क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
नोभेम्बर महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि कठिन साबित भएको छ । राजनीतिक, कानुनी र कूटनीतिक धक्काको शृङ्खलाले उनको सत्तामा पकड तनावपूर्ण रहेको सङ्केत गर्छ । नोभेम्बर ४ मा डेमोक्य्राटहरूले राज्य र स्थानीय चुनावमा निर्णायक विजय हासिल गरे । धेरैले स्थानीय प्रतिस्पर्धालाई राष्ट्रपतिको जनमतसङ्ग्रहको रूपमा लिएका छन् ।
डेमोक्य्राटहरूले न्यू जर्सी र भर्जिनियामा दुई गभर्नर पद जितेका थिए । दुवैमा महिला उम्मेदवार थिए । असामान्य रूपमा ठुलो अन्तरले जिते । यी नतिजाको निर्णायक प्रकृतिले पक्षपातपूर्ण झुकावभन्दा बढी सङ्केत गर्छ । यसले ट्रम्पको नेतृत्वमा जिओपी ब्रान्डको कमजोरीलाई औँल्याउँछ । प्रमुख सहरमा डेमोक्य्राटहरूले प्रमुख मेयर पदमा सहज विजय हासिल गरे । यसमा न्युयोर्क सहरमा जोहरान ममदानीको निराशाजनक विजय पनि समावेश छ, जुन युवा प्रगतिशील उम्मेदवार र ट्रम्प आफैँबिचको वास्तविक प्रतिस्पर्धा बन्यो । राष्ट्रपतिले सक्रिय रूपमा ममदानीविरुद्ध अभियान चलाएका थिए र आफ्नो प्रतिद्वन्द्वीलाई समर्थन गरेका थिए । क्यालिफोर्नियाको नतिजाले डेमोक्य्राटहरूको पक्षमा लहर आएको सङ्केत गरेको छ ।
सहरी र उपनगरीय क्षेत्रमा केन्द्रित यी विजयले ट्रम्पको नेतृत्वमा रिपब्लिकन नेतृत्वप्रति बढ्दो निराशाको सङ्केत गर्न सक्छन्, विशेषगरी युवा मतदाता र रङ्गीन समुदायमाझ । नतिजाले यो पनि सुझाव दिन्छ कि मतदाताले उम्मेदवारलाई पार्टी बफादारीको सट्टा क्षमता, दृष्टिकोण र प्रदर्शनको आधारमा बढ्दो रूपमा मूल्याङ्कन गरिरहेका छन् ।
अल्पसङ्ख्यकको उदय
नोभेम्बर महिनाले अल्पसङ्ख्यक र आप्रवासी समुदायका लागि ऐतिहासिक विजय पनि देखाएको छ । भारतको हैदराबादमा जन्मिएकी गजाला हासमीको भर्जिनियाको पहिलो मुस्लिम उपराज्यपालमा विजय र न्युयोर्कको मेयरमा ममदानीको जितले सहरी राजनीतिमा युवा, आप्रवासी र मुस्लिम मतदाताको बढ्दो प्रभावलाई प्रकाश पारेको छ । विशेषगरी, वर्तमान राजनीतिक वातावरणलाई मनन गर्दा यी नतिजा महत्वपूर्ण छन्, जहाँ राष्ट्रिय बहसमा आप्रवासीविरोधी र इस्लामोफोबिक बयानबाजी व्याप्त छ ।
यी विजयले मतदाताको पहिचान वा धर्मभन्दा दृष्टिकोण, नेतृत्व र चरित्रलाई प्राथमिकता दिने, यस्ता विभाजनकारी बयानबाजीविरुद्ध धकेल्ने इच्छाशक्ति प्रदर्शन गर्छन् । डेमोक्य्राटका लागि यी सफलता केवल प्रतीकात्मक छैनन् । यसले मतदाताको नयाँ पुस्तालाई प्रतिनिधित्व गर्छ, जसले आगामी वर्षमा राजनीतिक परिणामलाई आकार दिन सक्छन्, युवा मतदातालाई ऊर्जावान् बनाउन सक्छन् र भविष्यको राजनीतिक सहभागितालाई प्रेरित गर्न सक्छन् ।
बढ्दो मुद्रास्फीति, घट्दो रोजगारी
ट्रम्पको घरेलु नीतिगत निर्णयले असन्तुष्टिलाई बढावा दिइरहेको छ । मुद्रास्फीति उच्च छ, बेरोजगारी महामारीअघिको स्तरभन्दा माथि छ र ज्याला वृद्धिले बढ्दो लागतसँग तालमेल मिलाउन सङ्घर्ष गरिरहेको छ । धेरै अमेरिकीलाई यो पनि डर छ कि ओबामाकेयर अनुदान विस्तार गर्न रिपब्लिकनले अस्वीकार गर्दा विशेषगरी मध्यम र निम्न आय भएका घरपरिवारका लागि आर्थिक कठिनाइ बढ्नेछ ।
ट्रम्पको शुल्कवृद्धिले सञ्चालित औद्योगिक रणनीतिले सङ्घीय राजस्व त वृद्धि गरेको छ, तर उपभोक्ता र अमेरिकी व्यवसायीले यसको मूल्य चुकाउनुपरेको छ । युरोप, जापान, दक्षिण कोरिया र भारतजस्त प्रमुख सहयोगीले निराशा व्यक्त गरेका छन्, जसले कूटनीतिक र आर्थिक सम्बन्धलाई जटिल बनाएको छ । सोही समयमा उनको कट्टर आप्रवासन नीति (जसमा परिवार छुट्टिनु र सामूहिक निर्वासन समावेश छ) ले व्यापक आलोचना निम्त्याएको छ । ल्याटिन अमेरिकी र आप्रवासी समुदायको प्रतिक्रियाले महत्वपूर्ण अल्पसङ्ख्यक जनसङ्ख्या भएका सहर र राज्यमा प्रजातान्त्रिक लाभमा योगदान पु¥यायो ।
यसका साथै ट्रम्पको विदेश नीतिमा निरन्तर ध्यान केन्द्रित (विशेषगरी, मध्यपूर्व कूटनीति र इजरायलसँगको संलग्नता) गर्ने स्वभावले घरेलु मुद्दाबाट उनी डात्र्ट भएको सङ्केत गर्छ । उनका समर्थकले यी कदमले अमेरिकाको विश्वव्यापी प्रभावलाई बलियो बनाउने तर्क गरे पनि मतदाता घरेलु प्राथमिकतालाई बेवास्ता गरिँदै छ भन्ने कुरामा बढ्दो रूपमा चिन्तित देखिन्छन् ।
ट्रम्पलाई धक्का
टेक्सासमा रिपब्लिकन उम्मेदवारहरूलाई समर्थन गर्न चुनावी नक्सा पुनः कोर्ने ट्रम्पको प्रयासलाई सङ्घीय अदालतले खारेज गरे । न्यायाधीशले नक्सालाई असंवैधानिक भएको फैसला सुनाए, जसले गर्दा थप पाँच जिओपीमैत्री कङ्ग्रेसनल सीट सुरक्षित गर्ने उनको प्रयासलाई कमजोर बनायो । यो कानुनी हारले प्रशासनको रणनीतिक महत्वाकाङ्क्षालाई मात्र निराश पार्दैन, बरु ठुलो मात्रामा उल्टो परिणाम पनि आउन सक्छ ।
यसैबिच, एपस्टाइनसँग सम्बन्धित फाइल जारी गर्न उनको निरन्तर प्रतिरोध र त्यसपछि अचानक आएको मोडले जेफ्री एपस्टाइनको पुनः छानबिनलाई निम्त्याएको छ । एपस्टाइनको आपराधिक गतिविधि, यौन भ्रष्टता र इजरायलसँगको सम्बन्धसहित कथित राजनीतिक सम्बन्ध लामो समयदेखि सार्वजनिक चिन्ताको विषय बनेका छन् ।
घट्दै अमेरिकी प्रभाव
ट्रम्पको विदेश नीतिसम्बन्धी निर्णयले विदेशमा पनि चिन्ता उत्पन्न गरेको छ । दक्षिण अफ्रिकामा भएको जी २० शिखर सम्मेलन बहिष्कार गर्ने उनको निर्णयले महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा संयुक्त राज्य अमेरिकाको प्रभावलाई कम गरेको छ । विशेषगरी, जलवायु सङ्कटलाई रेखाङ्कित गर्दै शिखर सम्मेलनले ट्रम्पको एजेन्डाविपरीत मुद्दाहरूलाई जोड दिने प्रस्ताव पारित ग¥यो । यसबाहेक, अमेरिकी सहयोगीले ट्रम्पको युक्रेन शान्ति योजनाका प्रमुख तत्वलाई पनि अस्वीकार गरे ।
अमेरिकी बहिष्कारले ट्रम्पको विदेश नीतिमा अप्रत्याशित र असङ्गत धारणालाई जोड दिन्छ । विद्वान् र कूटनीतिज्ञहरूले चिन्ता व्यक्त गरेका छन् कि अमेरिका स्थिरीकरण गर्ने शक्तिको रूपमा अविश्वसनीय हुँदै गइरहेको छ । उसले उदाउँदो शक्तिलाई आफ्नो प्रभाव विस्तार गर्न उल्टै स्थान दिँदै छ । विशेषगरी, चीन र सीआरआइएनके गठबन्धन (चीन, रुस, इरान, उत्तर कोरिया) लाई उसले अप्रत्यक्ष रूपमा स्थान दिँदै छ ।
चिन्तित छन् रिपब्लिकन
आन्तरिक रूपमा नोभेम्बरको नतिजाले रिपब्लिकन पार्टीभित्र द्वन्द्व निम्त्याउन सक्छ । ट्रम्पको एकतर्फी दृष्टिकोण र आक्रामक मिडिया उपस्थितिले पार्टी नेताहरूलाई चिन्तित बनाइरहेको छ । यसले केही धक्का निम्त्याउन सक्छ । २०२६ को मध्यावधि चुनाव नजिकिँदै गर्दा कडा प्रतिस्पर्धामा धेरै रिपब्लिकन थप क्षय हुनबाट रोक्न उनलाई घरेलु अर्थशास्त्र, आप्रवासन र विदेशी सम्बन्धमा नीति समायोजन गर्न दबाब बढ्न सक्छ ।
यसैबिच, डेमोक्य्राटहरूले यसको फाइदा उठाइरहेका छन् । ममदानी र हासमीजस्ता उम्मेदवारले नयाँ मतदाताको आवाजलाई प्रतिबिम्बित गर्छन्, विशेषगरी युवा, आप्रवासी र अल्पसङ्ख्यक जनसङ्ख्यामा । ह्वाइट हाउसमा ममदानी–ट्रम्प प्रेम उत्सवले : एमएजिए रिपब्लिकन र डेमोक्य्राटको संस्थापन दुवैलाई विडम्बनापूर्ण रूपमा झट्का दिएको छ । ट्रम्पको खुला प्रशंसा र ममदानी र उनको एजेन्डाको समर्थनको घोषणाले दुवै पक्षलाई अचम्मित बनाएको छ । अब रिपब्लिकनले डेमोक्य्राटलाई आक्रमण गर्न सक्दैनन् । किनकि, कम्युनिस्टहरू र डेमोक्य्राटहरू आफ्ना अर्बपति र इजरायल पहिलो राजनीतिबाट काम गर्ने अमेरिकीको चिन्तालाई केन्द्रमा राख्न बाध्य हुनेछन् ।
ट्रम्पले गल्तीबाट पाठ सिक्लान् ?
ट्रम्पका लागि मुख्य चुनौती भनेको विगतका गल्तीबाट पाठ सिक्छन् कि सिक्दैनन् भन्ने हो । के उनले मतदाताको प्राथमिकतालाई बुझ्न कर, स्वास्थ्य सेवा र आप्रवासनसम्बन्धी घरेलु नीति समायोजन गर्लान् ? के उनी अन्तर्राष्ट्रिय संस्थासँग पुनः संलग्न हुनेछन् वा जी २० जस्ता कूटनीतिक क्षेत्रबाट निरन्तर पछि हट्लान् ? ट्रम्पको कानुनी असफलता, एपस्टाइनमाथिको विवाद र नोभेम्बरको नतिजाले अमेरिकीहरूले रिपब्लिकन पार्टीसँग मात्र नभई व्यक्तिगत रूपमा ट्रम्पसँग असन्तुष्टिको सङ्केत गरिरहेका छन् भन्ने सुझाव दिन्छ । उनले कसरी प्रतिक्रिया दिन्छन् भन्ने कुराले उनको राजनीतिक करिअर र पार्टीको मार्ग निर्धारण गर्नेछ ।
(खान डेलावेयर विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक हुन् ।)
– एनडिटिभीबाट
Leave a Reply