नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
काभ्रे, ४ फागुन । नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूले जनतालाई झूटा आश्वासन नदिने, भोजभतेर ख्वाएर र पैसा बाँडेर मत नमाग्ने बरु पार्टीको घोषणापत्र लिएर जनताको बिचमा गई राजनैतिक रूपले सचेत गर्ने र देशको सावैभौमिकता रक्षा गर्न प्रशिक्षित गर्नेछन् । राणा शासन, पञ्चायत र २०४६ सालको बहुदलीय प्रजातन्त्र स्थापनापछि पनि जनताले दुःख पाउनुमा आजसम्म सरकारमा गएका भ्रष्ट र जनविरोधी शासकहरूले गर्दा भएको हो । उक्त भनाइ नेपाल मजदुर किसान पार्टी वाग्मती प्रदेश सदस्य जी.पी.ले पार्टीमा आस्था राख्ने काभ्रेका मजदुरहरूको भेलामा राख्नुभएको हो ।
कुनै सिद्धान्त र विचारको कुरा नगरी नयाँ शब्द मात्र उच्चारण गर्ने अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीका दलालहरूले देशको सार्वभौमिकता बेच्न पछि नपर्ने विषयमा जनता सचेत हुनुपर्ने बताउँदै उहाँले अहिलेको पुँजीवादी व्यवस्थालाई परास्त गरी समाजवादी व्यवस्था ल्याउन नसकेसम्म काम गरिखाने जनताको हित नहुने बताउनुभयो ।
देशलाई जोगाउन र कामदार जनतालाई शासकवर्गमा पु¥याउन समाजवादी क्रान्तिको लागि मजदुर, किसान र युवाहरू क्रियाशील हुनुपर्ने उहाँले बताउनुभयो ।
भेलामा नेमकिपाका केपी कोजुले पार्टीका जनप्रतिनिधिहरूले कसैको अगाडि झुक्नुपर्ने काम नगरेको र भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलगायतमा देशमा उदाहरणीय काम गरी जनताको सेवा गर्दै आएको बताउनुभयो ।
उहाँले पार्टीका जनप्रतिनिधिहरू कहिले पनि भागबन्डा र लोभलालचमा नपरेको बताउँदै नेमकिपाका उम्मेदवारहरू सधैँ जनताको साथमा हुने पनि बताउनुभयो ।
कार्यक्रममा पार्टीमा आबद्ध मजदुरहरूले पार्टीको सिद्धान्त र विचार जनताको बिचमा पु¥याउन निर्वाचनमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।
Leave a Reply