युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
आजकल युवा पुस्तामा सफलताको चमक र तत्काल उपलब्धितर्फको मोह तीव्ररूपमा बढेको देखिन्छ । हरेक क्षेत्रमा भएको वैज्ञानिक उन्नति र विभिन्न प्रकारका सामाजिक सञ्जालको प्रभावका कारण धेरैले धैर्य र निरन्तर मेहनतको मूल्यलाई ओझेलमा पारेका छन् । उनीहरू ‘शर्टकट’ मार्फत छोटो समयमै ठुलो उपलब्धि हासिल गर्ने चाहना राख्छन् । कुनै पनि क्षेत्रमा गहिरो साधना नगरी ‘पास’ हुने वा रातारात सफल हुने सपना देख्छन् । तर, यस्तो सोचाइ र सपना राम्रो होइन ।
सफलता सजिलै प्राप्त हुँदैन । यसका लागि निरन्तरको साधना र कामप्रतिको समर्पण चाहिन्छ । यो कुरा बुझाउन विश्वविख्यात स्पेनिश चित्रकार पाब्लो पिकासोको जीवनको एउटा घटना निकै प्रासङ्गिक छ ।
एकपटक, एक जना महिलाले बाटोमा पिकासोलाई भेटेर तुरुन्तै एउटा चित्र बनाइदिन आग्रह गरिन् । पिकासोले केबल १० सेकेन्डभित्र एउटा कागजको टुक्रामा चित्र कोरेर दिए र निर्धक्क भएर त्यसको मूल्य ‘मिलियन डलर’ भएको दाबी गरे । ती महिलाले सुरुमा पिकासोको दाबीलाई विश्वास गर्न सकिनन् । तर, जब उनले उक्त चित्रकलाको बजार मूल्य पत्ता लगाइन्, उनी आश्चर्यचकित भइन् । पिकासोले भनेझैँ त्यो चित्रको मूल्य साँच्चै मिलियन डलर नै रहेछ ! अत्यन्तै प्रभावित भएर ती महिला फेरि पिकासोकहाँ फर्किन् र आफूलाई पनि विद्यार्थी बनाएर १० सेकेन्डमा मिलियन डलरको चित्र बनाउन सक्ने गरी सिकाइदिन अनुरोध गरिन् । उनले आग्रह गरिन्, “१० सेकेन्डमा नभए पनि कम्तीमा १० मिनेटमै राम्रो पेन्टिङ बनाउन सक्ने बनाइदिनुहोस् ।”
ती महिलाको त्यस्तो आग्रहमाथि पिकासोले मुस्कुराउँदै दिएको जवाफ आजका सबै ‘शर्टकट’ खोज्ने युवायुवतीहरूका लागि गहिरो शिक्षा हो । उनले भने, “यो जुन मैले १० सेकेन्डमा पेन्टिङ बनाएको छु, यसलाई सिक्न मलाई ३० वर्ष लागेको छ । मैले आफ्नो जीवनको ३० साल सिक्नमा, निरन्तर अभ्यास गर्नमा र साधना गर्नमा खर्चिएँ ।” पिकासोको यो भनाइले सफलताको वास्तविक रहस्य स्पष्ट हुन्छ । महिलाले देखेको १० सेकेन्डको ‘जादुई उपलब्धि’, वास्तवमा ३० वर्षको अथक मेहनत, हजारौँ प्रयास, अनगिन्ती असफलता र कलाप्रतिको अटल समर्पणको परिणाम थियो । मिलियन डलरको मूल्य १० सेकेन्डमा खर्चिएको समयको नभएर, त्यो १० सेकेन्डको क्षमता निर्माण गर्न जीवनभर गरेको लगानी र सङ्घर्षको थियो ।
आजका धेरै युवाहरू सफलताको अन्तिम र चम्किलो परिणाममात्र हेर्छन् । उनीहरूले कसैले परीक्षामा ल्याएको उच्च अङ्क, कसैले खडा गरेको ठुलो व्यापारिक उपलब्धि वा रातारात प्राप्त गरेको चर्चामात्र देख्छन् । तर, त्यसका पछाडि लुकेको वर्षौँको निद्राविहीन रात, सामाजिक जीवनको त्याग, असफलताहरूबाट सिकेको धैर्य र निरन्तर अभ्यासको कठोर सङ्घर्षलाई कसैले पनि देख्दैनन् । जसरी ३ घण्टाको परीक्षामा सफल हुनका लागि पूरा एक वर्षको मेहनत र तयारी आवश्यक पर्छ त्यसरी नै जीवनको जुनसुकै क्षेत्रमा दिगो र अर्थपूर्ण सफलताको लागि धैर्य, अनुशासन र निरन्तर साधनाको गहिरो आधार (बेस) चाहिन्छ । ‘शर्टकट’ ले क्षणिक लाभ दिन सक्छ, तर टिकाउ उपलब्धि र आत्मसन्तुष्टिको गहिराइ दिन सक्दैन ।
प्रिय युवा साथीहरू ! पिकासोको ३० वर्षको साधनाको पाठलाई सधैँ सम्झनुहोस् । तपाईँले जुन सफलतालाई ‘सरलतापूर्वक’ प्राप्त भएको ठान्नुहुन्छ, त्यो सफलताको जगमा वर्षौँको ‘सङ्घर्ष’ र ‘बलिदान’ को इँटा रहेको हुन्छ । कुनै पनि क्षेत्रमा पारङ्गत बन्नु रातारातको खेल होइन, यो त जीवनभरको समर्पण हो । हरेक सफलताले पसिना र सङ्घर्ष माग्दछ । यदि तपाईँ आफ्नो सपनाको लागि आफ्नो समय, मेहनत र ऊर्जा दिन तयार हुनुहुन्छ भने मात्र सफलताले चिनेर तपाईँलाई अँगाल्छ ।
मनन गरौँ : “क्षणिक सपनारूपी पखेटाले होइन, दृढ इच्छाशक्तिपूर्ण कार्यरूपी हौसलाले मात्र सफलतातर्फको उडान हुन्छ ।” अर्थात्, बाह्य साधन र भाग्त्न्दा बढी तपाईँको भित्री इच्छाशक्ति र साधना गर्ने क्षमताले तपाईँलाई सफलताको शिखरमा पु¥याउँछ । त्यसैले मेहनत र साधनालाई नै आफ्नो एकमात्र ‘शर्टकट’ बनाउनुहोस्, परिणाम स्वतः आउनेछ ।
Leave a Reply