भर्खरै :

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ८

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ८

प्रहरी वृत्त मालीगाउँका प्रहरी नायब उपरीक्षक सुनिलजङ शाह : २०८२ भदौ २३ गते म बिहान ९ः०० बजेबाट बालुवाटार क्षेत्रको सुरक्षा जिम्मेवारीमा थिए र दिउँसो १ः०० बजेपछि थापागाउँ तथा बानेश्वर क्षेत्रतर्फ ड्युटीमा खटिएँ ।
भदौ २३ र २४ का घटनामा घुसपैठको सम्भावना शङ्कास्पद रहेको, समन्वय अभाव, पुरानो हतियार, गोला–बारुद र तालिमको कमीले चुनौती थपिएको थियो ।
प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक शुकदेव खनाल : भदौ २४ गते म बिहान ८ः३० बजे नयाँ बानेश्वर पानी ट्याङ्की क्षेत्रमा खटिएको थिएँ । भिड संसद् परिसरतर्फ २ नं गेटबाट प्रवेश गरेपछि संसद् परिसरभित्र रहेको नेपाली सेनाका जनशक्तिसहितका चारवटा ट्रक पाँच मिनेटमै सम्पूर्ण टोलीसहित गेटबाट बाहिर निस्किएको दृश्य देखेकोले यसलाई अत्यन्तै आश्चर्यजनक र मनोबल गिराउने घटना भएको अनुभव भयो । सेना र एपीएफ नै भिड नियन्त्रणको लागि पछाडि हटेपछि प्रहरी मात्र गेटमा बाँकी रहेकोले भिड संसद् भवनभित्र प्रवेश गर्न सफल भयो । सोही दिन राति ३ः३० बजेपछि त्रिभुवन विमानस्थल सेनाको ग्यारेजमा पुगी सुरक्षणमा रहेकाले परिस्थितिको भयावहता महसुस गरेँ ।
सशस्त्र प्रहरी र नेपाली सेनाबाट २४ गते प्रभावकारी समर्थन नपाएको, दुवै निकायले समन्वयित रूपमा साथ नदिएको र कतिपय अवस्थामा प्रहरीभन्दा अगाडि नै साइड लागेकाले स्थिति नियन्त्रण हुन नसकेको बुझाइ छ ।
मादक पदार्थ सेवन गरेका र आपराधिक तत्व मिसिएको देखिएकाले जेनजी मात्र होइन, घुसपैठ भएको सम्भावना निकै उच्च रहेको निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *