भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, १३ पुस । भक्तपुर नगरपालिका वडा नं. ९ मा सञ्चालित सामुदायिक विद्यालयहरूको समन्वय समितिको वार्षिक कार्य तालिकाअनुसार दत्तात्रय आधारभूत विद्यालयको आयोजनामा आधारभूत तहस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भयो ।
‘हाम्रो सम्पदा’ शीर्षकमा लेखाइएको उक्त सिसाकलमा चित्र
(पेन्सिल आर्ट) प्रतियोगितामा वडाका तीन ओटा विद्यालयहरू (वागीश्वरी मावि, सरस्वती, विद्यागृह मावि र दत्तात्रय आवि) मा अध्ययनरत कक्षा ८ सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
प्रतियोगितापछि आयोजित पुरस्कार वितरण कार्यक्रममा वडाध्यक्ष रवीन्द्र ज्याख्वले विद्यार्थीको जीवनको लक्ष्य र अभिरूचि फरक भए पनि लक्ष्य प्राप्तिका लागि अघि बढ्दा बढ्दै आफ्नो रूचिअनुसारको प्रतिभालाई पनि सँगसँगै हुर्काउन सकिने बताउनुभयो ।
राज्यको लगानी भएको सामुदायिक विद्यालयमा पढ्न पाएकोमा गौरव गर्न आग्रह गर्दै उहाँले विद्यार्थीमा अन्तर्निहित प्रतिभाले देशलाई चिनाउन सकिने दृष्टान्त दिनुभयो ।
उहाँले प्रतिभा खारिँदै गए त्यसबाट पैसा पनि कमाउन सकिने त हुन्छ तर, पैसालाई भन्दा प्रतिभालाई प्राथमिकता दिन सुझाव दिनुभयो ।
कार्यक्रममा समन्वय समितिका संयोजक ज्ञानसागर प्रजापतिले मूर्त सम्पदाजस्तै अमूर्त सम्पदाको पनि उत्तिकै महत्व हुने बताउँदै चित्रकलाकै कारण भक्तपुरको ५५ झ्याले दरबार विश्व सम्पदामा सूचिकृत भएको जानकारी दिनुभयो ।
५५ झ्याले दरबारको मातन तला (पहिलो तल्ला) मा रहेको भित्ते चित्रको चर्चा गर्दै उहाँले तीन सय वर्ष पुरानो चित्रलाई आजसम्म पनि जीवन्त राख्दा उक्त चित्र विश्व सम्पदा भएको भनी चित्रको महत्वमाथि प्रकाश पार्नुभयो ।
प्रतियोगिताका निर्णायक चित्रकलाविज्ञ विकास तमखुले कुनै पनि कला निखार्न निरन्तर साधनाको खाँचो औँल्याउँदै चित्रकलाले विद्यार्थीहरूमा धैर्य क्षमताको पनि विकास हुने प्रस्ट पार्नुभयो ।
आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रममा वागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्य, सरस्वती विद्यागृह माविका प्रअ गनुराज साम्पाङ राई र दत्तात्रय आविका प्रअ सज्जनमान प्रधानले पनि चित्रकलाको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा शिक्षकद्वय पद्मराज तिवारी र कुमार गौतमले पनि बोल्नुभएको थियो ।
प्रतियोगिताका विजयी विद्यार्थीलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । प्रतियोगितामा छात्र समूहमा सरस्वती विद्यागृहका रोमस सुनुवार पहिलो र अनिस सिङ्गार दोस्रो भएका थिए भने वागीश्वरी माविका हेमन ग्वाछा तेस्रो भएका थिए ।
त्यस्तै छात्रा समूहमा सरस्वती विद्यागृहकी साइमा राई पहिलो र रोशनी थिङ तृतीय तथा वागीश्वरी माविकी पलिसा प्रजापति द्वितीय भएकी थिइन् ।
Leave a Reply