जेनजी आन्दोलनको छानबिन आयोगमा बयानको सार सङ्क्षेप – २
- बैशाख ४, २०८३
(अमेरिकी नाकाबन्दीले असफल राज्य मात्र मारिरहेको छैन ।
क्युवा एउटा सानो टापु हो जसले छ दशकदेखि अरूको स्वतन्त्रता आफ्नै मामिलाजस्तो व्यवहार गरिरहेको छ ।)
जब गत महिना क्युवामा बत्ती निभेर १ करोड मानिसलाई अँध्यारोमा बस्नुप¥यो तब अमेरिकी मिडिया कभरेजले आफ्नो प्रयोग भइसकेको पुरानो फ्रेममा प्रतिबिम्बित गर्यो, ‘एउटा असफल कम्युनिस्ट राज्य, मर्न लागेको शासन, एक अवसर ।’ त्यो कभरेजले के देख्न सक्दैन भने, त्यसले क्युवालाई त्यसरी हेरेको छैन जसरी क्युवाले आफूलाई हेरिरहेको छ, जब एकताको तर्कलाई स्वामित्वको तर्कले प्रतिस्थापन गर्छ तब हामीले गुमाउने कुरा यही हो ।
गत हप्ता, प्रतिबन्धित रुसी जहाज, रुसी तेल ट्याङ्कर अनातोली कोलोडकिन्, क्युवाली बन्दरगाह माटान्जासमा आइपुग्यो । यसले पछिल्लो तीन महिनामा देशमा पहिलोपटक तेलको डेलिभरी ग¥यो, ७,३०,००० ब्यारेल कच्चा तेल अनलोड गर्दै – जुन केवल १० दिनको लागि क्युवाली ऊर्जा आवश्यकताहरू पूरा गर्न पर्याप्त थियो । क्युवातर्फ गइरहेको अर्को रुसी ट्याङ्कर, सी हर्स, भेनेजुयलातिर मोडियो ।
क्युवामाथि अमेरिकी नाकाबन्दी जारी छ, क्यारिबियन सागरमा अमेरिकी डिस्ट्रोयर र अन्य सैन्य जहाजहरूले यसलाई लागू गर्दैछ ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प – जसलाई सङ्घीय निर्णायक मण्डलले यौन दुव्र्यवहारको लागि जिम्मेवार ठहराएको छ – क्युवालाई ‘लिने’ (Taking) ‘सम्मान’ (The Honour) पाउने अपेक्षा गरेको घोषणा गरेको छ । “मैले यसलाई मुक्त गरे पनि, लिए पनि – मलाई लाग्छ, म यसको साथ जे पनि गर्न सक्छु,” उनले भने । यो भाषा जति नै घिनलाग्दो र सायद राजनीतिक रूपमा नखुलेको देखिए पनि, ट्रम्पले ठुलो स्वरमा भने ।
यो सामन्ती–विस्तारवादी तर्क हो र संयोगवश होइन कि, एक बलात्कारीको तर्क । विशेषगरी र ऐतिहासिक रूपमा, यो तर्क अमेरिकाले एक शताब्दीभन्दा बढी समयदेखि क्युवामा लागू गर्दै आएको छ । फ्लोरिडाबाट ९० माइल टाढा रहेको एउटा टापु जसले अस्वीकार गर्ने तरिकाहरू खोजिरह्यो । ट्रम्पसँग अब ‘सम्मान’ छ जस्तो देखिन्छ – उनका विदेश मन्त्री मार्को रुबियोको सहयोगमा, जसले यसलाई आफ्नो आकाङ्क्षाको केन्द्र बनाएको छ – अन्ततः क्युवालाई आत्मसमर्पण गर्न बाध्य पार्ने ।
अमेरिकी विश्लेषण कसरी हुन्छ भन्नेबारेमा बुझ्नुपर्ने यो सबैभन्दा महत्वपूर्ण कुरा हो– आधिकारिक र पत्रकारितापरक – वर्तमान सङ्कट असफल हुँदै छ : समस्या जानकारीको होइन । यो साम्राज्यवादी दृष्टिकोण हो जसले क्युवालाई आफ्नै कथाको नायकको रूपमा भन्दा पनि, कारबाही गर्नुपर्ने सानो खेलाडीको रूपमा पाउँछ ।
म पहिलोपटक १९९० दशकको अन्त्यतिर क्युवा आइपुगेको थिएँ, ल्याटिन अमेरिकी अध्ययन परम्परामा डुबेका एक युवा मानवशास्त्री तालिममा छन् कि यस क्षेत्रमा महत्वपूर्ण कुरा वर्ग हो, रङ्ग होइन । क्युवाले केही दिनमै मलाई यसबाट वञ्चित गरायो ।
हवानाको सडकमा हिँड्दै गर्दा, मलाई क्युवाली प्रहरीले बारम्बार रोक्यो र ‘डेम कार्नेट’ (मलाई तपाईँको परिचयपत्र दिनुहोस्) माग्यो । मेरो वर्णले मलाई, निस्सन्देह, अश्वेत युवा क्युवाली पुरुषको श्रेणीमा राखेको थियो – निगरानी गर्न लायक । यो तर्कसँग म परिचित थिएँ ।
मलाई यो प्रक्रिया पहिले नै थाहा थियो, दक्षिणमा (Deep South) गाडी चलाउनेदेखि अमेरिकाको जुनसुकै ठाउँमा पनि अश्वेत हुँदा भोगिने भौगोलिक स्थिति ।
क्युवामा, जोखिम कम थियो । मेरो आफ्नै मातृभूमिमा जस्तो प्रहरीद्वारा कुनै घातक घाँटी थिचेर मार्ने वा नजिकबाटै गोली हानी हत्या गरिएको छैन । तर, व्यवहार उस्तै थियोः एउटा अश्वेतलाई प्रश्नोत्तर गर्ने अधिकारी, बोल्न सक्नुअघि नै त्यो के हो भनेर निर्णय गर्ने । म क्युवा हेर्न आएको थिएँ । क्युवा पहिले नै पछाडि फर्केर हेरिरहेको थियो ।
यो संवादात्मक दृष्टिकोण – मलाई स्वागत गर्ने राज्यको अधिकारीहरूबिचको कुराकानी, होटल सुरक्षा र विश्वविद्यालयका अधिकारीहरूको मूल्याङ्कनात्मक निगरानी र सबैभन्दा महत्वपूर्ण कुरा, मलाई नजिक राख्ने अश्वेत क्युवालीहरू र अश्वेत निर्वासितहरूले क्युवालाई हेर्ने अर्को तरिका सिर्जना ग¥यो ।
अमेरिकी नीति निर्माताहरू र अनौपचारिक पर्यवेक्षकहरूले पनि क्युवालाई हेर्दा प्रायः एउटा सरल पोस्टकार्ड मात्र देख्छन् । पोस्टकार्डमा भएको क्युवा मैले दस्ताबेज गरेको क्युवा होइन । मैले चिनेको क्युवामा म ‘डोमिङ्गो’ भनेर बोलाएको मान्छेजस्तै मानिसहरू बसोबास गर्थे, जसले हवानाको अनौपचारिक अर्थतन्त्रलाई नेभिगेट गरे– नक्कली सिँगार बेच्ने र अन्य कुनै पनि गतिविधिले उसलाई डिभिसा (Divisa) कमाउँथ्यो वा युरो कि त डलरमा कडा मुद्रा – जबकि उसको श्रीमतीले अपार्टमेन्टको हेरचाह गरिरहेकी हुन्छिन्, नबन्ने काम फत्ते गरेर चतुरताका साथ ।
उनीहरूलाई दुवै नाकाबन्दी थाहा थियो : संयुक्त राज्य अमेरिकाले १९६२ देखि लगाएको नाकाबन्दी र उनीहरूजस्ता धेरैलाई लागेको कि क्युवाली सरकारले आफ्नै जनतामाथि लादेको छ – क्रान्तिले कहिल्यै पूर्ण रूपमा सम्मान नगरेको समानताको प्रवचनले ढाकिएको जातीय र आर्थिक मौनता ।
अनगिन्ती अवसरहरूमा, मैले क्युवालीहरूलाई प्रश्न राखेँ – शिक्षाविद् र साधारण मानिसहरू दुवैलाई : यदि क्रान्तिले सबैलाई मुक्ति दियो भने, किन अझै अश्वेतहरूलाई सीमान्तमा बढी प्रतिनिधित्व गरिन्छ र पेसा र राज्यमा कम प्रतिनिधित्व गरिन्छ ? उत्तरहरू सम्झौता नगर्ने भौतिकवादीहरूबाट आए, भाषा माक्र्सवादी थियो । मोयनिहान (Moynihan) को विश्लेषण थियो । पुँजीवादबाट उत्पन्न अवस्थाहरू; उनीहरूले असफलतालाई अश्वेत ठाने । जिम्मेवारीबाट हात झिक्नु । एउटा अभियोग । “निर्धारित छैन,” एक महिलाले भनिन् । ‘पूर्व निर्धारित ।’ आदि ।
त्यो विश्लेषण फिल्डवर्कमा मैले सामना गरेको मनोवृत्ति मात्र थिएन । यो संरचनात्मक थियो । क्युवाली सरकारको आफ्नै तथ्याङ्क विभागको कुनै आधिकारिक जातीय तथ्याङ्कन भए पनि, समाजशास्त्री क्याट्रिन हान्सिङ र बर्ट हफम्यानद्वारा गरिएको एक हजारभन्दा बढी क्युवालीहरूको २०२० को राष्ट्रव्यापी सर्वेक्षणले मेरो एथनोग्राफिक फिल्डवर्क दस्ताबेजले गरेको कुरा पुष्टि ग¥यो र क्युवामा बस्ने सबैले पहिले नै देख्न सक्थेः संरचनात्मक असमानताहरू पूर्व–क्रान्तिकारी जातीय रेखाहरूमा फर्किरहेका थिए ।
जातीय रूपमा बाहिरिने बसाइँसराइ हुनुको अर्थ १९५९ को क्युवाली क्रान्तिपछि आफन्तहरू गएका गोरा क्युवाली घरपरिवारहरूमा रेमिट्यान्स अत्यधिक मात्रामा प्रवाहित भयो । निजी उद्यमको बिस्तारै उद्घाटनले स्टार्ट–अप पूँजीमा पहुँच भएकाहरूलाई फाइदा पु¥यायो, जुन प्रत्यक्ष रूपमा जातिसँग सम्बन्धित थियो ।
जुलाई २०२१ मा, म छक्क परेँ जब क्युवालीहरू – जसमध्ये धेरैजसो टापुको सबैभन्दा गरिब भेगका अश्वेतहरू थिए – सान्टियागो डे क्युवा र हवानाको सडकमा उत्रिए, जुन क्रान्तिपछिको सबैभन्दा ठुलो विरोध प्रदर्शन बन्यो ।
राष्ट्रिय सार्वभौमिकताको लागि सङ्कल्प व्यक्त गर्ने मानक क्रान्तिकारी नारा, ‘पाट्रिया ओ मुएर्टे’ (मातृभूमि वा मृत्यु) मा उत्रँदै, तिनीहरूले ‘पाट्रिया उ भिदा’ (मातृभूमि र जीवन) र ‘अबाजो ला डिक्टादुरा’ (तानाशाही मुर्दावाद) को नारा लगाए । क्युवाली सरकारको प्रतिक्रिया सामूहिक गिरफ्तारी र दशकौँ लामो जेल सजाय थियो । मानव अधिकार रेकर्डले देखाएको छ कि दमन, अश्वेत क्युवालीहरूमा पनि असमान रूपमा पर्यो ।
दमन र असहमतिलाई दण्डित गर्ने निगरानी संयन्त्रले निरन्तर खोक्रो बन्दै गएको ६७ वर्षको क्रान्तिकारी प्रतिज्ञाले एक विशेष प्रकारको थकान छोड्छ ।
यही कारणले गर्दा धेरै क्युवालीहरू – मैले सम्मान गर्ने मानिसहरूसमेत अब क्युवाली राज्यबाट धेरै कम आशा गर्छन् । यो कुरा स्वीकार गर्नु भनेको क्युवाली अस्पतालहरूको लागि इन्धन बोकेका जहाजहरूलाई अमेरिकी नौसेना दिस्ट्रोयरले धपाएको कुरालाई समर्थन गर्नु होइन । क्युवाली क्रान्तिको सम्भावनाप्रति शोक मनाउन – समतामूलक समाजतर्फ यसले गरेको वास्तविक र धेरै महत्वपूर्ण प्रगतिहरू – यसको सट्टामा लिन आउनेजस्तो देखिने कुरालाई स्वागत गर्नु जस्तै होइन ।
तैपनि, यस सङ्कटमा के नष्ट भइरहेको छ भनेर बुझ्नको लागि – तत्कालको मानवीय प्रकोपभन्दा बाहिर – तपाईँले क्युवाले आफ्नो किनारभन्दा बाहिरको संसारको लागि के ग¥यो भनेर हेर्नुपर्छ । तपाईँले जमैकालाई हेर्नुपर्छ, जहाँ ३० वर्षमा ४,७०० भन्दा बढी क्युवाली चिकित्साकर्मीहरू पुगेका थिए जसले ८० लाखभन्दा बढी बिरामीहरूको उपचार गरे र ७४,००० भन्दा बढी शल्यक्रिया गरे । त्यो व्यवस्था अब समाप्त भएको छ – अमेरिकी दबाबमा समाप्त भएको छ, २७७ क्युवाली स्वास्थ्यकर्मीहरूलाई फिर्ता बोलाइयो, ती क्लिनिकहरूमा निर्भर रहेका मानिसहरूले परिणाम चुपचाप सहन बाध्य भएका छन् ।
तपाईँले २०१४ मा पश्चिम अफ्रिकालाई हेर्नुपर्छ, जब क्युवाले इबोलासँग लड्न ३०० भन्दा बढी डाक्टर र नर्सहरू पठाएको थियो – विश्वको सबैभन्दा ठुलो एकल–देशीय योगदान, पहिले नै कडा प्रतिबन्ध लगाइएको टापुबाट, ती देशहरूलाई जससँग बदलामा ऐक्यबद्धताबाहेक केही दिन थिएन ।
तपाईँले १९७० को दशकको अङ्गोलालाई हेर्नुपर्छ, जब क्युवाली सेनाहरूले रङ्गभेदी दक्षिण अफ्रिकाविरुद्ध मुक्ति आन्दोलनसँगै लडे, दक्षिण अफ्रिकामा स्वतन्त्रता सङ्घर्षको सम्पूर्ण मार्गलाई आकार दिने अन्तर्राष्ट्रवादको अध्यायमा ।
नेल्सन मण्डेलालाई यो थाहा थियो । १९९१ मा जेलबाट रिहा भएपछि उनको पहिलो यात्रा फिडेल क्यास्ट्रोलाई भेट्न हवानाको लागि थियो, जसलाई उनले अफ्रिकी जनताको साथी भने, जबकि यो न त सुरक्षित थियो न त लाभदायक नै ।
नाकाबन्दीमा यही कुरा खतरामा छ । १ करोड मानिसको तत्काल पीडा मात्र होइन – वास्तविक, तत्काल, माग गर्ने प्रतिक्रिया – तर साम्राज्यको तर्कको विपरीत रहेको एकताको ६० वर्षको रेकर्ड तोड्नु ।
क्युवाको सरकार दमनकारी, जातीय रूपमा विरोधाभाषी, आर्थिक रूपमा कमजोर छ । मलाई यस्तो लाग्छ ।
तर, यसले अमेरिकी क्रान्तिकारी असाता शाकुरलाई २० लाख डलरको सङ्घीय इनामको बाबजुद दशकौँसम्म जीवित र स्वतन्त्र राख्यो । क्याट्रिना आँधी र त्यसपछि अश्वेत भेगहरूमा बाँध भत्किँदा अमेरिकालाई क्युवाली डाक्टरहरूले प्रस्ताव गरे । जब वाशिङटनले अस्वीकार ग¥यो तब घातक भूकम्पपछि उनीहरूलाई पाकिस्तान पठायो, जहाँ उनीहरूले दुर्गम र अत्यधिक गरिब क्षेत्रहरूमा ३० वटा फिल्ड अस्पतालहरू स्थापना गरे । कोभिड–१९ महामारीको समयमा, जब पश्चिमी औषधि कम्पनीहरूले अप्रत्याशित नाफा कमाइरहेको थियो, क्युवाले आफ्नै खोपहरू विकास गर्यो र निष्पक्ष प्रविधि हस्तान्तरण सम्झौताहरूमार्फत ग्लोबल साउथसँग साझा गर्याे ।
कथाका यी दुवै पक्ष सत्य हुन् । वामपन्थीहरू कहिलेकाहीँ पहिलो सत्यको बारेमा धेरै रोमान्टिक भएका छन् । मध्य र दक्षिणपन्थीहरूले दोस्रोको महत्वको बारेमा जानाजानी अज्ञानता देखाएका छन् । यस क्षणको लागि यस्तो दृष्टिकोण चाहिन्छ जसमा कहिल्यै पनि दुईमध्ये एक रोज्ने सुविधा नपाएको होस् । वर्तमान सङ्कटलाई न त साम्राज्यवादी निश्चितताबाट बुझ्न सकिन्छ न त रोमान्टिक ऐक्यबद्धताबाट । अश्वेत क्युवालीहरू दुवै सत्यलाई ती मानिसहरूको रूपमा स्वीकार गर्छन् जसका लागि अविचलितता दार्शनिक स्थिति मात्र होइन, तर उनीहरूको जीवनको अवस्था पनि हो ।
वर्तमान अमेरिकी प्रशासनले क्युवालाई मुक्तिको लागि लायक असफल राज्यको रूपमा चित्रण गर्दछ । यो फ्रेमवर्कले कसको लागि र केबाट मुक्तिको प्रश्नलाई समायोजन गर्न सक्दैन । असाता शाकुर र नेहान्डा अबियोडुनजस्ता अश्वेत अमेरिकी क्रान्तिकारीहरूलाई सुपुर्दगी गर्न क्युवाको अस्वीकारी – राष्ट्रपति रोनाल्ड रेगनदेखि जो बाइडेनसम्मका हरेक प्रशासनमा, सामान्यीकरण र यसको उल्टो, बाराक ओबामाको नरमता र ट्रम्पको रोक्काको मार्फत – घरमै युद्धमा हुनु भनेको के हो भनेर बुझेका र लड्न खडा हुनेहरूलाई सम्मान गर्ने सबै अश्वेत मानिसहरूको तर्फबाट अस्वीकार थियो ।
यसले ती व्यक्तिहरूलाई मान्यता दियो जसका लागि अमेरिकी फौजदारी न्याय प्रणालीले कहिल्यै न्यायको प्रतिनिधित्व गरेको छैन । त्यो क्युवालाई महँगो पर्यो । यो नाकाबन्दीले अहिले समाधान गरेको कुराको अंश हो, आंशिक रूपमा ।
जनवरीमा भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोलाई अपहरण गर्ने उही प्रशासन । यस प्रक्रियामा क्युवाको प्राथमिक तेल आपूर्ति काट्ने । इरानमा एकैसाथ युद्ध भइरहेको छ, जहाँ द्वन्द्व र हर्मुज जलडमरूको बन्दले विश्वव्यापी ऊर्जा बजारलाई पुनः आकार दिएको छ र रुसी ट्याङ्करहरू अब क्युवा जाने तेल बोकेर एट्लान्टिक महासागर पार गर्ने सटीक परिस्थिति सिर्जना गरेको छ, जबकि अमेरिकी नौसेना दिस्ट्रोयरले तिनीहरूलाई ट्रयाक गरिरहेको छ ।
क्युवा सधैँ एक समकालीन र महत्वपूर्ण विश्वव्यापी अभिनेता हो र रहँदै आएको छ । क्युवाप्रतिको धारणा विकृत छ । ६० वर्षको नाकाबन्दीले गर्दा टापुको असफलतालाई अमेरिकाको चर्चाको विषय र यसको ऐक्यबद्धतालाई अमेरिकाको गुनासो बनाएको थियो ।
वर्तमान सङ्कटको लागि माथिबाट मध्यस्थता गरिएको नयाँ सम्झौता आवश्यक छैन । निश्चित रूपमा मुक्तिको रूपमा वर्णन गरिएको ‘मातहतमा लिने’ होइन । क्युवाले के राख्यो भन्ने कुराको हिसाबकिताब चाहिन्छ । यसको क्यारिबियन छिमेकीहरूका लागि, अफ्रिका र ग्लोबल साउथका लागि, डायस्पोराभरिका अश्वेत मानिसहरूका लागि र यसको थकित, सम्झौता गरिएको, विरोधाभासी क्रान्तिले के गर्न सकेन भन्ने कुराको इमानदार लेखाजोखा ।
रुसी ट्याङ्कर अनातोली कोलोडकिन माटान्जास बन्दरगाहमा छ । दोस्रो रुसी ट्याङ्कर पहिले नै लोड भइरहेको छ । साम्राज्यवादमुक्त ल्याटिन अमेरिकाको कल्पना गर्दै क्युवाली कवि होसे मार्टीले १८९१ मा लेखेको निबन्धको नामबाट नामकरण गरिएको ‘नुएस्ट्रा अमेरिका’ राहत जहाजमार्फत ६५० जनाको समूह क्युवा आइपुगे ।
तीन महादेशहरूमा रहेका पान–अफ्रिकी आन्दोलनहरूले क्युवाको ६० वर्षको रेकर्डको बारेमा भने, तपाईँले हामीलाई व्याख्यान दिनुभएको छैन; तपाईँले हामीलाई देखाउनुभएको छ । मुट्ठी आफ्नै सर्तमा खुल्छ — अनि क्युवाले ऐक्यबद्धतामार्फत निर्माण गरेको संसार जसरी पनि देखा परिरहन्छ – दिस्ट्रोयरभन्दा ढिलो, कम हतियारधारी, तैपनि टापुतर्फ बढिरहेको छ ।
(लेखक कोलम्बिया विश्वविद्यालयको अफ्रिकी अमेरिकी र अफ्रिकी डायस्पोरा अध्ययन विभागका प्राध्यापक हुन् ।)
– ‘अलजजिरा’ बाट
Leave a Reply