ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
- माघ ५, २०८२
भक्तपुर, २६ पुस । भक्तपुर नगरपालिका वडा नं ९ स्थित वाकुपति चाँगुनारायण मन्दिर परिसर सहयोग समिति र प्रगति सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा भक्तपुर नगरव्यापी तेस्रो ज्येष्ठ नागरिक कसिमला पाँय् प्रतियोगिता शनिबार मन्दिर परिसरमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले प्रतियोगिताको उद्घाटन गर्दै भक्तपुरको मूर्त अमूर्त सम्पदाको संरक्षण र संवद्र्धन गर्न नगरपालिका निरन्तर लागिरहेको बताउनुभयो । उहाँले राष्ट्रिय सम्पदाको महत्वबारे नयाँ पुस्तालाई पनि जानकारी गराउनुपर्ने बताउनुभयो ।
उहाँले ज्येष्ठ नागरिकप्रति समाज र परिवारलाई जिम्मेवार बनाउनुपर्ने जानकारी गराउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले स्वस्थ जीवनयापनका लागि शारीरिक एवं मानसिक कसरतलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
उहाँले भेनेजुयलामाथि अमेरिकाले गरेको हस्तक्षेप अत्यन्त निन्दनीय भएको चर्चा गर्दै नेपालमा पनि यस्ता समस्या हुनसक्नेबारे सचेत पार्नुभयो ।
२७ जना ज्येष्ठ नागरिकले भाग लिएको उक्त प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम सोही दिन नेपाल क्रान्तिकारी किसान सङ्घ, भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालको आतिथ्यमा सम्पन्न भयो ।
अतिथि दुवालले भक्तपुरबाट भएको किसान आन्दोलनले सम्पूर्ण किसानहरूले मोहियानी हक प्राप्त गरेको प्रसङ्ग जोड्दै अनियमितता र विसङ्गतिविरुद्ध नेपालीले सदैव सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो । प्रतियोगितामा जीतबहादुर खयरगोली प्रथम, केदारमान ज्याख्व द्वितीय, पूर्णभक्त शिल्पकार तृतीय र बिकुनारायण चोकाबजी सान्त्वना हुन सफल हुनुभएको थियो ।
आयोजक समितिका अध्यक्ष कृष्णगोपाल प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य ज्ञानबहादुर मानन्धर र सिकाइ केन्द्रका रवीन्द्र कुसीले प्रतियोगिताको उद्देश्य र आवश्यकताबारे बोल्नुभएको थियो ।
Leave a Reply