भर्खरै :

नेमकिपा कीर्तिपुर नगरको वडा नं. ८ मा वडा सम्मेलन

नेमकिपा कीर्तिपुर नगरको वडा नं. ८ मा वडा सम्मेलन

काठमाडौँ, १ असोज । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर वडा नं. ८ को वडा सम्मेलन बुधबार सहिदपथमा सम्पन्न भयो । नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले पानसमा दीप प्रज्ज्वलन गरी सम्मेलन उद्घाटन गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य महर्जनले नेमकिपाको स्वार्थ नै देश र जनताको सेवा रहेको बताउनुभयो । नेमकिपा सही दर्शन, विचार र सिद्धान्त बोकेको पार्टी भएको उल्लेख गर्दै उहाँले नेमकिपाप्रति कसैले औँला उठाउन नसकेको बताउनुभयो ।
उहाँले वडा–वडा र टोल–टोलमा नेमकिपा पुग्न सकेमा देश र जनविरोधी काम गर्नेहरू पराजय हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीको ध्येय जनताको प्रजातन्त्र हुँदै समाजवादी व्यवस्था स्थापना गर्नु हो । यसको लागि हुने सङ्घर्षमा नेमकिपा सक्रियपूर्वक लाग्छ र व्यापक जनताबिच कार्यकर्ताहरू लाग्नुपर्छ ।”
पूर्वकेन्द्रीय सदस्य एवम् नेमकिपा कीर्तिपुर नगर समितिका कोषाध्यक्ष प्रशान्त महर्जनले कीर्तिपुरमा पार्टी स्थापनाको इतिहास स्मरण गर्दै कीर्तिपुर नगरमा पार्टीको वडा सम्मेलन गर्न पाउनुमा अग्रजहरूको ठुलो देन रहेको बताउनुभयो । उहाँले कार्यकर्ताहरू निडर र त्यागी हुनुपर्ने बताउनुभयो ।
वडा नं. २ का सदस्य वाशुमान महर्जनले शुभकामना व्यक्त गर्दै नेमकिपाका समर्थकहरूलाई इमानदारीका साथ जनताको सेवा गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका सभापति राजिभ महर्जनले वडाको गतिविधि र प्रगतिबारे प्रतिवेदन पेस गर्नुभयो ।
वडा नं. ८ का सदस्य मनुषा महर्जनले स्वागत गर्नुभएको थियो भने कान्छोबाबु महर्जनले पनि बोल्नुभएको थियो ।
सम्मेलनबाट राजिभ महर्जनको अध्यक्षतामा ७ सदस्यीय नेमकिपा वडा नं. ८ कीर्तिपुर नगर वडा समिति सर्वसम्मतबाट निर्वाचित गरियो ।
निर्वाचित पदाधिकारीहरूलाई पूर्वकेन्द्रिय सदस्य प्रशान्त महर्जनले पार्टीको विधानबमोजिम शपथग्रहण गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *