चिनियाँ कम्युनिस्ट पार्टीको आत्म–सुधार शासन, अनुशासन र भ्रष्टाचारविरोधी अभियान
- असार २२, २०८३
सन्दर्भ : किम इल सुङ स्मृति दिवस जुलाई ८
गरिब भएर पनि अति उँचो देशभक्ति भावना र नैतिकवान् परम्पराको किसान परिवारमा सन् १९१२ अप्रिल १५ को दिन म्याङ्गयोङ्गदेमा किम इल सङको जन्म भयो । उहाँका पिता किम ह्योक जिक विख्यात देशभक्त र जापानविरोधी आन्दोलन र सङ्घर्षका सर्वोच्च क्रान्तिकारी नेता हुनुहुन्थ्यो भने माता काङ्ग वान सोक उच्च कोटीका देशभक्त र साम्राज्यवादविरोधी एक सशक्त क्रान्तिकारी महिला नेतृ हुनुहुन्थ्यो ।
जापानी साम्राज्यवादविरोधी आन्दोलन, सङ्घर्ष र लडाइँको परिवेशमा हुर्किनुभएका किम इल सङले आफ्ना माता र पिताबाट अमूल्य शिक्षा–दीक्षा, अथाह देशभक्ति भावना प्राप्त गर्नुभयो । उहाँले आफ्ना मामा, माता–पिताका मित्र र मान्यजनहरूबाट पनि थुप्रै अनमोल शिक्षा र अनुभव प्राप्त गर्नुभयो ।
उहाँ आफ्नो मामा घरको बाजे काङ डोनले खोल्नुभएको निजी प्राथमिक विद्यालयमा पढ्नु हुँदा जापानविरोधी बाल सङ्गठनहरू खोल्नु भई जापानविरोधी विभिन्न गतिविधिहरूमा निकै सक्रिय भई लागिरहनुभयो । त्यसबेला पहिलो पुस्ताको पुँजीवादी देशभक्तहरूको पार्टीको माथिल्लो तहमै फूट र आपसी कलह, त्यस्तै पहिलो पुस्ताको केन्द्रीय तहका कम्युनिस्ट नेताहरूबिच पनि आपसी कलह, फुट र हानाहान अनि कमिन्टर्नको चाकडी गर्ने मनोवृत्तिले पुँजीवादी देशभक्तहरूको मुक्ति आन्दोलन र कम्युनिस्ट आन्दोलन दुवै दिशाविहीन भई आफैमा समाप्त भए । देशको यस्तो दुर्भाग्यपूर्ण जापानविरोधी मुक्ति आन्दोलन र कम्युनिस्ट आन्दोलनको स्थिति मूल्याङ्कन गर्दै उहाँले आफ्ना विश्वसनीय र निकै जागरुक सहकर्मीसँग अत्यन्त गम्भीर छलफल गर्दै जानुभयो र निचोडमा उहाँहरू माक्र्सवाद–लेनिनवादलाई कोरियाको वस्तुस्थितिअनुरूप सृर्जनात्मक र रचनात्मक ढङ्गले लागु गर्ने, कोरियाली जनतामा भरपर्ने, कोरियाली जनताको शक्तिमा विश्वास गर्ने, सम्पूर्ण देशभक्त र कम्युनिस्टहरू एकबद्ध भई जनतालाई एक ढिक्का गरी मुक्ति आन्दोलन र कम्युनिस्ट आन्दोलन अघि बढाउने, भावी पुस्तालाई तयार पार्दै लाने आदि नीति तय गरी एउटा अलग्गै सङ्गठन स्थापना गर्ने टुङ्गोमा पुग्नुभयो । त्यसअनुसार सन् १९२६ अक्टोबर १७ को दिन ‘जापानविरोधी स’ (DIU) को स्थापना भयो । उहाँ त्यस सङ्घको प्रमुख पदमा चुनिनुभयो ।
ह्वासोङ्ग युसिक विद्यालयमा माक्र्सवाद–लेनिनवाद र अन्य प्रगतिशील साहित्यहरू अध्ययन गर्ने उपयुक्त वातावरण नपाउनाले र विद्यालयको प्रशासनमा अनियमितता र अन्य कारणहरूले गर्दा युवा कामरेड किम इल सङले त्यस सैनिक विद्यालयलाई छोड्नुभयो र माक्र्सवाद–लेनिनवाद र प्रगतिशील साहित्यहरू अध्ययन गर्न उपयुक्त ठाउँ जिलिन जानु भई त्यहाँको उपयुक्त विद्यालयमा भर्ना हुनुभयो । त्यहाँ पनि उहाँ रातदिन अध्ययन र साङ्गठनिक कार्यमा लागिरहनु भयो । पहिलो पुस्ताका कम्युनिस्ट नेताहरूले क्रान्तिलाई सही दिशा दिन नसकेपछि सही दिशाको खोजीमा यताउता भौतारिरहेको चा क्वाङ्ग सु, किम ह्योकजस्ता थुप्रै अति प्रतिभाशाली जागरुक कामरेडहरूसँग उहाँको भेटघाट भयो । त्यस्तै, उहाँले शाङ्ग यु र पाक सो सिमजस्ता गुरु एवं मित्रहरू पनि पाउनुभयो । चा क्वाङ सु कोरियाका एक सुप्रसिद्ध माक्र्सवाद–लेनिनवादका ज्ञाता र विश्लेषक हुनुहुन्थ्यो । उहाँ किम इल सङभन्दा ६–७ वर्षले जेठो हुनुहुन्थ्यो । चा क्वाङ्ग सु र माक्र्सवाद–लेनिनवादका प्रकाण्ड विद्वान् सो सिमबिच बेलाबेलामा माक्र्सवाद र लेनिनवादबारे चर्काचर्की बहस हुन्थ्यो र उहाँहरू दुवै जना एक अर्काबाट हार्न चाहनुहुन्नथ्यो । कोरियामा पहिलो कम्युनिस्ट पार्टीको संस्थापकहरूमध्येका एक संस्थापक एवं नेता किम चानसँग पनि चा क्वाङ्ग सुको माक्र्सवादी–लेनिनवादी सिद्धान्तबारे घम्साघम्सी हुन्थ्यो र चा क्वाङ सुले किम चानलाई सैद्धान्तिक बहसमा हराई दिनुहुन्थ्यो । सुरु सुरुमा चा क्वाङ्ग सुले किम चानजस्ता प्रख्यात र पुराना नेतालाई सम्मान गर्नुहुन्थ्यो । २–३ पटक बहस भएपछि चा क्वाङ सुले किम चानलाई माध्यमिक तहको विद्यार्थीलाई झँै व्यवहार गर्नुभयो । यस्तै पुरानो पुस्ताका अर्का सुप्रसिद्ध कम्युनिस्ट नेता सिन इल योङ्गले चा क्वाङ्ग सुलाई हराउन खुब कसरत गर्नुभयो । चा क्वाङ्ग सुले उहाँलाई मुख नै रातो पिरो हुने गरी फ्याकफ्याक पारिदिनुहुन्थ्यो । उहाँ चा क्वाङ्ग सुसँगको सैद्धान्तिक बहसमा हरेक पटक हार्नुहुन्थ्यो । चा क्वाङ्ग सु त्यसबेलाका कोही पनि माक्र्सवाद र लेनिनवादका एकसेएक ज्ञाता, विश्लेषक र विद्वानहरूभन्दा कम हुनुहुन्नथ्यो । यद्यपि, कोरियाको वस्तुस्थितिलाई एकदम सही मूल्याङ्कन र विश्लेषण गरी माक्र्सवाद र लेनिनवादलाई त्यसअनुरूप रचनात्मक र सृजनात्मक ढङ्गले लागु गर्ने नीति र सिद्धान्त प्रतिपादन गर्नसक्ने युवा कामरेड किम इल सङको विलक्षण प्रतिभादेखि उहाँ निकै प्रभावित हुनुहुन्थ्यो र किम इल सङलाई भित्रै हृदयदेखि आदर र सम्मान गर्नुहुन्थ्यो ।
पहिलो पिँढीका कम्युनिस्ट नेताहरूको प्राधिकारको लागि आपसी झगडा, गुटबन्दी, कमिन्टर्नको मात्र मुख ताक्नेजस्ता अस्वस्थ प्रवृत्तिबाट वाक्क भएका चा क्वाङ्ग सुले एकचोटि का. किम इल सङलाई भन्नुभयो, “सोङ्ग जु, के हामीले एक आपसमा विश्वास र प्रेम गरेर क्रान्तिलाई अघि बढाउन सक्छौँ ? मेरो भनाइको मतलब कुनै गुटबन्दी र विभाजित नभई अनि पद र प्राधिकारको लागि झगडा नगरी अघि बढ्ने ।” किम इल सङले उहाँको हातलाई बेस्सरी समाउनु हुँदै निकै भावविभोर भई भन्नुभयो, “हामी नयाँ पुस्ताका कम्युनिस्टहरू विचार र उद्देश्यमा बलियोसित एक हुनुपर्छ र फाटोवादीहरूले झैँ फुटको बाटो नलिइकन हामीले क्रान्तिको बाटो लिनुपर्छ ।” उहाँहरूबिच यस्तै यस्तै सिद्धान्तको साथसाथै आत्मीय कुराकानी पनि हुन्थ्यो ।
साङ्गठनिक कार्य बाँडफाँड हुँदा किम इल सङले चा क्वाङ्ग सुलाई ग्रामीण क्षेत्रमा सङ्गठन गरी राजनैतिक गतिविधि सञ्चालन गर्ने जिम्मा सुम्पिनुभयो । गाउँ–गाउँमा गई राजनीति गर्ने जिम्मा सुम्पिएकोमा चा क्वाङ्ग सु भित्रभित्रै अप्ठ्यारो मान्नु हुँदै गम्भीर र ख्याल ख्यालमा भन्नुभयो, “सोङ्ग जु, आफू त गाउँबाट सिउल, साङ्घाईजस्ता सहरमा आन्दोलन गर्ने भनी यहाँ आइयो, गाउँको स–साना बस्ती र नगरमा के आन्दोलन गर्न सकिन्छ र ?” मित्रको कुरो सुनेर किम इल सङले भन्नुभयो, “हामीले गाउँ र सहरमा भेद गर्नुहुन्न । बहुमत किसान जनता गाउँमा बस्छन् । तसर्थ, हामी गाउँ गाउँमा अनि पहाड कन्दरामा पनि छरिएर राजनैतिक गतिविधि गरी आम जनतालाई एक ढिक्का गर्नुपर्छ । पहिलो पुस्ताका नेताहरू गाउँ छोडेर सहरमा केन्द्रित हुन खोज्नाले अनि सहर छोडेर कमिन्टर्नमा जान खोज्नाले दुर्गति भोग्नुप¥यो । हामी माथि माथि जाने होइन, तल तल मजदुर–किसान आम जनतामा जाऔँ ।” चा क्वाङ्ग सु त किम इल सङको अति सारगर्भित, व्यावहारिक र दूरदर्शी विचार सुनेर आश्चर्य र खुसी हुँदै “माथि माथि होइन तल तल जाऔँ ¤” भन्ने किम इल सङको विचारलाई दोहो¥याउनुभयो । उहाँ निकै खुसी र उत्साही भएर गाउँ गाउँ र पहाड–पहाडमा गई साङ्गठनिक कार्यमा लाग्नुभयो ।
समय र परिस्थितिको मागअनुरूप क्रान्तिलाई तेज गति दिने क्रममा किम इल सङले चा क्वाङ्ग सु, किम ह्योक जिक, चो चाङ्ग गोल, किम लि ग्याप, लिजे ऊ, काङ्ग प्योङ्ग सेन, किम वन ऊ, पाक गुन वनजस्तो सहयोद्धाहरूसँग मिलेर सन् १९२७ अगस्त २८ मा ‘कोरियाली युवा कम्युनिस्ट सङ्घ’, सन् १९३० जुलाई ३ मा ‘पहिलो पार्टी सङ्गठन’, सन् १९३२ अप्रिल २५ मा ‘कोरियाली जनक्रान्तिकारी सेना’ र सन् १९३६ मई ५ मा ‘पितृभूमि पुनःस्थापना सङ्घ’ र ‘जापानविरोधी राष्ट्रिय संयुक्त मोर्चाको सङ्गठन’ स्थापना गर्नुभयो । यी सबै सङ्घ, सङ्गठन र सेनामा किम इल सङ नै प्रमुख पदमा चुनिनुभयो । यसबिच उहाँले अनेकन् गतिविधि, आन्दोलन, सङ्घर्ष र लडाइँको नेतृत्व गर्दै जानुको साथसाथै सैद्धान्तिक भिडन्त गर्दै अनि थुप्रै राजनैतिक, सैद्धान्तिक, वैचारिक, सैनिक लेख–रचना लेख्नु भई जुछे विचारधाराको जग बसाल्नुभयो ।
सङ्घर्ष र लडाइँको दौरानमा कार्य क्षेत्रमा अगुवा गर्ने आफ्ना अति प्रिय कार्यकर्ता र सेनाहरूलाई बढीभन्दा बढी आत्म–निर्भर, सिर्जनशील र सक्रिय बनाउन युवा सेना नायक किम इल सङ कहिलेकाहीँ निकै निर्मम बन्नुहुन्थ्यो । एकदिन उहाँ अन्तु गोरिल्ला क्षेत्रमा सेनाहरूलाई तालिम दिन व्यस्त हुनुहुन्थ्यो । सैनिक कार्यकर्ता रि योङ्ग बाय् र पाङ्ग इन ह्योनले एउटा राइफल सफा गरिरहँदा राइफलको फाइअरिङ्ग पिन (ँष्चष्लन उष्ल) भाँच्यो । त्यसबेला बन्दुक र राइफल सित्तिमित्ती पाउने कुरो थिएन । एउटा बन्दुक र एउटा राइफलको निम्ति एक एक जना सेनाले बलिदान गर्नुपथ्र्यो । त्यसो भएर सेना नायक किम इल सङले यस घटनालाई गम्भीररूपले लिनुभयो र उहाँले भाँचेको पिन राम्ररी नियालेर हेर्नु भएपछि रि योङ्ग बाय् र पाङ्ग इन ह्योनलाई भन्नुभयो, “म तिमीहरूलाई एक दिनको समय दिन्छु, भोलि यति बेलासम्ममा तिमीहरूले यो पिन बनाइसकेको हुनुपर्छ ।” सेना नायकको कठोर असङ्गत आदेश सुनेर तिनीहरूले ठुलठुला आँखाले सेना नायकलाई हेर्दै भने, “होइन, आधुनिक हतियार कारखानाबाट निर्मित राइफलको पिन हामीले कसरी मर्मत गर्न सक्छौँ र ? हामी ज्यानको बाजी लगाएर रणक्षेत्रमा खुसीसाथ जान सक्छौँ । हामी भर्खरका सिकारुहरूको अलिअलि सीपले यो काम गर्न सकिन्छ र ।” जवाफमा किम इल सङले भन्नुभयो, “खालि सजिलो सानोतिनो काम मात्र गरेर हामी कसरी क्रान्तिकारी हुन सक्छौँ ? क्रान्तिकारीहरूले कहिल्यै कसैले नगरेको काम गर्न साहस गर्नुपर्छ ।” उहाँको कुरोलाई नकार्दै तिनीहरूमध्ये एकजनाले भने, “भाँचेको पिन स्टीलले बनेको छ । खालि सिद्धान्तको कुरोले मात्र यसलाई मर्मत गर्न सकिन्छ र भन्या ?” किम इल सङलाई आफ्नो आदेश कठोर र असाधारण थियो भन्ने कुरो राम्ररी थाहा थियो । त्यो हुँदाहुँदै पनि उहाँले झन् कठोर र निर्ममतापूर्वक भन्नुभयो, “यदि तिमीहरूले एउटा पिन पनि बनाउन सक्दैनौ भने भोलि समाजमा आमूल परिवर्तन ल्याउने जटिल प्रक्रिया कसरी पूरा गर्न सक्छौँ ? यदि तिमीहरूले भोलिसम्म यो पिन बनाएर ल्याउँदैनौ भने भोलिबाटै तिमीहरूलाई सैनिक तालिममा सहभागी नगराउने, ल ।” सेना नायकको निर्णय सुनेर दुवै जना झस्के । तिनीहरूले किम इल सङलाई नै पिन बनाउने तरीका सिकाइ दिनुपर्यो भने । अनि किम इल सङले भन्नुभयो, “पिन मर्मत गर्ने तरिका मलाई पनि थाहा छैन । तिमीहरू आफैले पत्ता लगाउनुपर्छ ।” सेना नायकले यति भन्नुभएपछि विचरा सैनिक कार्यकर्ताहरू कालोनिलो भई बरबर आँसु झार्दै भाँचेको पिन लिएर त्यहाँबाट हिँडे ।
रि योङ्ग बाय् र पाङ्ग इन ह्योन दुवैजना मिलेर पिन आफूले जाने जस्तै बनाउन खोजे तर सकेनन् । त्यहाँबाट तिनीहरू श्यिआओश्याहेमा हामफालेर कुदे र एकजना दक्ष कामीकहाँ गए । उसले तिनीहरूलाई पिनलाई तेलमा हालेर नरम बनाएर मर्मत गर्ने तरीका सिकाइदियो । तिनीहरूले कामीले भनेझैँ गरे र अन्तमा पिन मर्मत गर्न सफल भए । भोलिपल्ट तिनीहरूले अति खुसीले गद्गद् र गर्वले प्रफुल्लित भई पिन सबैलाई देखाउँदै उफ्रीउफ्री यताउता दौडे । हुन त तिनीहरूले पिन मर्मत गर्न सक्ने कुरोमा खूद सेना नायक किम इल सङलाई पनि विश्वास थिएन । यो दृश्य देखेर उहाँ खुसी र आश्चर्यचकित हुनुभयो । यो दृश्य आत्म–विश्वास र आत्म–निर्भरताको एउटा सशक्त दृष्टान्त र महान् प्रदर्शन थियो । यसै घटनालाई लिएर उहाँ भन्ने गर्नुहुन्थ्यो, “एउटा राइफलको पिन कुनै ठुलो कुरो होइन, एउटा राइफलको पिन मर्मत गरुन्जेल त दसौँ ओटा राइफल कब्जा गर्न सकिन्छ । यद्यपि, यो पिन मर्मत गरिएको घटनाबाट सिकेको पाठले हाइड्रोजन बमले भन्दा पनि बढी शक्ति प्रदान गर्छ ।”
मानव जातिको विकासको इतिहासलाई माक्र्स र एङ्गेल्सले वर्गसङ्घर्षको इतिहासको रूपमा सही व्याख्या गर्नुभयो । यहाँ नेर के पनि भन्न सकिन्छ भने मानव जातिको इतिहास वर्गसङ्घर्षको मात्र इतिहास नभईकन मानवले आफ्नो निम्ति आफैले आविष्कार, रचना र दक्षता हासिल गर्ने इतिहास हो ।…
यस्तै मानव जातिको इतिहास आम जनताले आफ्नो स्वतन्त्रताको रक्षा गर्ने सङ्घर्षको इतिहास हो । यस दृष्टिकोणबाट हामी के भन्न सक्छौँ भने आत्मनिर्भरता अति नै शक्तिशाली शक्ति हो । यसैले नै इतिहासको विकासलाई अघि बढाएको छ । यदि मान्छेहरू ईश्वरको अनुकम्पा, ‘ईश्वरको रचना’ मा मात्र विश्वास गरेर केही नगरी बसेको भए आज पनि मान्छेहरू त्यही जङ्गली युग मै हराउँदो हो ।
त्यसबेला माक्र्सवाद र वर्गसङ्घर्षको इतिहासबाट निकै प्रभावित कम्युनिस्ट कार्यकर्ताहरूले कुनै धनी मान्छे वा कुनै धनी मान्छेको छोरा वा छोरी भन्नासाथ जो भए पनि अविश्वास र घृणा गर्ने गर्थे । धनी वा गरिब जे भए पनि सिद्धान्त, विचार, व्यवहारमा उसको निष्ठा कस्तो छ त्यसमा विचार गर्दैनथे । किम इल सङलाई आफ्ना कामरेडहरूको यस प्रकारको कोरा सिद्धान्तवादी प्रवृत्तिविरुद्ध पटक–पटक सङ्घर्ष गर्नुपरेको थियो । किम इल सङका अति निकटम सहयोद्धाहरूमध्ये चाङ्ग वेई ह्वा पनि एक हुनुहुन्थ्यो । चाङ्ग वेई ह्वा चिनियाँ नागरिक हुनुहुन्थ्यो । उहाँ फुसोङ्गमा बस्नु हुनुहुन्थ्यो । उहाँको जन्म निकै सम्पन्न परिवारमा भएको थियो । उहाँको घरमा सम्पत्ति सुरक्षा गर्न सेनाको पनि बन्दोबस्त थियो । ह्वा सोङ्ग युसिक विद्यालयमा कामरेड किम इल सङ र उहाँबिच मित्रता कायम भएको थियो ।
एकचोटि चाङ्ग वेई ह्वाले किम इल सङलाई सोध्नुभयो, “सोङ्ग जु, सामाजिक मर्यादामा (Social status) देखिने भिन्नता के सर्वोच्च शिखर सगरमाथाको उचाइ ठुलो कुरो हो ?” किम इल सङले मित्रलाई भन्नुभयो, “हाम्रो मित्रता अनि क्रान्तिको बाटोमा सामाजिक मर्यादाको विभेदले केही फरक पर्दैन । तपाईँको बुबाले तपाईँलाई कतै जान अनुमति दिनु हुन्न किनभने बुबा तपाईँ घरबाट कतै टाढा गएको म पराउनु हुन्न ।” त्यसपछि चाङ्ग वेई ह्वाले भन्नुभयो, “सामाजिक मर्यादामा विभेदको कारणले गर्दा नै बुबाले मलाई नियन्त्रण गर्नुहुन्छ भने हाम्रो मित्रताको खातिर म आफै गरिब भइदिन्छु । म तपाईँको साथमै रहन्छु ।” यद्यपि, त्यस्तै त्यस्तै व्यावहारिक कारणले गर्दा चाङ्ग वेइ ह्वा किम इल सङको साथमा बस्न पाउनुभएन । फुसोङ्गको एउटा विद्यालयमा अध्यापन अनि फोटो खिच्ने व्यवसाय चलाउनु भई भित्रभित्रै हर किसिमबाट क्रान्तिलाई सघाउनु हुन्थ्यो । विभिन्न गतिविधि र लडाइँको बेला आर्थिक सङ्कट पर्दा उहाँले आर्थिक सहयोग गरिरहनुहुन्थ्यो । शत्रुमाथि हमला गरेर बन्दुक, राइफल कब्जा गर्न नमिल्ने अवस्थामा घरका मान्छेहरूलाई थाहै नदिइकन दर्जनका दर्जन बन्दुक र राइफल सेनालाई सुम्पिदिनुहुन्थ्यो । उहाँले लत्ता कपडाको व्यवस्था गरिदिनुहुन्थ्यो । यद्यपि, कतिपय कामरेडहरूलाई किम इल सङले चाङ्ग वेई ह्वासँग हेलमेल बढाउनुभएकोमा पटक्कै चित्त बुझेको थिएन । तिनीहरू धनी चाङ्ग वेई ह्वासँग सशङ्कित थिए । एकजना कामरेडले सेनापति किम इल सङलाई भनिहाल्यो, “कामरेड सेनापति, धनी मान्छेको छोरा चाङ्ग वेई ह्वालाई तपाईँले भेटघाट नगर्नु नै वेश होला कि ? तपाईँ के भन्नुहुन्छ भने चाङ्ग वेई ह्वा तपाईँको प्राथमिक विद्यालयदेखिको साथी र केही वर्षदेखिको सङ्गठनको सदस्य हो, जे भए पनि वर्गीय स्वभाव फेरिँदैन । जे भए पनि ऊ शोषकवर्गको सन्तान हो ।” उत्तिखेर किम इल सङले भन्नुभयो, “तिमी वर्गीय चरित्रबारे भयभित भई कुरा गर्दै छौँ, मानौँ म नराम्रो धरापमा फसेको छु । तर, तिम्रो कुरा मेरा अमूल्य मित्र चाङ्ग वेई ह्वाको अपमान र संयुक्त मोर्चाको हाम्रो नीतिको अपमान हो ।” त्यस कामरेडले भन्यो, “कामरेड सेनापति, हामी स्थानीय सङ्गठनहरूमा काम गर्दा हामीलाई वर्गचरित्र फेरिँदैन, त्यसो भएकोले कुनै पनि हालतमा धनी मान्छेहरूसँग मेलमिलाप गरिनु हुँदैन भनी निर्देशन दिइन्थ्यो । त्यसो भएर हामी जमिनदार र किसान, पुँजीपति र मजदुरबिचको वर्गसङ्घर्षको सिद्धान्तलाई मात्र विश्वास गर्छौँ र शोषकवर्गबाट आएका कुनै पनि सदस्यलाई सङ्गठनबाट निकाला गर्ने नीतिलाई आत्मसात गर्छौँ ।” त्यसपछि किम इल सङले निकै गम्भीर भई सम्झाउनुभयो, “शोषकवर्गविरुद्धको सङ्घर्ष वास्तवमा पूर्णरूपले सही छ । जमिनदार र पुँजीपतिहरू वर्ग शत्रु हुन् भन्ने कुरोमा म सहमत छु । तर, यहाँहरूले मनमा एउटा कुरो के राख्नुपर्छ भने सबै जमिनदार र पुँजीपतिहरूलाई एउटै दृष्टिकोणले मात्र हेर्नु हुँदैन । तीमध्ये कोही जमिनदार र पुँजीपतिहरू देशको माया गर्छन् र जापानीहरूसँग भिड्छन् । … चाङ्ग वेई ह्वाले उनका निजी सेनाहरूले प्रयोग गर्ने दर्जनका दर्जन राइफल मलाई उपहार दिए । यहाँहरू सबैलाई थाहा भएकै कुरा हो एउटा राइफल पाउनको निम्ति हामीले कतिको मूल्य चुकाउनुपर्यो । एउटा राइफल कब्जा गर्न थुप्रै कामरेडहरूले बलिदान गर्नु परेको थियो । हामीले एउटा राइफलको निम्ति ज्यानको बाजी लगाउनुपर्ने बेलामा “जे भए पनि चाङ्ग वेई ह्वाले हामीलाई ४० ओटा राइफल दिए । तब, हामीले चाङ्ग वेई ह्वालाई किन विश्वास गर्न नसक्ने…” सेनापति किम इल सङले चाङ्ग वेई ह्वाजस्ता अरू पनि देशभक्त र विशाल हृदयका कामरेडहरूको उदाहरण दिएर कामरेडहरूको गलत उग्र–क्रान्तिकारी धारणालाई हटाई दिनुभयो ।
चाङ्ग वेई ह्वा भूमिगत कार्यमा व्यस्त हुँदा पक्राउ पर्नुभयो । फुसोङ्ग गुरिल्ला क्षेत्रको सदरमुकाम र अन्य गुरिल्ला कारबाहीको भेद खोल्न लगाउन उहाँलाई निर्मम यातना दिइयो । गुरिल्ला क्षेत्रको मुख्य प्रधान सैनिक कार्यालय ध्वस्त गर्ने शत्रुको लक्ष्य थियो । उहाँले चुपचाप यातनाको मुकाबिला गर्दै जानुभयो, तर गुरिल्ला क्षेत्रको सदरमुकाम र गुप्त लडाइँको योजनाको भेद खोल्नु भएन । उहाँले प्रहरीको आँखा छलेर “कोरियाली जनसेनाको प्रधान सैनिक कार्यालय र अखडा पत्ता लगाउन शत्रु जासुसहरू प्रस्थान गरिसकेका छन् । कृपया, सम्भव भएसम्म छिटो प्रधान सैनिक कार्यालय अन्त सारिहाल्नुहोस्” भन्ने व्यहोरा उल्लिखित पत्र किम इल सङलाई पठाउनुभयो । दिन पर दिन उहाँमाथि कठोरभन्दा कठोर यातना दिइँदै गयो । उहाँले आफू मरेर भए पनि किम इल सङको ज्यानको सुरक्षाको प्रत्याभूति गर्ने, जनरल किम इल सङसँगको विश्वास र मित्रताको मूल्यलाई प्रमाणित गर्ने र गुरिल्ला क्षेत्रलाई जोगाउने प्रण गरेको कुरो आफ्नी धर्मपत्नीलाई बताउनुभयो । उहाँले आफ्नै धर्मपत्नीको हातबाट फोटोको फिल्म धुन प्रयोग गरिने विषालु रासायनिक तत्व एक मात्रा प्राप्त गर्नुभयो । सन् १९३७ अक्टोबर २ को दिन उहाँले त्यो विषालु रसायनिक तत्वको एकमात्रा निलेर आत्म–बलिदान गर्नुभयो । त्यसबेला उहाँ २४ वर्षको मात्र हुनुहुन्थ्यो । महान् अन्तर्राष्ट्रवादी चाङ्ग वेई ह्वाको सम्झनामा किम इल सङ भन्ने गर्नुहुन्थ्यो, “न जीवन न मृत्यु नै सहज कुरो हो । आत्महत्या पनि सबैभन्दा कष्टपूर्ण मृत्युमध्ये एक हो । … मात्र व्यक्तिगत कारणले आत्महत्याको घटना थुप्रै भएको छ । चाङ्ग वेई ह्वाले जस्तै अरूको निम्ति आत्म–बलिदान गर्नेहरू यस संसारमा विरलै होलान् । चाङ्ग वेई ह्वाको यो आत्म–बलिदान वीरतापूर्ण र पवित्र छ । प्रेम र विज्ञानको कुनै राष्ट्रिय सीमा नभएझैँ चाङ्ग वेई ह्वा, नोभेचिन्को, चे गुएभारा र नर्मन बेथुनले प्रमाणित गर्नु भएजस्तै क्रान्तिकारीहरूको पनि कुनै राष्ट्रिय सीमा हुँदैन । चाङ्ग वेई ह्वा पनि विश्वको सामु एक महान् अन्तर्राष्ट्रवादी दृष्टान्त हुन् ।”
किम इल सङको नेतृत्वमा अनेकन् नागबेली कष्ट नै कष्टका बाटाहरू पार गर्दै कोरियाली क्रान्तिले अन्तमा सन् १९४५ अगस्त १५ को दिन जापानी साम्राज्यवादीहरूलाई परास्त गरी कोरियालाई मुक्त गर्यो । तर, अमेरिकी साम्राज्यवादी सेनाहरू कोरियाको दक्षिणी भागमा घुसे । सन् १९४५–१९५० को बिच जनताको माझमा जानु भई किम इल सङले चौतर्फी तीव्र समाजवादी निर्माणको नेतृत्व गर्नुभयो । त्यस क्रममा उहाँले सन् १९४५ अक्टोबर १० मा उत्तर कोरियाको कम्युनिस्ट पार्टीको केन्द्रीय सङ्गठन कमिटीको गठन गरी पार्टी स्थापनाको आजुलाई पूरा गर्नुभयो । सन् १९४६ फेब्रुअरी ८ मा प्रान्तीय जन सरकार, सन् १९४६ अगस्त २८ मा उत्तर कोरियाको मजदुर पार्टी, सन् १९४७ को फ्रेब्रुअरीमा कोरियामा पहिलो सर्वहारावर्गको सरकार स्थापना, सन् १९४८ फेब्रुअरी ८ मा कोरियाली क्रान्तिकारी जनसेनालाई नियमित सेना ‘कोरियाली जनसेना’ मा विकास गर्नुभयो । सन् १९४८ सेप्टेम्बर ९ मा ‘प्रजातान्त्रिक जन–गणतन्त्र कोरिया’ को स्थापनापछि उहाँ प्रजग कोरियाको राष्ट्रपति पदमा चुनिनुभयो ।
सन् १९५० देखि १९५३ को अमेरिकी साम्राज्यवादविरोधी महायुद्धमा राष्ट्रपति किम इल सङले कोरियाको जनसेना र जनतालाई शक्तिशाली नेतृत्व प्रदान गर्नुभयो र कोरियाली जनतालाई महान् विजय प्राप्त भयो । अमेरिकी साम्राज्यवादीहरूले बेइज्जतीपूर्ण हार भोग्नुपर्यो ।
कोरियाली जनताका राष्ट्रपति किम इल सङले महायुद्धको चरणपछि ३ दशक अनवरत समाजवादी निर्माणको साथसाथै कोरिया पुनः एकीकरण अभियान, विश्व कम्युनिस्ट आन्दोलनलाई सहयोग र साम्राज्यवादीहरूको नाकाबन्दी र युद्धको धम्कीविरुद्ध सङ्घर्ष गर्नुभयो ।
सन् १९९० अप्रिल २० को दिन प्योङयाङमा विश्वका विभिन्न देशका साम्राज्यवादविरोधी, प्रजातन्त्रवादी, कम्युनिस्ट र मजदुर पार्टीका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा ‘प्योङयाङ घोषणापत्र’ जारी भयो । सोभियत सङ्घमा समाजवादको अस्थायी हार भएपछि पूर्वी युरोपमा पनि एकपछि अर्को समाजवादी व्यवस्थाको अस्थायी हार हुँदै जानुलाई साम्राज्यवादीहरूले समाजवाद मिथ्या हो भनी संसारभर होहल्ला मच्चाइरहेको बेला प्योङयाङ घोषणापत्रले विश्वभरि कम्युनिस्ट र समाजवादप्रति आस्थावान् जनताको मनोबललाई उठाइदियो । प्योङयाङ घोषणापत्र जारी गर्न प्रजग कोरियाले गरेको अगुवाइ कुनै पनि समाजवादी ठुलो र शक्ति राष्ट्रको भूमिका र साहसभन्दा कम थिएन ।
जीवनभर नथाकीकन समाजवाद र साम्यवादको निम्ति, कोरिया पुनः एकीकरणको निम्ति, साम्राज्यवादको विरोधमा रातदिन लाग्दालाग्दै वि.सं. २०५१ साल असार २४ गते ८३ वर्षको उमेरमा महान् नेता किम इल सङ अचानक बित्नुभयो । उहाँको देहावसानको शोक समाचारले प्रगतिशील संसार दुःखको सागरमा डुब्यो ।
स्रोत – का. किम इल सङ : हाम्रो सम्झनामा
Leave a Reply