शासक दलहरू निर्वाचन घोषणापत्रलाई किन बेवास्ता गर्छन् ?
- माघ २१, २०८२
भक्तपुर, १९ माघ । विश्वविद्यालय अनुदान आयोगको Educational Quality Assurance and Accreditation Council बाट ख्वप कलेज अफ इन्जिनियरिङको गुणस्तर तथा सुनिश्चितता प्रत्यायन (QAA) प्रक्रियाको लागि गठित Peer Review Team को गुणस्तर परीक्षण कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप इन्जिनियरिङ कलेज स्थानीय तहले पनि कलेजहरू सञ्चालन गर्न सक्छन् भन्ने उदाहरणको रूपमा प्रस्तुत रहेको बताउँदै भक्तपुर नगरपालिकाको यस कार्य देशका अन्य स्थानीय तहलाई पनि शिक्षाको जिम्मेवारी लिन उत्साहित गर्ने बताउनुभयो ।
शैक्षिक संस्थाहरू नाफा कमाउने व्यापारिक संस्था हुनुहुँदैन भन्दै उहाँले यी संस्थाहरू विशुद्ध सेवामूलक संस्था हुनुपर्छ भन्ने ख्वप कलेज अफ इन्जिनियरिङ एक उदाहरण हो भन्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका महत्वपूर्ण योजनाहरूको प्राविधिक सहयोग यसै कलेजबाट प्राप्त भइरहेको बताउँदै नपाबाट सञ्चालित कलेजहरूलाई अनुसन्धानमा केन्द्रित बनाउन प्राध्यापकहरूलाई उत्साहित गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्य रहेकोले अझ व्यवस्थितरूपमा कलेजहरू सञ्चालन गर्ने पक्षमा रहेको उल्लेख गर्दै उहाँले गुणस्तर तथा सुनिश्चितता प्रत्यायन प्राप्त कलेजहरूले देश विदेशका विभिन्न उच्च प्रतिष्ठित शैक्षिक संस्थाहरू अध्ययन अनुसन्धान गर्न सहज हुने हुँदा ख्वप कलेज अफ इन्जिनियरिङले पनि क्यु.ए.ए.को आवश्यकता महसुस गरी यसको प्रक्रियामा अगाडि बढाएको स्पष्ट पार्नुभयो ।
प्रमुख प्रजापतिले गुणस्तर तथा सुनिश्चितता प्रत्यायन (क्यु.ए.ए.) शैक्षिक संस्थालाई गुणस्तरीयता कायम राख्न अपनाइने एउटा विधि वा प्रक्रिया भएको हुँदा भक्तपुर नपाबाट सञ्चालित सबै कलेजहरूमा गुणस्तर, शैक्षिक प्रतिस्पर्धा र उत्कृष्टता कायम राख्न क्यु.ए.ए.को लागि प्रयासरत रहेको बताउनुभयो ।
विश्वविद्यालय अनुदान आयोगको निर्देशनलाई एकप्रकारको कानुनकै रूपमा लिँदै आएको बताउँदै उहाँले कानुनको अक्षरसः पालनाले मात्रै गुणस्तरीय र प्रतिस्पर्धी शिक्षा प्रदान गर्न सम्भव हुने बताउनुभयो ।
कार्यक्रममा प्रा. डा. जीवराज पोखरेल, प्राचार्य सुनिल दुवाल र कलेजका प्रा.डा. राजुभाइ त्यातले पनि बोल्नुभएको थियो ।
Leave a Reply