नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, १० वैशाख । “भक्तपुरको शैक्षिक गुणस्तर माथि उठाउनमा प्राध्यापकहरूको महत्वपूर्ण योगदान छ ।”
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उच्च शिक्षाको वर्तमान अवस्थाबारे छलफल गर्न भक्तपुर नगर भित्र सञ्चालनमा रहेका कलेजका प्राचार्यहरूको बिहीबार भएको भेलामा उक्त विचार व्यक्त गर्नुभएको हो ।
उहाँले शिक्षा विज्ञहरूको सल्लाह सुझावअनुसार भक्तपुर नगरपालिकाले शैक्षिक गुणस्तर कायम गर्न कोसिस गरिरहेको बताउँदै भक्तपुर ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास हुँदै छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “प्राध्यापकहरूले आ–आफ्नो विज्ञताअनुसार अध्यापन गर्दा भक्तपुरको शिक्षा तुलनात्मकरूपमा राम्रो भयो । भक्तपुर शैक्षिक क्षेत्रमा धेरैको आकर्षणको केन्द्र बन्दै छ । विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि अनुशासित र मिहेनती बनाउन सिकाउनुपर्छ ।”
बैठकमा इवामुरा कलेज अफ हेल्थ साइन्सका कलेज कोअर्डिनेटर शैलेन्द्र प्रकाश बुढाथोकी, मोर्डन कलेजका प्राचार्य अनिल कसपाल, ख्वप कलेजका प्राचार्य प्रकाश श्रेष्ठ, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुजन माक, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुनिल दुवाल, ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य, ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारी, वागीश्वरी कलेज अफ मेनेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा, वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र ख्वप बहुप्राविधिक अध्ययन संस्थानका विभागीय प्रमुख ईश्वरी डङ्गोलले कलेजहरूमा विभिन्न तहमा सञ्चालन गरिरहेको कार्यक्रम र विद्यार्थी सङ्ख्याको विषयमा जानकारी दिँदै हप्तामा ६ दिन कक्षा सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
Leave a Reply