नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
भक्तपुर, ४ फागुन । नेपाल मजदुर किसान पार्टी साबिक वडा नं ९ चोछेँ भेगीय समितिको आयोजनामा नेमकिपाका अग्रज कार्यकर्ता तुलसी साहीको निधनमा सोमबार शोकसभा भयो ।
उक्त सभामा पार्टीका सचिव प्रेम सुवालले तुलसी साहीको योगदानबारे जानकारी दिँदै भन्नुभयो, “तुल्सी साहीले नेमकिपाको देश र जनताप्रति निःस्वार्थ सेवा गर्ने राजनीतिसँग नजिक रहेर सहयोग गर्नुभयो ।”
“आजसम्मका सरकारहरूले देश र जनतालाई २८ खर्ब बढी ऋण बोकाएको र व्यापारघाटा वार्षिक १५ खर्ब बढी पु¥याएको विषयबारे तुल्सी साहीले बुझ्दै आउनुभएको थियो”, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “हामीले छोराछोरी र परिवारजनले पनि उहाँका समाज र देशप्रति निःस्वार्थ सेवा गर्ने भावनालाई कायम राख्ने अपेक्षा गरेका छौँ ।”
नेमकिपाले जातीय भेदभावको अन्त्य गर्ने वर्गीय आन्दोलनलाई जोड दिँदै आएको उहाँले बताउनुभयो ।
भनपा वडा नम्बर ६ का वडाध्यक्ष हरिराम सुवालले भक्तपुर नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिका, ज्ञानविज्ञानको केन्द्र, शिक्षाको केन्द्र र सांस्कृतिक नगरको रूपमा परिचित हुनसक्नुमा तुलसी साहीजस्ता अग्रज कार्यकर्ताहरूको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
सभामा नित्यनाथ नायखिं बाजा समूहका अध्यक्ष लक्ष्मण खड्की र जगनाथ सुजखुले पनि पनि बोल्नुभएको थियो ।
Leave a Reply