भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भारतका विख्यात चलचित्र निर्देशक सञ्जयलीला भंसालीद्वारा निर्देशित चलचित्र पद्मावत्तीको सुटिङको क्रममा भएको विवादले नयाँ मोड लिएको छ । ऐतिहासिक विषयमा आधारित सो चलचित्रले राजपुतहरुको भावनालाई अपमान गरेको र ऐतिहासिक तथ्यहरु समेत बंग्याएको भन्दै राजस्थानको राजपुत कर्णी सेना नामको संगठनले आपत्ति जनाउँदै आएको छ । उनीहरुले गएको शुक्रबार जयपुरमा निर्देशक भंसाली र उनको सुटिङस्थलमा भौतिक हमला गरेका थिए । आफू र आफ्नो टोलीमाथि हमला भएपश्चात भंसालीले आफ्नो सुटिङको तालिका स्थगित गरेका थिए ।

शुक्रबार आक्रामक रुपमा प्रस्तुत भएका राजपुत कर्णी सेनाले मंगलबार भने नयाँ शर्त तेर्साउँदै ती मागहरु पूरा भए चलचित्र सुटिङलाई चालु राख्न दिने बताएका छन् । उनीहरुले चलचित्रको नाम पद्मावत्ती नराख्ने र सो चलचित्रको सार्वजनिक प्रदर्शन गर्नुअघि एक जना पूर्व न्यायधिशको संयोजकत्वमा इतिहासकारहरु समेत समेटिएको एउटा समितिले अनुमोदन गर्नु पर्ने आदि माग राखेका छन् ।
तर सेनाको एउटा खेमा भने पद्मावत्तीमाथि पूर्ण प्रतिबन्धको पक्षमा छ ।
भंसाली र उनको निर्देशक समूहले राजस्थानको घटना सुल्झिसकेको अभिव्यक्ति सार्वजनिक भएलगत्तै कर्णी सेनाबाट ती मागहरु अघि सारेका हुन् । ‘हामी कसैकोे भावनामा चोट पु¥याउन चाहन्नौं र यदि सबै सामाजिक संगठनहरु र स्थानीय जनताले हामीलाई गरेको समर्थनप्रति हामी आभारी छौं’, राजपुत सभाका प्रमुख गिरीराज सिंहलाई भंसालीको समूहले पठाएको पत्रमा भनिएको छ ।
उनीहरुले चलचित्रमा रानी पद्मावत्ती र अल्लाहउद्दिन खिल्जीबीच कुनै रोमान्टिक दृश्य नभएको पनि बताइएको छ । चलचित्रमा नायकको रुपमा रणवीर सिंह र नायिकाको रुपमा दिपिका पादुकोण छन् ।
भंसालीमाथि भएको हमलाको बलिउडका चलचित्रकर्मीहरुले विरोध गरेका थिए ।
Leave a Reply