भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर नगर एउटा जीवित सङ्ग्रहालय हो । पुर्खाले बनाएर सुम्पेका थुप्रै मूर्त अमूर्त सम्पदाहरू यहाँ सजिएका छन् । यी सम्पदाहरू ज्ञान, विज्ञान, प्रविधि, सभ्यता, कला, संस्कृति, प्रकृति, कूटनीति, इतिहास, अर्थशास्त्र आदिका मूर्धन्य हुन् । जर्मनीका सम्पदाविद् निल्स गुन्सोले भक्तपुरलाई त्यसै जीवित सङ्ग्रहालय (ीष्खष्लन ःगकभगm) भनेका होइनन् । बेलायती नागरिक ई.ए.पावेलले भक्तपुर अवलोकन गर्न छुटे आधा संसार छुटेसरह हुने, अमेरिकी पत्रकार एडवार्ड अलेक्जान्डर पावेलले भक्तपुर पुग्नु विश्वको आधाभन्दा बढी ठाउँमा घुमेको जस्तो भएको त्यसै भनेका होइनन् । भक्तपुर घुम्न आउने देशका विभिन्न क्षेत्रका विद्यार्थी, अनुसन्धानकर्ता, वैज्ञानिक, विद्वान, लेखक, साहित्यकार, कलाकार आदिले पनि भक्तपुर विश्वविद्यालय सरहका सहर हो त्यसै भनेका होइनन् । कला, संस्कृति र इमानदार राजनीतिका मर्मज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले सय वर्षपछिको भक्तपुर पुस्तक लेख्नुभयो । यसलाई आदर्श मानेर भक्तपुर नगरपालिका अगाडि बढिरहेको छ । भक्तपुरलाई देशकै ज्ञानविज्ञानको केन्द्र बनाउन कम्मर कस्दै छ । २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त पारेको भक्तपुर पु

लक्ष्मीनरसिंह मन्दिर
नः त्यस्तै उठाउँदै छ । त्यस क्रममा १८० जति सम्पदाहरू जनताको साथ र सहयोगमा विदेशीसँग हात नथपिकन आफ्नै खुट्टामा उभेर पुनः निर्माण गरिसकेको अवस्था छ । यहाँ गर्भमा रहेका सम्पदाहरू कति छन् कति ? सम्पदाविद्, इतिहासविद्लगायतका अनुसन्धानकर्ताहरूले अनुसन्धान गरेर त्यस विषयमा बाहिर ल्याउने नै छन् ।
जीवित सङ्ग्रहालय र विश्वविद्यालयको रूपमा हेरिएको भक्तपुर नगरलाई अवलोकन, भ्रमण गरेर सम्पदा चिनाउने र देखाउने उद्देश्यले विद्यार्थी भाइबहिनीहरूलाई घुमाउने अवसर प्राप्त भयो ।
भक्तपुरमा विहार र महाविहारहरू थुप्रै छन् । भक्तपुर नगरपालिकाले बहा बही र विहार महाविहारको पदयात्रा कार्यक्रम गर्दा धेरैले हेर्ने अवसर पाए । त्यसमध्ये हामी केही महाविहारमा घुम्यौँ । विशेषगरी पञ्चदान पर्वको दिनमा नगर परिक्रमा गर्न ल्याइने दीपङ्कर बुद्धहरू रहेका महाविहारमा पुग्यौँ । पहिलो नगरकै सबभन्दा जेठो, पुरानो महाविहार भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढीस्थित आदिपद्म महाविहारको अवलोकन ग¥यौँ । यो महाविहार त्यहाँ प्राप्त अभिलेखअनुसार १०४३ वर्ष पुरानो छ । त्यहाँ रहेको एउटा अभिलेखमा ने. सं. १०३ उल्लेख छ । यो महाविहार भक्तपुर नगरपालिकाको सहयोगमा त्यहाँकै स्थानीय जनताको उपभोक्ता समितिमार्फत स्थानीय जनताको साथ र सहयोगमा पुरानै शैलीमा, जीर्णोद्धारको काम अन्तिम चरणमा पुगेको स्थानीय जनताले बताए ।
हामी भनपा वडा नं १० स्थित क्वाठण्डौ बेखालमा त्यस्तै पुरानो महत्वपूर्ण प्रशन्नशील महाविहारमा पनि पुग्यौँ । यहाँ पनि जीर्णोद्धार र सिङ्गारपतारको काम भइरहेको पायौँ । अभिलेखअनुसार सो महाविहार ९४४ वर्ष पुरानो देखिन्छ । यहाँ भएको अभिलेखमा ने. स. २०२ उल्लेख छ । यहाँ विभिन्न चैत्यलगायतका कलात्मक प्रस्टर मूर्तिहरूको आकर्षण छ । अर्को महत्वपूर्ण विशेषता भनेको यहाँको ढुङ्गेधारा पनि हो । जुन अन्य विहारमा देखेनौँ । सायद यो पुरानो महत्वपूर्ण राजकुलोको मूलधारमा भएर पनि हुनुपर्छ । धेरै बहाबही (बिहार, महाविहार) भएर पनि यस ठाउँलाई बहीख्यबाट अप्रभंश भएर बेखाल भएको स्थानीय अग्रजबाट सुन्ने अवसर पाएँ । त्यस्तै गोल्मढीस्थित ने. स. ६७७ मा विश्व मल्लको पालामा जीर्णोद्धार गरिएका मङ्गल धर्मदीप महाविहार, साकोठाको चतुर्व्रह्म महाविहार, ने. स. ७८७ मा बनेको नपुखु थथुबहीको जयकीर्ति महाविहार र ने.स. ७४३ मा स्थापित कुथुबहीको बौद्ध समकृत महाविहार अवलोकन ग¥यौँ ।
सूर्यमढीस्थित वाकुपतिनारायण मन्दिर पनि अवलोकन ग¥यौँ । यो पित्तल र ढुङ्गाको कलाकृतिले भरिएको मन्दिर हो । यो मन्दिर केही वर्षअगाडि मात्र स्थानीय जनताले करोडभन्दा बढी चन्दा सङ्कलन गरी जीर्णोद्धार गरी सुनको छाना लगाएका थिए । यसमा भक्तपुर नगरपालिकाको अभिभावकीय सहयोगी हात त छँदै छ । यस मन्दिर अगाडि विभिन्न कालखण्डमा स्थापित ढुङ्गाको खम्बामा लहरै पित्तलका पाँच वटा कलात्मक गरुडहरू छन् । यो मन्दिर १७०० वर्ष अगाडि लिच्छवीकालीन समयमा चाँगुनारायणको प्रतिपूर्तिको रूपमा स्थापना भएको अभिलेखमा पाइन्छ ।
हामी भक्तपुरको सांस्कृतिक, ऐतिहासिक केन्द्र टौमढीमा पुग्यौँ । त्यहाँँस्थित ने.स. ८२२ मा राजा भूपतीन्द्र मल्लको पालामा निर्मित पाँचतले मन्दिरको अवलोकन गर्यौँ । यो पर्यटक पाहुनाहरूलाई मोहित पार्ने मन्दिर हो । वि.सं. १८९०, १९९०, २०४५ र २०७२ सालको विनाशकारी भूकम्पले पनि क्षति नपु¥याएको यो मन्दिर वास्तु र विज्ञान शास्त्रअनुसार प्यागोडा शैलीमा विशेष खालको काठको जोडाइ, इँटाको जोडाइ, बलियो चुकुलको प्रयोग भएको पाइन्छ । त्यसैले यो ठाउँ शिक्षा, विज्ञान, प्रविधि, इन्जिनियर, इतिहास, कला, संस्कृति अनुसन्धानकर्ता, विद्वान, वैज्ञानिक अन्य विद्यार्थी, पर्यटकहरूका लागि जीवित सङ्ग्रहालय र विश्वविद्यालय पनि हो ।
हालै निर्माण सम्पन्न भएको कलात्मक आकर्षक लक्ष्मीनरसिंह मन्दिर र त्यसको गर्भमा रहेको पाताल गणेशको अवलोकनपछि भ.न.पा. वडा नं. ४ बोलाछेँस्थित लुकेर बसेको सानो अचम्मको मन्दिर हे¥यौँ । त्यस्तै सांस्कृतिक, ऐतिहासिक नगर भक्तपुरको राजधानी, जीवित सङ्ग्रहालयको केन्द्र दरबार क्षेत्र घुम्यौँ । भक्तपुरको सबभन्दा राम्रो, सुन्दर यक्षश्वर महादेव र च्यासिं मण्डपको बिचमा अवस्थित राम्रो, सुन्दर कलात्मक ढुङ्गेधारा हे¥यौँ । यो पनि त्यतिकै कलात्मक र सुन्दर कला कृतिले भरिएको मन्दिर हो । त्यसपछि राजा रणजित मल्लको पालामा नेसं. ८७४ (ई.सं. १८१०) मा बनाएको विश्वकै अद्वितीय स्वर्णद्वार, पचपन्न झ्याले दरबार भक्तपुर नगरपालिकाले युद्धस्तरमा जीर्णोद्धार गरिरहेको ने.सं. ७९८ मा राजा जितामित्र मल्लको पालामा बनाएको थन्थु दरबार र तलेजु मूलचोक अवलोकन गरेर फक्र्यौँ ।
दरबार क्षेत्रको मुटुमा रहेको प्रस्तर, अति सुन्दर, कलात्मक शिखर शैलीको नृत्य वत्सला मन्दिर हे¥यौँ । यो मन्दिर राजा जगतप्रकाश मल्लको पालामा ने.सं. ७९२ (ई.सं १७२९) मा बनाइएको थियो । बत्स अर्थात् छोरा छोरीहरूलाई अति माया गर्ने माता हुन् । त्यही बत्स (स्नेही माता) बाट बत्सला भएको मानिन्छ । यो ९ वटा गजुर भएको प्रस्तरकलाले भरिपूर्ण अति सुन्दर सांस्कृतिक सम्पदा हो ।
भनपा इताछेँ वडा नं. २ स्थित सहिद स्मृति उद्यानको पनि अवलोकन ग¥यौँ । त्यहाँ भक्तपुर नगरपालिकाले सहिदहरूको सम्मानस्वरूप वि.सं. २०५८ फागुन २ गते सहिदस्तम्भ बनाएको थियो । यो सहिद स्तम्भमा भक्तपुरका सहिदहरू राजकुमार सुवाल, कृष्णराम दुवाल, निर्मल शाक्य, हरिकृष्ण भुजु, पुष्परत्न शाक्य र महेश श्रेष्ठको प्रतिमा रहेका छन् । २०४६ सालमा निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको लागि छातीमा गोली थापेर उनीहरू सहिद भएका थिए ।
विद्यार्थी भाइबहिनीहरूलाई पढ्ने संस्कृतिको विकास गर्न भक्तपुर नगरपालिकाले सञ्चालन गर्दै आएको जनज्योति पुस्तकालय लग्यौँ । त्यहाँ कर्णधार व्याचलर्स, मास्टर्सका विद्यार्थी नर्स, डाक्टर, पी.एच.डी. गर्ने, लोकसेवा, शिक्षक सेवा, आयोगको जाँच दिन र अन्य पाठकहरू शान्त भएर पढिरहेको र कोही कम्प्युटरमा वेभसाइटमा पसेर एकान्त ठाउँमा तन, मन ध्यान पढिरहेको देख्यौँ । मानौँ यो पनि एक प्रकारको स्वाध्ययन गर्ने विश्वविद्यालय हो । त्यसपछि फेरि पछि कुनै दिन फुर्सदको समयमा आउने मनमा हामी राखेर फक्र्यौँ ।
Leave a Reply