भर्खरै :

हिमालपारिको विशाल भूमिमा प्रतिभा देखाउने अरनिको

  • भाद्र ४, २०८२
  • न्हुछेरत्न वुद्धाचार्य
  • विचार
हिमालपारिको विशाल भूमिमा प्रतिभा देखाउने अरनिको

कलाकार अरनिकोको जन्म वि.स. १३०० मा भएको थियो । अरनिकोको वास्तविक नाम बलवाहु हो । अरनिकोको बुबाको नाम बलदेव हो भने नेपाली पत्नीको जयलक्ष्मी हो ।
अरनिको महान् कलाकार थिए । युवाकालसम्म उनले नेपालमा आफ्नो समय बिताए ।
बाँकी जीवन उनले चीनमा बिताए । जहाँ उनले आफ्नो कलाको विकास गरे तथा नेपालको इज्जत र प्रतिष्ठा बढाए ।
तेह«ौँ शताब्दीमा चीनमा सम्राट कुब्लाखाँले राज गरेका थिए । उनले आफ्ना गुरुको निम्ति तिब्बतको ल्हासामा सुनको एउटा स्तुप बनाउने इच्छा गरे । त्यसैको हेरचाह रेखदेखको निमित उनले नेपालका राजा भीमदेव मल्ललाई केही कलाकारहरू पठाइदिनका लागि निवेदन गरे । त्यसको निम्ति नेपाल नरेशद्वारा ८० जना कलाकार छनोट गरियो । तिनीहरूको नेताको छनोट गर्ने समस्या आइपर्दा अरनिकोलाई यसको निमित उम्मेदवार बनाइयो । उनी चलाक र बाठा थिए । उनी प्रभावशाली युवक थिए ।
बालककालमै उनले बौद्धधर्मका धेरै सिद्धान्त कण्ठस्थ गरिसकेका थिए । एउटा सहपाठीसँग उनले मूर्ति तथा भवन रङ्गाउने कला पनि सिकेका थिए ।
वि.स. १३१७ मा अरनिको कलाकारहरूका प्रतिनिधिमण्डलको नाइके बनेर ल्हासा पुगे उनले प्यागोडा शैलीको मठ तयार गरे । यसबाट अरनिकोदेखि कुब्लाखाँका गुरु सा¥है नै खुसी भए । उनले अरनिकोलाई चीन लगेर कुब्लाखाँसँग परिचित गराइदिए । कुब्लाखाँले उनलाई पुराना सम्राटका मूर्तिलाई मर्मत गर्न भने । अरनिकोले यी सबै काम सफलतापूर्वक सम्पन्न गरे तथा अरु धेरै नयाँ नयाँ मूर्तिहरू पनि बनाए । कुब्लाखाँले उनलाई नयाँ नयाँ पदवी र उपाधिहरूले विभूषित गरे । मृत्युपरान्त उनलाई मिधोइको उपाधि प्रदान गरियो । जसको अर्थ प्रभावशाली हुन्छ ।
अरनिकोले बनाएका स्मारकहरू अझै प्रशस्त छन् । उनको कलाको प्रचार मङ्गोलिया, जापान, इन्डोनेसिया आदि ठाउँमा बहुतै छ । अरनिकोका शिष्यहरू पनि पुगनपुग दुई सय जति थिए । अरनिकोले कलाको साधनाका निमित आफ्नो सम्पूर्ण जीवन चीनमा नै बिताए ।
अरनिकोलाई धनको लोभ भएको भए ती पनि मार्कोपोलो सरह प्रशस्त धन सम्पत्ति र पुरस्कारका साथ आफ्नो मुलुकमा फर्कन्थे । मार्कोपोलो पेनिसका निवासी थिए । उनले विश्व भ्रमण गरेका थिए । चीनका वादशाहले खुसी भएर उनलाई धेरै इनाम दिएका थिए ।
उनले बनाएका स्मारकहरू अद्यापि छन् । फ्रान्सका सिलभेन लेभी नामका एक जना विद्वान्ले अरनिको तथा नेपालको शिल्पकला तथा मूर्तिकलाको धेरै नै प्रशंसा गरेका छन् । चीन तथा भारत दुबै देश नेपालको कलाकौशलबाट प्रभाावित भएको उनले लेखे ।
अरनिकोको एउटा मुख्य र अरू सात सहायक दुलहीहरू थिए । तिनका ६ छोरा र आठ छोरीहरू थिए । तिनका दुइटा छोराहरूले आफ्नो बाबुसरह नै ठुलो कलाकार बन्ने इच्छा राखेका थिए तर ती सरहका हुन सकेनन् ।
अरनिकोको निधन वि.स. १३६३ मा भएको थियो । उनको कीर्ति र स्मृति आज पनि नेपालीहरूको निमित गौरव र गर्वको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *