क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
वर्ष २०२५ पनि पत्रकारको हत्या शृङ्खलामा अर्को डरलाग्दो वर्ष बन्यो । २०२४ मा कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे) ले १२६ पत्रकार र मिडियाकर्मी मारिएको रेकर्ड राखेको थियो, जुन १९९२ मा सिपिजेले पहिलोपटक रेकर्ड राख्न थालेदेखिको सबैभन्दा उच्च सङ्ख्या हो । एउटा देश प्यालेस्टिनीले अहिलेसम्मकै उच्च मूल्य चुकाएको छ । ‘२०२३ मा इजरायल–गाजा युद्ध सुरु भएदेखि इजरायलले लगभग २५० पत्रकारको हत्या गरेको छ,’ सिपिजेको रिपोर्टमा उल्लेख छ ।
अमेरिकाको प्रारम्भिक वर्ष र १९ औँ शताब्दीको युरोपेली क्रान्तिमार्फत सूचना र स्वतन्त्रता जोडिएको छ । १७८७ मा थोमस जेफरसनले लेखेका थिए, “यदि हामीसँग अखबारबिनाको सरकार हुनुपर्छ कि सरकारविनाको अखबार हुनुपर्छ भन्ने निर्णय गर्ने अधिकार मलाई दिइएमा पछिल्लोलाई प्राथमिकता दिन एक क्षण पनि हिच्किचाउनुहुँदैन ।”
आज, हामीसँग मानव इतिहासको कुनै पनि समत्न्दा धेरै मिडियामा पहुँच छ । तर, यो विशाल जानकारीको अर्थ बढी भरपर्दो छ भन्नेचाहिँ होइन । सन्देश नियन्त्रण गर्न सरकार र प्राविधिक कम्पनी प्रायः सफल हुन्छन् । इजरायलले अन्तर्राष्ट्रिय पत्रकारलाई गाजामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । प्यालेस्टिनी पत्रकारले ठुलो जोखिम मोलेर युद्ध क्षेत्रबाट रिपोर्ट जारी राखेका छन् । यसैबिच रुसले युक्रेनमा आÇनो ‘विशेष सैन्य अप्रेसन’ (एक शब्दमा भन्नुपर्दा युद्ध) को रिपोर्ट गर्न प्रतिबन्ध लगाएको छ ।
एक पुस्ताअघि जब सिपिजेले पहिलोपटक पत्रकारहरूको मृत्युको तथ्याङ्क राख्न थाल्यो, यो अवस्था फरक थियो । बर्लिन पर्खालको पतन र शीतयुद्धको अन्त्यले अन्तर्राष्ट्रिय मिडिया संस्थालाई पूर्वसोभियत ब्लकमा पहिले कहिल्यै नभएको रूपमा काम गर्न स्वतन्त्रता दियो । ती देशले राजनीतिक परिवर्तन अँगालेपछि, तिनले आÇनो नयाँ समाजभित्र स्वतन्त्र मिडियालाई फस्टाउन प्रोत्साहित गरे । साँचो हो, यी मिडिया प्रायः राजनीतिक र व्यावसायिक स्वार्थबाट प्रभावित थिए । समाचार माध्यम विशेषगरी प्रभावित हुन्छन् नै ।
१९९० को दशक प्रेस स्वतन्त्रताको समयका रूपमा अपूर्ण भए पनि त्यसपछिको भन्दा राम्रो थियो । मिडिया शिक्षाविद् र पूर्वविदेशी संवाददाता पिटर ग्रेस्टेले दृढतापूर्वक तर्क गरेझैँ ९÷११ को परिणामस्वरूप राज्य शक्ति ‘सूचना र विचारमाथि नियन्त्रण गर्न विस्तार गरिएको थियो । तिनले ‘आतङ्कवाद’ र ‘राष्ट्रिय सुरक्षा’ के हो भन्ने परिभाषालाई हटाएर’ त्यसो गरे ।
२०१३ को अन्त्यमा दुई सहकर्मी मोहम्मद फदेल फाहमी र बहेर मोहम्मदसँगै उनलाई आतङ्कवादको आरोपमा इजिप्टमा हिरासतमा लिइयो । उनले ४०० दिन जेलमा बिताए । आरोपहरू उनले आÇनो रिपोर्टिङको अंशका रूपमा मुस्लिम ब्रदरहुडसँग कुरा गरेको तथ्यबाट उत्पन्न भएको थियो । ‘तपाईँले इजिप्टको चलिरहेको राजनीतिक सङ्घर्षमा संलग्न सबैसँग कुरा नगरी कसरी सही र निष्पक्ष रूपमा रिपोर्ट गर्नुहुन्छ ?’ उनले त्यस समयमा लेखेका थिए ।
सूचनामा पहुँच
सरकारले मिडियालाई नियन्त्रण गर्न खोज्नु नयाँ विषय होइन । नयाँ के हो भने अमेरिकाले तिनीहरूमध्ये निकै गर्वसाथ नियन्त्रण गरिरहेको छ । जेफरसनलाई हालको अमेरिकी सरकारले गरिरहेको काम सायद मन नपर्न सक्छ, विशेषगरी रिपोर्टरका लागि पेन्टागनमा पहुँच प्रतिबन्ध लगाउने हालको नीति । सरकार र अखबारको सापेक्षिक गुणबारे जेफरसनको छलफलपछिका शब्द सम्झनामा कम छन् । हामीसँग धेरैभन्दा धेरै मिडिया भए पनि मिडिया स्वतन्त्रता धेरै कम छ । आमसञ्चारको युगमा समाचार संस्थाले वितरणका माध्यमलाई धेरै हदसम्म नियन्त्रण गरेका छन् । आज, प्राविधिक कम्पनीले नेतृत्व लिन्छन् । सबैले ‘पत्रपत्रिका’ प्राप्त गरिरहेका छैनन् । जहाँ औपचारिकरूपमा सेन्सर गरिएका छैनन्, तिनलाई फेला पार्न गा¥हो छ ।
शक्तिशाली राजनीतिज्ञले विश्वसनीय समाचार संस्थालाई मौन बनाउन कानुनी कारबाही (त्यसको धम्की) प्रयोग गर्छन् । एक अन्तर्राष्ट्रिय संवाददाताका रूपमा मेरो अघिल्लो करियरमा मैले पूर्वसोभियत सङ्घ र मध्यपूर्वमा भएका युद्धबारे रिपोर्ट गर्थें । १९९० र २००० को दशकमा पत्रकारलाई अधिकांश सरकारले नराम्रो समाचार रिपोर्ट नगरोस् भनेर प्रतिबन्ध लगाएका थिए । तैपनि, अहिलेजस्तो प्रतिबन्ध बिरलै मात्र लगाइएको थियो ।
गाजा र रुसमा अन्तर्राष्ट्रिय पत्रकारले समाचार विवरणको रिपोर्ट गर्नैपर्ने ठाउँमा पहुँच पाउन सकेका छैनन् । दुवै अवस्थामा, ती देशका साहसी पत्रकारले के भइरहेको छ भनेर संसारलाई बताउन खतरा र मृत्युको पनि जोखिम उठाइरहेका छन् । आज पत्रकारमाथि लगाइएका प्रतिबन्धको अर्थ यो हुन सक्छ कि सरकारले यस समयमा जितिरहेका छन् । नियन्त्रण गर्ने उनीहरूको इच्छाले पत्रकारितामा अझै पनि चुनौती रहेको पुष्टि गर्छ ।
(लेखक लन्डन विश्वविद्यालयको अन्तर्राष्ट्रिय पत्रकारिताका रिडर हुन् ।)
– द कन्भर्सेसनबाट
Leave a Reply