विदेश अध्ययनबाट फर्केर नेपालको सेवा गर्ने भावना सबैसँग हुनु आवश्यक
- जेष्ठ ८, २०८३
भक्तपुर, २६ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा मिनर्वा इङ्गलिश स्कूलको आयोजनामा सोनाम ल्होछार मञ्जुश्री संवत् २८६२ औँ ता (घोडा) अर्थात् घोडा वर्षको पावन अवसरमा भएको सोनाम ल्होछार प्रदर्शनी, एसईई बिदाइ तथा सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि प्रजापतिले भाषा र संस्कृति आफ्नो पहिचान भएको बताउँदै भक्तपुर नगरपालिकाले यहाँको मूर्त र अमूर्त सम्पदा संरक्षणमा विशेष प्राथमिकता दिँदै आएको बताउनुभयो ।
सबै जातजाति र भाषाभाषीले आफ्नो इतिहास र परम्परा जोगाउने प्रयास गर्नुपर्ने बताउँदै उहाँले भक्तपुर नपाले आयोजना गरेको भक्तपुर महोत्सवमार्फत यहाँको कला, संस्कृति र जीवनशैली प्रदर्शन भएको स्मरण गर्नुभयो ।
साम्राज्यवादी देश अमेरिकाले स्वतन्त्र र सार्वभौम देश भेनेजुयलामाथि गरेको आक्रमणको न्यायप्रेमी जनताले विरोध र भत्र्सना गर्नुपर्ने बताउँदै अमेरिकाको अहङ्कार धेरै समय नटिक्ने बताउनुभयो ।
नेपाली भाषा र संस्कृतिमाथि विदेशी संस्कृतिको अतिक्रमणलाई रोक्ने प्रयास गर्नुपर्ने बताउँदै उहाँले विद्यार्थीलाई सैद्धान्तिक र व्यवहारिक शिक्षा सँगसँगै दिनु आवश्यक भएको स्पष्ट पार्नुभयो ।
भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले मिनर्वा स्कूलले शैक्षिक गतिविधि सँगसँगै विद्यार्थीलाई खेलकुद र सांस्कृतिक क्षेत्रमा पनि उल्लेखनीय काम गर्दै आएको बताउनुभयो । उहाँले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन यहाँका शैक्षिक संस्थाहरूको उल्लेखनीय भूमिका रहेको औँल्याउँदै नगरपालिकाका विविध गतिविधिमा मिनर्वा स्कूलको पनि सक्रिय सहभागिता रहँदै आएको बताउनुभयो ।
नेपाल राष्ट्रिय तामाङ सङ्घका महासचिव प्रविन बलले तामाङ समुदायको नयाँ वर्षको शुभकामना दिँदै विद्यालयले शैक्षिक गतिविधिसँगै सांस्कृतिक क्षेत्रमा पनि राम्रो काम गर्दै आएको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र दुवालले विद्यार्थीहरूको सर्वाङ्गीण विकासको लागि विद्यालयले विविध गतिविधि गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सुनिल प्रजापतिले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र र मायाको चिनो वितरण गर्नुभएको थियो भने अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुभयो । सोही क्रममा प्रमुख प्रजापतिले ल्होछार प्रदर्शनीको पनि स्थलगत अवलोकन गर्नुभयो ।
Leave a Reply