमा दुःखी नभई, ठुलो सम्मानका शव जलाइन्छ तथा मृतकको नाम अङ्कित खम्बा त्यहाँ गाडिन्छ । मलामीलाई घर फर्कदा तिनीहरू उनको सदाचार र राम्रा कामहरूको वर्णन गर्छन् तर सबैभन्दा बढी उनको सुखद मृत्युको विषयमा कुरा गर्छन् । उनको सदाचार र राम्रा कामहरूको स्मरणले जीवितहरूले पनि असल बन्न प्रेरित गर्न तथा मानिसको आँखाले नदेखे तापनि मृतकहरू वरपर रहन्छन् भनि विश्वास राख्दै तिनीहरूको लागि आफ्नो वर्णन सुन्नु सुखद हुने विचार तिनीहरू राख्छन् । आफूले खुसी चाहेको ठाउँमा जाने स्वतन्त्रता नपाउनु तिनीहरूको नजरमा असुविधाजनक कुरा हो तथा आफ्नो जीवनकालमा स्नेह प्रेमभावपूर्वक रहेका मित्रहरूलाई भेट्ने वा हेर्ने चाहना त्याग्नु निर्दयीता हो । असल व्यक्तिहरू माझ मरेपछि यसको भावना झन् बढ्छ । तसर्थ, मृतक आत्माहरू जीवित व्यक्तिहरूको काम व्यवहार, बोलीचालीको दर्शक र प्रत्यक्षदर्शी हुने तिनीहरूको विचार छ । तसर्थ, यस्ता अदृश्य निरीक्षकहरूमाथि विश्वास राखेर तिनीहरू साहसपूर्वक आफ्नो व्यवसाय गर्छन् । आफ्ना पूर्वजहरू आफू वरपर सदा उपस्थित हुने विश्वासको कारण तिनीहरू केही अवैध काम गर्न डराउँछन् । चराहरूको उडान वा आवाजले सत्य बोल्ने वा लुकेको कुरा देखाउनेजस्तो भनाइ र अन्य अन्धविश्वासहरूको तिनीहरू खिल्ली उडाउँछन् । यस्ता अन्धविश्वासलाई अन्य देशमा धेरै हदसम्म स्वीकारिन्छ । तर, प्रकृतिको मद्दतबिना हुने चमत्कारहरूलाई ईश्वरको शक्ति भन्दै तिनीहरू सम्मान गर्छन् र त्यस्ता चमत्कारहरू तिनीहरूले धेरै देखेका छन् । कुनै दुविधायुक्त वा ठुलो विषयमा साझा छलफल र प्रार्थनामार्फत तिनीहरू यस्तो आशा र विश्वास प्राप्त गर्छन् ।
प्रकृतिको विषयमा गम्भीर भएर सोच्नु तथा प्रशंसा गर्नु एउटा सम्मान हो । तथापि, धेरै व्यक्तिहरू धर्मप्रति गम्भीर छन् र तिनीहरू अरू केही कुरा सिक्न, कुनै कुराको ज्ञान पाउने प्रयास गर्दैनन् । तर, तिनीहरू अल्छी बन्दैनन्, श्रम र अभ्यास गरेमात्रै अर्को जीवनमा खुसी पाइने तिनीहरू सोच्छन् । तसर्थ, कोही बिरामीको सेवामा लाग्छन्, कोही बाटो बनाउन, ढल वा खाडलहरू सफा गर्छन्, पुल मर्मत गर्छन्, घाँस, ग्राबेल र ढुङ्गा बिछाउने, रुखहरू ढाल्ने, दाउरा, मकै र अन्य चीजहरू गाडामा राखेर सहरमा ल्याउने, सामुदायिक काम गर्ने, निजी श्रमिक वा बन्धकको रूपमा काम गर्ने गर्छन् । अत्यधिक श्रम पर्ने र घीनलाग्दो अन्य मानिसहरूले गर्न डराउने नराम्रो, गा¥हो र तल्लोस्तरको काम पनि तिनीहरू स्वेच्छापूर्वक गर्छन् । तिनीहरू आफू निरन्तर काम गर्छन् र अरूलाई आराम गर्न दिन्छन् । तिनीहरू अरूको जीवनलाई आलोचना गर्दैनन् न त आफ्नो जीवनको प्रशंसा नै गर्छन् । बढी श्रम गर्नेहरूलाई तिनीहरू आफूलाई जस्तै व्यवहार गर्छन् र अरूलाई भन्दा बढी सम्मान गर्दछन् । तथापि, तिनीहरू दुई सम्प्रदायमा विभाजित छन् । एउटा एक्लै र शुद्ध भएर महिलाहरूको सम्पर्कभन्दा टाढा, मासु नखाई बस्छन् । तिनीहरू वर्तमान जीवनका सबै सुख–सुविधाहरूलाई पीडादायी भन्दै आउँदो जीवनको चाहना राख्छन् ।
अर्को सम्प्रदाय पनि श्रमबाट पछाडि हट्दैन† तिनीहरू विवाह गर्छन्, सुखसुविधालाई घृणा गर्दैनन् । श्रम र मेहनतबिना प्रकृतितर्फको जिम्मेवारीबाट तथा बालबच्चाहरू पैदा नगरी आफ्नो देशप्रतिको जिम्मेवारीबाट मुक्त हुन नसक्ने तिनीहरूको धारणा छ । आफूलाई श्रम गर्नबाट नरोक्ने कुनै पनि सुख–सुविधालाई तिनीहरू त्याग्दैनन् । तिनीहरू चारखुट्टे जनावरको मासु रुचाउँछन् किनभने त्यस्तो मासुबाट काम गर्न बलियो हुने तिनीहरूको विश्वास छ । युटोपियालीहरू यो सम्प्रदायलाई बुद्धिमान ठान्छन् भने अगाडिको सम्प्रदायलाई पवित्र । विवाहको तुलनामा एक्लो जीवन तथा सरल जीवनको तुलनामा कठोर जीवन रुचाउनेहरूलाई अरू बेलामा भए हाँसो गर्छ । तर, धर्मको प्रभावमा त्यसो गर्नेहरूलाई तिनीहरू सम्मान र पूजा गर्छन् । त्यस्ता व्यक्तिहरूलाई युटोपियालीहरू आफ्नो भाषामा बुथ्रेकास (Buthrescas) भन्छन् । यसको शाब्दिक अर्थ धर्म मान्ने वा धार्मिक मानिस हो ।
तिनीहरू पवित्र व्यक्तिहरूलाई पादरी बनाउँछन् तसर्थ तिनीहरूको सङ्ख्या थोरै हुन्छ । हरेक सहरमा तिनीहरू विहार वा गिर्जाघरको सङ्ख्याअनुसार १३ जना पादरीहरू छन् । तिनीहरूमध्ये ७ जना सेनासँगै जान्छन् तथा तिनीहरूको सट्टामा नयाँ पादरीहरू तयार गरिन्छन् । तिनीहरू फर्केपछि हरेक व्यक्ति आ–आफ्नै ठाउँमा पुग्छन् । आवश्यक सङ्ख्याभन्दा बढी भएका पादरीहरू उपयुक्त अवसर (कसैको मृत्यु नभएसम्म) नआएसम्म मुख्य पादरीसँगै रहन्छन् । ती सबै पादरीहरूलाई मेजिस्ट्रेटहरूलाई जस्तै झगडा नगरीकनै जनतामाझबाट गुप्तरूपमा चुनिन्छ । तिनीहरूको निर्वाचनपछि तिनीहरूलाई पवित्र उद्देश्यको लागि छुट्टै राखिन्छ । तिनीहरू सबै ईश्वरीय विषय, धर्मको आदेशका निरीक्षक हुन्छन् तथा व्यवहारका न्यायाधीश र मालिक हुन्छन् । तिनीहरूले साधारण जीवनशैलीबाट टाँढिनु वा अनैतिकतातर्फ डोरिनु ठुलो बेइमानी र लज्जा हो । सही शिक्षा र उपदेश दिनु तिनीहरूको कर्तव्य हो तथा त्यस्तो काम नगर्ने वा आफ्नै शिक्षाको उल्लङ्घन गर्ने दुष्ट पादरीहरूलाई सजाय दिनु राजकुमार र अधिकारीहरूको काम हो । सजायस्वरूप तिनीहरूलाई ईश्वरीय मामिलाहरूमा संलग्न हुनबाट बहिष्कार गरिन्छ । यो सजात्न्दा अर्को कुनै डरलाग्दो सजाय छैन किनभने त्यसबाट तिनीहरू बदनाम हुन्छन्, धर्मको गुप्त डरबाट पीडित हुन्छन् तथा केही पनि भाग्ने ठाउँ पाउँदैनन् । तिनीहरूले तत्कालै पछुतो व्यक्त गरेर आफ्नो जीवनलाई सुधार नगरेसम्म तिनीहरूलाई दुष्ट र धर्महीन भनेर सजाय दिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *