चे, फिडेलको संस्मरणमा – १३
- कार्तिक ६, २०८२
भक्तपुर, २ कार्तिक । प्रभात इङ्गलिश सेकेन्डरी स्कूलका शिक्षक, विद्यार्थी र अभिभावकहरूबिच नेपाल संवत् न्हूदँ ११४६, छठलगायत सांस्कृतिक पर्वको अवसरमा कक्षा ४ र ५ का विद्यार्थीहरूको शैक्षिक प्रदर्शनी (ब्रेन वेभ एक्स्पोे–ह्वेयर आडियाज् टेक सेप्स) कार्यक्रम र बाल कक्षादेखि कक्षा ३ सम्मका विद्यार्थीहरूको सामूहिक नमुना म्हः पूजा कार्यक्रम आइतबार सम्पन्न भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले प्रदर्शनीको उद्घाटन गर्दै विद्यार्र्थीहरूले पुस्तक अध्ययन गरेर, शिक्षकशिक्षिकाको कक्षामा बसेर, समाजका सदस्यहरूसँग कुराकानी गरेर, परिवारका सदस्यहरूसँग छलफल गरेर, स्थलगत अध्ययन गरेर शिक्षा हासिल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले विद्यार्थीबिच एकापसमा सम्मानको थिति बसाल्नुपर्ने, मित्रवत व्यवहार गर्नुपर्ने, सत्य बोलेर सबैको विश्वास कायम गर्र्नुपर्ने, हडबड हुन नहुने, सबैको विचार सुन्नुपर्ने, गुण लाउनेप्रति आभारी हुनुपर्ने, सबैसँग मिलेर काम गर्नुपर्ने, कठिन समयमा पनि निरास हुन नहुनेलगायत विषयमा सचेत हुनुपर्ने सुझाव दिनुभयो ।
उहाँले युरोप अस्ट्रियाका ओल्फगान अमेडस्ले ८–१० वर्षको सानै उमेरमा सङ्गीत रचना गरेर लन्डन, पेरिस, बर्लिन, जेनेभालगायत युरोपका प्रमुख सहरमा प्रदर्शन गरेर ख्याति कमाएको र रुसका साहित्यकार अलेक्जेन्डर सेर्गेएभिच पुस्किनले १०–१२ वर्षमा साहित्य लेखेर अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरेबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने बताउनुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले विद्यार्थीहरूले आफ्नो दिमागलाई सधैँ ताजा बनाई स्मरण शक्ति बढाउनुपर्ने, मोबाइल–टीभी–ल्यापटपलगायतको स्क्रीनमा धेरै समय बिताउन नहुने, पत्रु खानेकुराहरू खान नहुनेतर्पm विद्यार्थीहरू सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले भक्तपुरलाई विज्ञान र प्रविधिमा अगाडि बढाउन भक्तपुर नगरपालिका लागिपरेको उल्लेख गर्नुभयो ।
प्राचार्य वदनकेशरी प्रजापतिले विद्यार्थीहरूको गुणस्तरीय शिक्षाको लागि विद्यालयका शिक्षकशिक्षिकाहरू मिहेनतका साथ लागिरहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षिका टीना कोजुले पनि बोल्नुभएको थियो ।
प्रदर्शनीमा मेमोरी गेम, आड्जेक्टिभ सर्टिङ, स्टोरी स्क्वेन्सेज, प्रिपोजिसन मोडेल, स्टोरी क्रियसन फ्रम गिभन अब्जेक्ट, म्याथ मेज च्यालेन्ज, वाटर साइकल, गते र तिथिअनुसारको सांस्कृतिक गतिविधिलगायत दर्जनौँ स्टल रहेका थिए ।
Leave a Reply