विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३

कमान्डर रेजा खाँ (शाह)
इरानको इतिहासमा पहिलोपल्ट जननिर्वाचित राष्ट्रवादी प्रधानमन्त्री डा. मोहम्मद मोसाडेगले इरानलाई निरङ्कुश राजतन्त्रको स्थानमा विधिको शासन, आवधिक निर्वाचन, संसदीय प्रजातन्त्रको मोडलअनुसार आफ्नो देशलाई हिँडाउन सत्प्रयास गरेका थिए । तर, साम्राज्यवादी बेलायत र अमेरिकाले इरानको तेल खानीलाई आफ्नै पेवा बनाउन उनको सत्ता पल्टाई कठपुतली निरङ्कुश राजतन्त्रलाई सत्तासीन गरे ।
१७ दिने आन्दोलनको नालीबेली
अन्तर्राष्ट्रिय राजनीतिमा निरन्तर चर्चामा रहेको मध्यपूर्वको महत्वपूर्ण र क्षेत्रीय शक्ति इरानको आन्तरिक राजनीति र उसको इजरायल र अमेरिकाको तिक्ततायुक्त सम्बन्धले फेरि संसारलाई ततायो । इरानका विभिन्न सहरहरूमा बजार भाउ आकासिएको र आफ्नो मुद्रा रियालको भाउ डलरसँगको सतही मूल्यमा निम्नतम बिन्दुमा झरेको कारण २८ डिसेम्बरदेखि सुरु गरिएको सडक प्रदर्शनी हिंसात्मक र भयावह हुँदै गयो । आन्दोलनकै क्रममा इरानी सरकारले निमुखा जनताको अप्ठेरोलाई न्यून गर्न राहतका कार्यक्रमको घोषणा गर्दै छ । अचानक शान्तिपूर्ण भनिएको प्रदर्शनले आतङ्कको रूप लियो । सरकारी प्रहरीमाथि प्रदर्शनकारीहरूले साङ्घातिक हमलामात्र होइन गोली नै बर्साउन थाले । उनीहरूले अस्पतालको एक नर्सलाई जिउँदै जलाए र एक सुरक्षाकर्मीको टाउको छिनाली दिए । शान्तिपूर्ण भनिएको प्रदर्शनीले युद्धको रूप धारण ग¥यो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अमेरिकी राष्ट्रपति ट्रम्पले खुलेरै प्रदर्शनकारीहरूलाई सडक नछाड्न र सत्ता पल्टाउन उक्साउँदै गए । उनीहरूले आवश्यक परेको सहयोग पाउने सार्वजनिक रूपमा बोले । ट्रम्पले सडक नछोड्न र आवश्यक सहयोग बाटोमा आउँदै गरेको र आन्दोलनलाई इरानी सरकारले दबाएमा अमेरिकी सेनाले हमला गर्नेसमेत घोषणा गरे । यता अमेरिकी आप्रवासनमा रहेका र इरानका पूर्वराजा मोहम्मद रेजा पल्लवीका छोरा रेजा पल्लवीले पनि प्रदर्शनकारीहरूलाई प्रमुख सहरहरू कब्जा गर्न र अन्तर्राष्ट्रिय समुदायलाई इरानको सत्ता परिवर्तन गर्न खुलेआम आह्वान गरे । एउटा सार्वभौम राष्ट्रको सत्ता पल्टाउन सार्वजनिक रूपमा यसरी आह्वान गर्नु उत्तिकै निन्दनीय र अन्तर्राष्ट्रिय कानुनको विपरीत हो ।
इरानमाथि अमानवीय आर्थिक नाकाबन्दी
इरानका अपदस्थ राजा रेजा पल्लवी, इजरायल र अमेरिकी सरकार ‘किन इरानको सरकारलाई अपदस्थ गर्न चाहन्छन् ?’ इरानमा प्रजातन्त्र र स्वतन्त्रता छैन, महिला अधिकार छैन, त्यहाँ धार्मिक नेतृत्वले सत्ता सञ्चालन गर्छ, इरानका जनता खुसी छैनन् भनी आदि कारण देखाई विगत ४५ वर्षदेखि निरन्तर इरानको सत्ता परिवर्तनका लागि पश्चिमा खेमाको नेतृत्व गर्ने अमेरिकाले प्रत्यक्ष र अप्रत्यक्ष दबाब दिँदै आइरहेको छ । अधिकतम दबाबको नाममा पश्चिमाले लादेको अत्यन्त अमानवीय कार्य भनेको आर्थिक नाकाबन्दी हो । यस आर्थिक नाकाबन्दीले आफ्नो तेल अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न प्रतिबन्ध, इरानमाथि व्यापार गर्ने संसारको कुनै पनि देशलाई कारबाही, कुनै देशले इरानलाई हतियार बिक्री वितरण गर्न नपाउने, इरानको सम्पत्ति रोक्कादेखि अत्यावश्क औषधिमूलोसमेत बिक्री वितरण गर्न बन्देज लगायो । छिमेकी भारतले हामीलाई केही हप्ता नाकाबन्दी लगाउँदाको दुःख हामी नेपालीलाई असह्य भएको थियो । आज ९ करोड २० लाख जनसङ्ख्या भएको इरानले विगत ४५ वर्षमा त्यो पीडा कसरी सहेर बसे होला ? सरकार परिवर्तनको नाउँमा पश्चिमाले लगाएको नाकाबन्दीले त्यहाँ निर्दोष जनताले किन पीडा भोग्नुपर्ने ? अमेरिकाका हरेक राष्ट्रपतिले इरानविरुद्ध नयाँ नयाँ नाकाबन्दी थोपर्दै आइरहेका छन् ।
ओबामाको पालामा सन् २०१५ मा इरान र अमेरिकासहित सात शक्ति राष्ट्रसँग (बेलायत, जर्मनी, रुस, चीन र फ्रान्स) सँग भएको बृहत् आणविक सन्धि (JCPOA) पश्चात् अमेरिका र इरानबिचको सम्बन्धमा केही सुधारको सङ्केत देखापरेको थियो तर सन् २०१८ मा ट्रम्पले एकपक्षीय रूपमा सो सन्धिबाट हात झिकी इरानमाथि अधिकतम दबाबको नीति अपनाई इरानविरुद्धको आर्थिक नाकाबन्दीलाई चर्को पारेपछि इरानसँगको तिक्तता अझ चुलिन थालेको हो । अझ ट्रम्पले कट्टर यहुदीवादी नीति अपनाई हत्या र आतङ्कको श्रृङ्खलाको सुरुआत गरे । इरानी कमान्डर कासिम सुलेमानी, इरानका परमाणु वैज्ञानिकलगायत इरानी सैनिक जनरलहरूको आतङ्की शैलीमा कायरतापूर्वक हत्या ग¥यो । यतिले नपुगेर ६ महिना अगाडि गत जून महिनामा इजरायलले एकपक्षीय रूपमा अचानक इरानमाथि हवाई हमला ग¥यो । सो हमलाले इरानको ठुला संरचनाहरू ध्वस्त ग¥यो† करिब ११०० निर्दोष इरानीहरूको हत्या ग¥यो । आक्रमणको निहुँ थियो – केही दिनमै इरान आणविक हतियार उत्पादन गर्न सफल हुँदै छ ।
अमेरिका र इरानबिचको यो तिक्तता र आजसम्मको शत्रुताको अवस्था कसले निम्त्यायो र यसको लागि को जिम्मेवार छ भनी जान्न इरानलाई आधुनिक प्रजातन्त्रको बाटोमा हिँडाउन अहम् भूमिका खेल्ने जननिर्वाचित प्रधानमन्त्री डा. मोहम्मद मोसादेगको योगदानका बारेमा जान्न अति आवश्यक छ । आज इरानको सत्तालाई फाल्न इरानी जनता र अमेरिकालाई गुहार्दै गरेका रेज्जा पल्लवीको वंश के हो र इरानलाई पश्चिमाकरण गर्न यिनीहरूले गरेका देशघातलाई बुझ्न पनि इतिहासलाई फर्केर हेर्नु आवश्यक हुन्छ ।
सिङ्गो मध्यपूर्वका देशहरूलाई अटोमन साम्राज्यले गाजेको बेला पर्सिया (इरान) स्वतन्त्र थियो । सन् १७८९ देखि १९२५ सम्म करिब १३५ वर्षसम्म पर्सियामा कजार वंशको शासन थियो । कजार वंशका शासकहरू तुर्क मूलका सन्ततिहरू थिए । कजार वंशका अन्तिम शासक अहम्मद शाहलाई सन् १९२१ मा एक सेना कमान्डर रेजा खानले विद्रोह गरी आफू प्रधानमन्त्री बने । चार वर्षपछि सन् १९२५ मा अहम्मद शाहको वंशलाई पूरै सत्ताच्युत गरी रेजा खा

देशभक्त नेता डा. मोहम्मद मोसादेग
बाट आफूलाई ‘रेजा शाह पल्लवी’ घोषणा गरी नयाँ राजतन्त्र ‘शाह पल्लवी वंशको’ थालनी गरे । यसरी पाँच वर्षमा कजार वंशलाई फाली रेजा खानलाई पदस्थापना गर्न बेलायती सहयोग र षड्यन्त्रको प्रत्यक्ष हात थियो । रेजा शाहको करिब १५ वर्षको शासनकाल कठोर मानिन्थ्यो । आफ्ना विरोधीहरूलाई ठाउँको ठाउँ गोली हानी मार्ने र कठोर जेल यातना सामान्य थियो ।
एक देशभक्त इरानीको उदय
पहिलो विश्वयुद्धको समाप्तिसँगै सिङ्गो मध्यपूर्व वा पश्चिम एसिया क्षेत्रमा अटोमन साम्राज्यको पतनपश्चात् अधिकांश देशहरूमा राष्ट्रिय स्वाधीनताको पक्षमा जनलहर उर्लियो । हुन त बिसौँ शताब्दीको सुरुआतसँगै पश्चिम एसियामा अरबी जनतामा आफ्नो अरबी भाषा, संस्कृति र साहित्यप्रति एक खालको पुनर्जागरण आइसकेको थियो । अटोमन साम्राज्यको अधीनमा नरहेको इरानमा पनि बिसौँ शताब्दीको सुरुआतसँगै संविधानवादका आन्दोलनहरू भएका थिए । अझ प्रस्टसँग भन्दा जारकालीन रुसमा भएको सन् १९०५ को जनविद्रोहको प्रभाव इरानमा परेको थियो । रुसमा जार निकोलससँग संविधान र संसद्मार्फत जनताको राजनीतिक अधिकार प्राप्त गरेजस्तै इरानका तात्कालीन शासक शाह मुजाफरसँग संविधान र संविधानअनुसारको संसद् मजलिसको स्थापना सन् १९०६ मा स्थापित भइसकेको थियो । यसरी इरानलाई आधुनिक बाटोमा हिँडाउन जति अन्तर्राष्ट्रिय परिवेशको भूमिका रह्यो देशभक्ति भावना भएका बौद्धिक व्यक्तित्वहरूको पनि उत्तिकै हात रह्यो ।
यस्ता व्यक्तित्वहरूमध्ये एक थिए – डा. मोहम्मद मोसादेग । कजार वंशका शासकको अर्थ मन्त्री रहेका बुबा मिराज हेडयात अशतियानी तथा कजार वंशसँग सम्बन्ध रहेका आमा नज्म अल सल्तानेहका पुत्र थिए मोसादेग । आफ्ना पिता र माताको सम्बन्ध कजार वंशका शासकहरूसँगको कारणले उनलाई समेत कजार वंशका शासकले मानपदवीबाट विभूषित गरेका थिए । तथापि, इरानको सन् १९०५ लेखी १९११ सम्म भएको संविधान, संसद् र संवैधानिक राजतन्त्रका लागि भएको आन्दोलनमा उनी सक्रिय थिए । कजार शासकले मोसादेगलाई सन् १९१७ मा अर्थ मन्त्रालयको उपसचिवको कार्यभारको जिम्मा दिएका थिए र उनले सोही पदमा रहेर भ्रष्टाचारको नियन्त्रणसमेत गर्ने प्रयास गरेका थिए । कजार शासकले इरानी सेना र वित्तीय व्यवस्थापनको जिम्मा बेलायती सल्लाहकारलाई दिने सम्झौताका बारेमा जानकारी पाएपछि आफूखुसीले उनी स्वीजरल्यान्ड निर्वासनमा गएर बसे । यस सम्झौताको विपक्षमा समर्थन गर्ने सिलिसिलामा युरोप र लिग अफ नेसन राष्ट्रसङ्घमा पुगेका थिए । पछि सो सम्झौता इरानी संसद् मजलीसले खारेज ग¥यो र मोसादेग इरान फर्के । आफ्नो देशको लागि उनले गरेका कार्यहरूले मोसादेगको व्यक्तित्व अझ बढ्यो र स्थानीय जनताको आँखामा उनको इज्जत अझ उचाइमा पुग्यो ।
मोसादेगको स्वनिर्वासन
तर, बेलायती साम्राज्यवादले कजार शासक र मोसादेगलाई आफ्नो स्वार्थमा बाधकको रूपमा लिन थाल्यो । त्यसैले सन् १९२१ मा एक सैनिक कमान्डर रेजा खानलाई विद्रोह गर्न लगाई कजार वंशको अन्त गराएको थियो । बेलायतको स्वार्थको लागि उसले विस्तारै रेजा खालाई आफ्नो कठपुतली सरकारको रूपमा परिणत गर्दै लाने मोसादेगको भविष्यवाणी विस्तारै प्रमाणित हँुदै गयो । सन् १९२३ मै संसद्मा प्रतिनिधित्व गरेका मोसादेगले रेजा शाहको सत्ता विस्तारै आफ्ना विरोधीहरूलाई दबाउँदै अगाडि बढेको देखेर यो पूरै निरङ्कुशतन्त्रमा बदल्ने आशङ्का गरी सन् १९२८ सम्ममा आफ्नो ज्यानको खतरा देखेर मोसादेग आफ्नो राजनीतिक र सामाजिक सक्रियता त्यागेर तेहरानबाट १०० किमि उत्तरमा पर्ने आफ्नै गाउँघर अम्दावादको निर्वासनमा गए । उनले त्यहाँ थप अध्ययन र कृषि उत्पादनका नयाँ तौर तरिका सिकेर गाउँले दाजुभाइलाई समेत सिकाए । मोसादेगको यो स्वनिर्वासन करिब एक दशक लामो भयो ।
तर, अचानक सन् १९४०, २६ जुलाईमा रेजा शाहका सिपाहीँहरूले उनको निवासलाई अचानक घेरा हाली गिरफ्तार गरेर उनलाई तेहरानको केन्द्रीय कारागारमा थुनामा राखे । बिना कुनै आरोप उनलाई ६ महिना थुनेपछि रेजा शाहले उनलाई फेरि सदाका लागि अम्दाबादमै बस्नुपर्ने गरी नजरबन्दमा राखे । रेजा शाह विस्तारै जर्मनीका हिटलरसँग नजिक भएको आरोपमा (माथि उल्लेख गरिएअनुसार) रेजा शाहलाई सत्ताच्युत गरी उनको स्थानमा २२ वर्षका राजकुमार मोहम्मद रेजा पल्लवीलाई सिंहासनमा राखी बेलायतले उनलाई पूर्ण आफ्नो मुठीमा राखे । रेजा शाहको सत्ताको अन्तसँगै यता मोसादेग स्वतन्त्र भयो र उनको एक दशकसम्म विराम लागेको राजनीति यात्राले पुनर्जीवन पायो । उनी इरानी जनतामाझ झन् लोकप्रिय बने । इरानी जनताले उनलाई सन् १९४४ को निर्वाचनमा तेहरानको प्रतिनिधिको रूपमा अत्यधिक मतले संसद् मजलीसमा निर्वाचित गरे ।
–क्रमशः
Leave a Reply