नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
भक्तपुर, २७ माघ । नेपाल मजदुर किसान पार्टी भनपा १० वडा समितिको आयोजनामा प्रतिनिधिसभा सदस्य निर्वाचन परिचालन समिति गठन कार्यक्रम कमलविनायकमा मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा बाग्मती प्रदेश सांसद एवं नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले फागुन २१ गते हुने प्रतिनिधिसभाले देशको कानुन, नीति नियम, विधि विधान निर्माण गर्ने भएकोले सम्पूर्ण जनता निर्वाचनमा सहभागी हुनुपर्ने बताउनुभयो ।
उहाँले काम गरी खाने वर्गको हितमा ऐन कानुन निर्माण गर्ने पार्टीलाई मत दिएर जिताउनुपर्ने बताउनुभयो ।
देशमा रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने भनी नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले ३० वर्षअगाडि नै संसद्मा आवाज उठाउनुभएको उल्लेख गर्दै उहाँले विदेशी रासायनिक मल महँगोमा किन्न बाध्य बनाएको बताउनुभयो ।
उहाँले देशको महत्वपूर्ण युवा जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्था मिलाउन सरकारी कलकारखाना, उद्योग तथा कृषि नीति ल्याएर सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
उहाँले भक्तपुर नपाबाट सञ्चालित कलेज, अस्पताल, विकास निर्माणका कार्यहरू, सम्पदा संरक्षणका कार्यहरू हेर्न नेता, मन्त्रीहरूसमेत भक्तपुरमा भ्रमण गर्न आउने गरेको बताउनुभयो ।
नेमकिपाले भक्तपुरमा ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, नर्सिङ, ख्वप कलेज अफ ल आदि कलेजबाट देशभरिका नयाँ पुस्तालाई योग्य र सक्षम जनशक्ति तयार गर्न सेवा गरिरहेको प्रस्ट पार्दै उहाँले ख्वप विश्वविद्यालय सञ्चालन भए देशविदेशबाट भक्तपुरको सांस्कृतिक, बाजागाजा, सम्पदा पुनःनिर्माण, स्थानीय सीपबारे अध्ययन गर्न आउने बताउनुभयो ।
नेमकिपाले सरकारमा गएकालाई सधैँ राम्रो बाटो देखाउने गरेको र नराम्रो काम गरेमा सोको विरोध गर्न कहिल्यै नचुकेको उल्लेख गर्दै उहाँले नेमकिपाले देशघाती सन्धि सम्झौता नगरेको र जनताको निःस्वार्थ सेवा गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भनपाका पूर्वउपमेयर चैत्यराज शाक्यले व्यक्तिगत र पारिवारिक कामलाई थाति राखी निर्वाचनमा सही नेतृत्वलाई दिने एक मत नै देश विकासको लागि अमूल्य हुने बताउनुभयो ।
उहाँले नेमकिपाले गरिरहेको शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण तथा विकास निर्माणका कार्यहरू नमुना भएको उल्लेख गर्नुभयो ।
नेमकिपा नगर समिति भक्तपुरका प्रतिनिधि विष्णुराम दुमरुले देशघाती नागरिकता विधेयक, एमसीसी सम्झौताहरू संसद्मा पेस गर्दा चुइँक्क नबोल्ने पार्टीका नेताहरू चुनावमा आश्वासनबाट जनतालाई झुक्याइरहेको बताउनुभयो ।
उहाँले सरकारले स्वदेशमै सीप र शैक्षिक योग्यताअनुसार काम, कामअनुसारको ज्याला दिन सके युवाहरू विदेश पलायन नहुने बताउनुभयो ।
नेमकिपा भनपा १० वडा समितिका अध्यक्ष लक्ष्मीप्रसाद चवालको सभापतित्वमा भएको सो कार्यक्रममा गुजेश्वरी प्रजापति, कृष्णशोभा मुस्याख्व, रोशिना ब्याञ्जु, रञ्जना सुवाल, बिनिता अवाल र उद्धव कोण्डाले पनि बोल्नुभएको थियो ।
भेलाले लक्ष्मीप्रसाद चवालको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन ग¥यो ।
Leave a Reply