छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
- फाल्गुन २५, २०८२
भक्तपुर, २७ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग वीरगञ्जस्थित मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्यसहित जनसम्पर्क विषय अध्ययनरत विद्यार्थीहरूको प्रतिनिधिमण्डलले मङ्गलबार नगरपालिका सभाकक्षमा भेट ग¥यो ।
भक्तपुर नगरको शिक्षा, स्वास्थ्य र सम्पदालगायतको अध्ययन भ्रमणको लागि भक्तपुर आएको उक्त टोलीलाई नगर प्रमुख प्रजापतिले भादगाउँले टोपी र खादाले स्वागत गर्नुभयो ।
भेटघाटको क्रममा उहाँले भक्तपुर नगरपालिकाले विभिन्न विषय अध्ययन गर्ने शैक्षिक संस्था सञ्चालन, शैक्षिक ऋण तथा छात्रवृत्ति प्रदान र न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।
स्थानीय सरकारले माध्यमिक तहसम्मको विद्यालय व्यवस्थापनको जिम्मेवारी पाएपछि भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा अनुकरणीय काम गरेको बताउँदै उहाँले ‘एक घर एक स्नातक’ को अवधारणापश्चात् भक्तपुरको शिक्षा विकास द्रुतगतिमा अगाडि बढेको हो भन्नुभयो ।
नगरपालिकाले सस्तोमा गुणस्तरीय चिकित्सक उत्पादन गर्न विश्वविद्यालय सञ्चालनको माग गरिरहेको बताउँदै उहाँले नगरपालिकाबाट सञ्चालित कलेजमा देशभरिका विद्यार्थीहरू अध्ययनरत रहेको बताउनुभयो ।
सोही क्रममा उपकुलपति शाक्यले भ्रमणको उद्देश्यमाथि प्रस्ट पार्दै शिक्षा क्षेत्रमा भक्तपुर नपाले गरेको उदाहरणीय कार्य विद्यार्थीहरूलाई देखाउन र सिकाउने उद्देश्यले भक्तपुर भ्रमणमा आएको बताउनुभयो ।
उहाँले मधेस विश्वविद्यालय एक घर एक स्नातकको अवधारणामा सञ्चालन भएको स्पष्ट पार्दै विश्वविद्यालयले बीए.एल.एल.बी. र बी.पी.ए. विषय सञ्चालन गरिरहेको बताउनुभयो ।
शिक्षण पेसाप्रतिको आकर्षण घट्दै जाँदा विश्वविद्यालयहरूमा शिक्षकहरूको अभाव रहेको बताउँदै उहाँले विश्वविद्यालयहरूबिच सहकार्य र स्वस्थ प्रतिस्पर्धाको आवश्यकता औँल्याउनुभयो ।
भेटपश्चात् नगर प्रमुख प्रजापतिले उपकुलपति शाक्यलाई मयुरको झ्याल र नपाका प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभयो ।
नगर प्रमुख प्रजापतिसँगको भेटपश्चात् प्रतिनिधिमण्डलले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप मावि, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप इ. कलेज र ख्वप कलेज अफ इ. को स्थलगत अवलोकन भ्रमण गरी त्यहाँको सेवासुविधाबारे जानकारी लियो ।
Leave a Reply