बुटवलमा नेमकिपाको कार्यकर्ता प्रशिक्षण कार्यक्रम
- आश्विन २४, २०८२
कालीकोट, २४ असोज । नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिको आयोजनामा शुक्रबार कालीकोटमा कार्यकर्ता भेला भयो ।
पार्टीका सचिव प्रेम सुवालले सर्वसाधारण जनताको राजनीतिक र सांस्कृतिक स्तर माथि उठाउन जनताको बिचमा साहित्यिक र सांस्कृतिक कार्यक्रम बरोबर गर्नु जरूरी भएको उल्लेख गर्नुभयो ।
भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने तथा ठुल्ठुला भ्रष्टाचारीहरूलाई मृत्यु दण्डसमेत हुने कानुनी व्यवस्था हुनु जरूरी भएको उल्लेख गर्दै सचिव सुवालले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीले कामदार वर्गको हितमा राजनीतिलाई अगाडि बढाएको हो र २०१९–२० सालदेखि भ्रष्टाचारविरोधी आन्दोलन सुरू गर्दै आएको हो ।”
अहिलेको सङ्कट तथा जनधनको क्षति हुनुमा ३५ वर्षयता सरकारमा गएका पार्टी र तिनका नेताहरू इतिहासमा दोषी साबित हुने उहाँले स्पष्ट गर्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “समाजलाई सुसंस्कृत बनाउने काममा शिक्षकहरूको महत्वपूर्ण भूमिका हुनेछ ।
विदेशीको भरमा आन्दोलन भएसम्म देशको हित हुनेछैन ।”
जिल्ला समितिका अध्यक्ष खड्गराज शाहीको सभापतित्वमा भएको सो भेलामा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाई, नरदीप शाही, धनञ्जय अधिकारी र नरेश खत्रीले पनि देशको समसामयिक विषयमा आ–आफ्नो विचार राख्नुभएको थियो ।
Leave a Reply