भर्खरै :

गाँसेगुसे एकै नासे !

गाँसेगुसे एकै नासे !

जति जति निर्वाचनको मिति नजिक आउँदै छ, उति उति हाम्रा केही बुद्धिजीवी र राजनीतिक तमासा हेरेर दिक्क मानेका संवेदनशील व्यक्तिहरू ‘जोसुकै जिते पनि उही हो, हामीले सबै हेरिसकेकै छौँ† पुराना होस् वा नयाँ पुस्ता ?’ भन्दै अब त एक पटक ‘नयाँ पुस्ता’ लाई नै दिनु उचित होला कि भन्नेहरू पनि कम छैनन् ।
निर्दलीय पञ्चायत कालको ३० वर्ष र बहुदलीय प्रजातन्त्र र गणतन्त्रको ३५ वर्षभन्दा बढी समय भोगेकाहरूले ‘समालोचना’ गर्नु आवश्यक छ । जे सुकै होस् र जोसुकै जितून् भन्ने दिक्दारीले देश रसातलमा जानेछ ।
देशमा आगो लाग्दा त राजीनामा दिन नमान्ने लाछीहरू वा आफू अयोग्य साबित हुँदा पनि राजीनामा नदिनेहरू ‘निर्लज्ज’ नभए के भन्ने ? पञ्चायत कालमा सिंहदरबारमा आगो लाग्दा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले के राजीनामा दिएनन् ? सरकारलाई त थाहा थियो होला — सिंहदरबारमा आगो लगाउने शक्ति को होला ? भन्ने गरिन्छ—‘डुब्दो जहाजबाट मुसो पनि भाग्छ ।’ ‘मरेको मान्छेको लासलाई जुम्राले पनि छोड्छ ।’ तर, हाम्रा शासक दलका नेताहरूले सत्ताको ‘गलत स्वाद’ र ‘देशै नरहे पनि मित्र शक्तिहरूबाट सत्ता मागेपछि हामीले कसो नपाऔँला, हामी पुरानो हजुरिया त हौँ भन्ने आशा बोक्ने नादानहरू बाँकी नै छन् ।
एक जना नेपाली कविको कविताको सम्झना हुन्छ— ‘गुणको वैरी मानिस जाति.. !’ जनताले जति पटक मत दिए पनि शासक दलका नेताहरू जनताको भलात्न्दा ठेकेदार, तस्कर र विदेशी एजेन्टहरूकै सेवामा लागे । दुःखी नेपाली जनता जहाँको तहीँ भए । छोराछोरी पनि विदेशमा पठाए !

नयाँ पुस्ता पनि त देखिए ?
पूर्वप्रधानमन्त्रीकी छोरी ‘नयाँ पुस्ता’ ले विदेशीसँग विवाह गरिन् र छोरा—छोरी पाइन्, विदेशीसँगको व्यापारमा नेपाल ठगियो । नयाँ नातिले पनि विदेशीसँग विवाह गरिन् । सम्झौता देशको भयो† अनेक झमेलामा फस्यो । सुडान काण्ड र पासपोर्ट छपाइ काण्डमा फसाएर देशको हुनसम्म बदनाम भयो ¤
अर्को शासक दलका ‘नयाँ पुस्ता’ वा ‘युवा मन्त्री’ प्राचीन विहार र कमलपोखरीमा १५ तलाको होटल र पसल खोली उद्घाटनमा लाग्दा देशको सांस्कृतिक क्षेत्रलाई म्हास्न नदिन जनता मिलेर अदालत गए र उद्घाटन रोक्न धर्ना बसेका थिए । तर, मन्त्री पछाडिको बाटोबाट गई उद्घाटन गरेर भागे— प्रहरीको पर्दा राखेर !
के यही हो ‘नयाँ पुस्ता’ को देशभक्ति, सांस्कृतिक पे्रम र सुझबुझ ?
अर्को ‘नयाँ पुस्ता’ का नेताले जनतालाई काम गरी खान सिकाउने उद्देश्यले भेँडा—बाख्रा पालन र मासु पसलको कारोबार गरे । त्यहाँ पनि हिसाब—किताब र भ्रष्टाचारको हो—हल्ला सुन्ने मानिसले कान थुनेर जानुप¥यो ।
धरानको बी.पी. स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति र मेडिकल कलेजको भ्रष्टाचारमा नयाँ पुस्ताकै मन्त्रीको चर्तिकला जिम्मेवार भएको समाचारपत्रहरूमा देखिन्छ ।
प्रश्न उठ्छ — हरेक राजनीतिक कार्यकर्ता (नयाँ वा पुराना) सबै बदनामै हुनुपर्ने हो वा बदनाम गराइएको हो ? यसको उत्तर कसले दिने ?
नयाँ अर्थमन्त्री खनालले केही दिनअगाडि विदेशी पुँजीलाई अनिवार्य शुल्क माफ गरी देशलाई नोक्सान पारेको समाचार सबै पाठकले पढे ।
तर, आज ‘गे्र लिस्ट’ बाट बाहिरिन जिम्मेवार भई काम गरौँ (अन्नपूर्ण १५ माघ, २०८२) भनी मन्त्री खनालले कसलाई शिक्षा दिएका हुन् ?
के सम्पत्ति शुद्धीकरण भ्रष्टाचार गरी जोडिएको सम्पत्तिको सानो भाग बुझाएबापत भ्रष्टाचारीको दागबाट मुक्त हुने प्रमाणपत्र हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *