युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
-वरिष्ठ पत्रकार प्रतीक प्रधानले वैशाख ३ गते व्यास मिडिया नेटवर्कका सञ्जय गुप्तासँगको अन्तर्वार्तामा भने, “तीस–चालिस वर्षयता काठमाडौँमा नब्बे प्रतिशत भ्रष्टाचारबाट बनेका घरहरू हुन् । काठमाडौँमा जन्मेका र हुर्केका अहिलेका अधिकांश जेनजीहरू तिनीहरूकै सन्तान हुन् ।
-भदौ २४ गतेको आन्दोलनमा भैँसेपाटीमा निर्मित मन्त्री क्वाटर आगजनी गरिएको हुँदा रास्वपा सरकारको सहरी विकास मन्त्रालय आफ्ना मन्त्रीहरूको निवासको लागि भाडाका घरहरू खोजी गर्दै छन् । यसपछि जिल्ला जिल्लाबाट आएर काठमाडौँ सेवारत कर्मचारीहरूले पनि आफूहरूको सुख्खा तलबबाट काठमाडौँमा गुजारा हुन नसक्ने वेदना पोख्दै छन् ।
-स्वीडेनका विद्यालयहरूमा दशक अघिदेखि विद्युतीय उपकरणमा शिक्षा दिइरहेकोमा सन् २०२८ पछि पूर्णरूपमा पुस्तक, अभ्यास पुस्तिका (कापी), सिसाकलम, कलम प्रयोग गराई पढाइँदै छ ।
-प्रेस मिडिया टीभीका अनुसार दोलखाको गौरीशङ्कर क्याम्पसमा ११ सदस्यीय व्यवस्थापन समिति गठनमा एमाले (३ स्थान), नेका (४ स्थान), रास्वपा (दुई स्थान), माओवादी (दुई स्थान) गरी भागबन्डा गरिएको छ ।
-रास्वपाको सरकारले के मुस्ताङको युरेनियम खानी संरा अमेरिका र अस्ट्रेलियाको जिम्मा लगाई राष्ट्रघात गर्दै छ । यसले नेपाल युद्धको भूमरीमा पर्नेछ । वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले रास्वपा सरकारसँग यसबारे सूचनाको हकअन्तर्गत कागजात मागेका छन् तर सरकार कागजात उपलब्ध गराउन आनाकानी गर्दै छ ।
-वरिष्ठ पत्रकार अनिल गिरीले माउन्टेन टीभीसँग चैत ३० गते प्रश्न गरे, “१ लाख सेनामा ८० हजार परिचालन गरेर बालेन साहलाई प्रधानमन्त्री बनाउने सेनापतिले भदौ २४ गते सिंहदरबार आगजनी हुँदा किन निभाएनन् ?
-OTV मा केही विश्लेषकले प्रश्न उठाए : संरा अमेरिकामा रोजगारीमा गएका रवि लामिछानेले महिनाको पाँच लाख डलर कमाएको भनी गफ गरेको अस्वाभाविक हो । (रविको मुखबाट मासिक १ लाख कमाएको आएको थियो ।) रास्वपाबाट अर्थमन्त्री भएका वाग्लेले आफ्नो सम्पत्ति कति ससुराली भियतनाममा राखेको छ ? सस्मित पोखरेलको बुबाको सम्पत्ति पनि छानबिन हुनु पर्दछ । रास्वपाका मन्त्रीहरूले सुन राखेको कर छली हो, अवैध हो । बालेन्द्रले पातलो ‘साह’ बाट मोटो ‘शाह’ राखेको ‘नयाँ राजाजस्तै’ बन्न खोजेको हो ।
Leave a Reply