भर्खरै :

नयाँ युवाहरू, परिवर्तित स्थिति र परिणाम

  • बैशाख ५, २०८३
  • एक शिक्षक
  • विचार
नयाँ युवाहरू, परिवर्तित स्थिति र परिणाम

प्रजातन्त्रको पुनः स्थापनापछि चेलीबेटी बेच्ने वा जीउ म्हास्ने मुद्दामा नेपाली काङ्ग्रेस, एमाले अन्य सरकारमा जाने दलका कार्यकर्तासमेत हुन्छन् किनभने पञ्चायत व्यवस्था ढलेपछि ती व्यक्तिहरूमध्ये कोही नेपाली काङ्ग्रेस, कोही एमाले, कोही एमाओवादी र कोही राप्रपाका नेता भए । नेपाली काङ्ग्रेसको सरकारमा डा. रामशरण महत अर्थमन्त्री हुँदा हरेक निर्वाचन क्षेत्रबाट दुई दुई सय जना युवालाई विदेश पठाउने बजेट प्रस्तुत भएपछि सयौँ सङ्ख्यामा म्यान–पावर कम्पनी सञ्चालन गर्न दिई ७०–८० लाख युवा विदेश पठाई देशको कृषि अर्थतन्त्र, उद्योग र सेवालाई ध्वस्त गरी रेमिट्यान्सको आयातको नाममा ज्यामी निर्यात गरी देशलाई नवउपनिवेशमा बदल्ने काम भयो ।
विदेशमा जाने युवाहरूको निश्चित उद्देश्य नहुँदा तिनीहरू छिटछिटो आफ्ना विचार र उद्देश्यहरूमा हेरफेर गर्ने गर्छन् । दुई चार वर्ष नगरपालिका, गाउँपालिका, वडाध्यक्षहरू र नयाँ–नयाँ कानुन व्यवसायीहरू आश्चर्य मानेर हाम्रो समाजमा देखिएका नयाँ पुस्ताका सोच–विचार र आचरण सा¥है विवादास्पद हुँदै गएको अनुभव गर्छन् ।
यसबारे औपचारिक र अनौपचारिक बैठक र छलफलहरूमा पनि नयाँ पुस्ताको विवाहसम्बन्धी चिन्तन, नैतिकता र निर्णयहरू २०–३० वर्ष अगाडिको परिवेशसँग मेलको अभाव अनुभव गर्छन् । २०–३० वर्ष अगाडि चीन र भियतनामजस्ता विकासशील देशमा समेत तीव्रत्तर सहरी विकास र गाउँका युवा–युवतीहरूले समेत सहरहरूमा सजिलै रोजगार पाउने भएको हुँदा प्रवेशिका र स्नातक तहसम्म अध्ययन गरेका युवा–युवतीहरू गाउँबाट सहर पुग्ने गरे ।
सहरमा काम पाएर युवाहरूले आफ्नो अध्ययनलाई अगाडि बढाउने अवसर पाए र पदोन्नति एवम् नयाँ पढेलेखेका युवतीहरूसँगको सङ्गत र आकर्षणले गाउँकी आफ्ना कम पढेलेखेकी पत्नीलाई बिर्सी उनलाई सहर गएर पढ्न आफूले कठिन जीवन बिताएर आफ्नो लोग्नेलाई वर्षौँसम्म आर्थिक सहयोग गरेनन् । व्यक्तिले आफूलाई बिर्सेकोमा दुःख मनाउनु स्वाभाविक हो । आफू द्रुतत्तर सहरी विकास र राम्रो नोकरीको अवसर एवम् समान स्तरकी शिक्षित एवम् दोब्बर–तेब्बर कमाई भएकी नयाँ जीवनसाथी पाएर युवाहरू आफ्नो गाउँ फर्केनन् र सहरी झिलिमिलीमा बिलाए । पुरानो विवाहको कानुनी र नैतिक बन्धनलाई युवाहरूले बिर्से र तिलाञ्जली दिन थाले ।
भियतनामका न्यायाधीश र कानुन व्यवसायीहरूले स्थितिबारे यसरी मूल्याङ्कन गरे – “आजकाल युवाहरू बिहान विवाह दर्ता गर्छन्, दिउँसो झगडा गर्छन्, राति पारपाचुके गर्छन् ।”
नेपालमा पनि गोर्खाभर्ती केन्द्रको परिणाम नेपाली युवाहरू बेलायती, पछि भारतीय र अहिले संरा अमेरिकी अन्य देशका निजी सेनामा समेत भर्ती हुने, खाडी देशमा सस्तो ज्यामी पठाउने प्रवृत्ति एवम् पहिलो र दोस्रो विश्वयुद्ध तथा पश्चिमी देशमा अनेक क्षेत्रीय युद्धमा नेपाली युवाहरू प्रयोग हुँदा नेपालका गाउँ–गाउँमा युवाविहीन भए । एकातिर विदेशी सेनामा नेपाली युवाहरू भर्ती गर्ने प्रवृत्तिले व्यापकता पायो भने ती नै गल्लावालहरू मालिकहरूकै इसारामा गाउँका चेलीबेटीलाई सुरुमा भारतका ठुला–बडाका घरमा पु¥याउने गर्थे । पछि कलकत्ता, बम्बई, लखनऊ, कानपुर आदि अनेकौँ सहरका बेश्यालयमा (कान्छी) बेच्ने व्यापारै चलाइयो । युरोपेली दास व्यापारीहरूले अफ्रिकी दासहरूलाई युरोपेली बजार र अमेरिकी बजारमा घरेलु दास र कपास खेती, कारखाना र अन्य निर्माण व्यवसायमा बेचेजस्तै आज पनि म्यानपावर कम्पनीहरू युवाहरूलाई विदेशमा ज्यामीको नाममा अनेक पेसामा पठाउँदै छन् ।
चेलीबेटीको जीउ म्हास्ने आदि ऐन–कानुनबाट अपराधीहरू पक्राउ त हुन्छन् । तर, १०–१२ वर्ष कैद र २–४ लाख दण्ड–जरिवाना हुने अपराधीलाई ३ महिना कैद र केही हजार रूपैँया जरिवाना तिरेर छोड्छन् । ३०–३२ वर्षका युवकले त्यस्ता अपराध त दर्जनभन्दा बढी पटक गरिसकेका हुन्छन् र २५ देखि ५०–६० चेलीबेटीलाई फसाई बेचिसकेका हुन्छन् । मालिकहरू भने गाउँका सामन्त र जिम्मावाल, ठुला–बडा तथा पञ्चायतका मन्त्री एवम् आजका सांसदहरूसमेत हुन्छन् ।
प्रजातन्त्रको पुनः स्थापनापछि चेलीबेटी बेच्ने वा जीउ म्हास्ने मुद्दामा नेपाली काङ्ग्रेस, एमाले अन्य सरकारमा जाने दलका कार्यकर्तासमेत हुन्छन् किनभने पञ्चायत व्यवस्था ढलेपछि ती व्यक्तिहरूमध्ये कोही नेपाली काङ्ग्रेस, कोही एमाले, कोही एमाओवादी र कोही राप्रपाका नेता भए । नेपाली काङ्ग्रेसको सरकारमा डा. रामशरण महत अर्थमन्त्री हुँदा हरेक निर्वाचन क्षेत्रबाट दुई दुई सय जना युवालाई विदेश पठाउने बजेट प्रस्तुत भएपछि सयौँ सङ्ख्यामा म्यान–पावर कम्पनी सञ्चालन गर्न दिई ७०–८० लाख युवा विदेश पठाई देशको कृषि अर्थतन्त्र, उद्योग र सेवालाई ध्वस्त गरी रेमिट्यान्सको आयातको नाममा ज्यामी निर्यात गरी देशलाई नवउपनिवेशमा बदल्ने काम भयो ।
थप विचारणीय विषय हो – अरब देशहरू, मलेसिया, सिङ्गापुर, दक्षिण कोरियाजस्ता देशहरूमा किन नेपाली कामदारहरू पठाउने गरियो ? संयुक्त राज्य अमेरिकी एकाधिकार पुँजीले प्रजातान्त्रिक अधिकारहरू नभएको र मानव अधिकार सा¥है कुण्ठित तथा अन्तर्राष्ट्रिय श्रम–ऐनप्रति आस्था नराख्ने देशहरूमा बहुराष्ट्रिय कम्पनीहरूमार्फत बढी नाफा लिन र अन्तर्राष्ट्रिय प्रतिक्रियावादी एक नयाँ बजारको श्रृङ्खला तयार गरियो । ती राजावादी देशहरूमा गणतन्त्र नेपाल एउटा महत्वपूर्ण ज्यामी निर्यातक हिस्सेदार भए । यहाँनेर पनि अमेरिकी दक्षिण पूर्वी एसियासँग हिन्द–प्रशान्त सैन्य सङ्गठन एमसीसी गुप्तरूपले सुरु गरिएको थियो । यसरी नेपाली युवाहरूलाई विदेशमा पठाउने कम्पनी एक नयाँ दास व्यापार मात्र नभई राजनीतिक रूपले अमेरिकी साम्राज्यवादी जाल नेपालमा बिछ्याइएको देखियो । त्यसैबाट देशको राजनीतिक दबुलीमा नयाँ नयाँ भयानक तर सुकिला लुगा लगाएका चरित्रहरूका नाटक मञ्चन भयो ।
पुँजीवादी व्यवस्था पुँजीको सञ्चालनको निम्ति गल्लावालहरूजस्तै ज्यामी जाने म्यानपावर कम्पनी र नेपाली पुँजी बहुराष्ट्रिय कम्पनीहरूसँग आपसमा जोड्ने दलालहरूको श्रृङ्खला भारतदेखि ब्रुनाइ र जापानसम्म विभिन्न किसिमले जोडिएको देखियो ।
यसैको परिणाम हो, नेपालको घरेलु र परराष्ट्र नीति संयुक्त राज्य अमेरिकी नीतिका पिछलग्गू साबित भयो । यसलाई अर्ध–उपनिवेशवादी वा नयाँ औपनिवेशिक चरित्र भनिन्छ । राणाकालमा बेलायती राजदूत होइन ‘रेजिडेन्सी’ ले श्री ३ सँग तिब्बतको विषयमा बरोबर सोधपुछ गर्थे, ‘के तिब्बतमा रुसीहरू आएका हुन् ?’ ‘के तिनीहरूले हातहतियार बेच्न खोजेका हुन्’ आदि ? सुगौली सन्धिपछि नेपालको बेलायती राजदूतावासलाई ‘रेसिडेन्सी’ अर्थात् ‘अधिनष्ठ देशको अधिकारी वा गभर्नर’ को रूप हो । भारतीय स्वतन्त्र देश भएपछि बेलायती रेसिडेन्सी बेलायती राजदूतावासमा फेरियो ।
‘नयाँ उपनिवेश’ को अर्थ हो – उपनिवेशवादी देशले आफै शासन नगरी परराष्ट्र नीति, आर्थिक, सांस्कृतिक र घरेलु नीतिमा प्रभाव पार्ने व्यवस्था नयाँ उपनिवेशवादी बन्दोबस्त हो । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि यस्तै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *