भर्खरै :

सुन र सिक्री : तिब्बतको यात्रा विवरण – ३

सुन र सिक्री : तिब्बतको यात्रा विवरण – ३

मैले तिब्बती अभिभावक र तिनका स्कुले छोराछोरीहरूसँग कुराकानी गरेँ । तब मलाई थाहा भयो – विद्यालयमा उनीहरूलाई मेन्डारिन र तिब्बती दुवै भाषा सिकाइँदो रहेछ । राष्ट्रिय भाषाको रूपमा मेन्डारिन पठनपाठनको मूल भाषा रहेछ भने बालबालिकाको मातृभाषाको रूपमा तिब्बती पनि पढाइँदो रहेछ । व्यवहारमा एकै कक्षाकोठामा दुई भाषा सिकाइँदो रहेछ । यो चलन तिब्बतमा मात्र सीमित छैन ।
मेन्डारिन जातीय अल्पसङ्ख्यकहरूका लागि मात्र होइन, बरु हान बहुसङ्ख्यककका लागि पनि अनिवार्य छैन । चीनका ९० प्रतिशत जनता हान जातिका छन् । तैपनि तिनको भाषालाई अनिवार्य नबनाउनुको खास कारण छ । त्यो के भने देशका विभिन्न भागमा बसोबास गर्ने जनताले भाषामा फरक आञ्चलिकता थपेका छन् । जसले गर्दा कहिलेकाही उनीहरूले अरूले बोल्ने मेन्डारिन भाषा पनि बुझ्दैनन् ।
मेन्डारिन भाषामा धाराप्रवाह बोले सम्भावनाका धेरै ढोका खोल्न सकिने जनताले बुझ्दै गए । खासगरी कामका लागि घर छोडेर अन्यत्र जाने अल्पसङ्ख्यक जातिका मानिसले यो कुरा छिट्टै बुझे । चोङकिङमा मैले एक उइगुर जातिका व्यक्तिलाई भेटेको थिएँ । उनले सानो तर सफल आइसक्रिम व्यवसाय चलाएका थिए । उनी प्रगति र भाषिक क्षमता कसरी दैनिक जीवनमा एकै ठाउँ जोडिन्छन् भन्ने कुराका साक्षात् उदाहरण थिए ।
मैले धेरै विद्यालयको भ्रमण गरेँ । एउटा विद्यालयमा मैले मेन्डारिन र तिब्बती भाषामा उत्प्रेरक भनाइ लेखिएका पोस्टर देखेँ । एउटै सन्देशलाई ऐनामा जस्तै दुई लिपिमा लेखिएको थियो । मैले तिब्बती भाषामा छापिएका पाठ्यपुस्तकहरू देखेँ । दैनिक पठनपाठनमा दुवै भाषाको उत्तिकै महत्व रहेछ । यी दृश्यहरूले एउटा विशिष्ट प्रणालीतर्फ औँल्याइरहेका थिए – शिक्षा र पहिचान आपसमा नङमासु थिए ।
म गएका पसल, रेस्टुराँ, पेट्रोल पम्प, बैङ्क, हुलाकघर र बस बिसौनी गरी सबैतिर मैले दुई भाषाका चिन्ह पाएँ । दुई भाषा पढ्नु सामान्य रहेछ । एक ठाउँ भने अपवाद थियो । भोक्सवेगन गाडीको सोरुममा मैले मेन्डारिन भाषा मात्र प्रयोग गरिएको पाएँ ।
दुई भाषाको प्रयोग निजी र विदेशी कम्पनीका हकमा भने अनिवार्य छैन । गाडीको सोरुममा तिब्बती भाषा नहुनुको कारण थियो ठुलो कम्पनीको ब्रान्डिङ नीति । यो सरकारको स्थानीय नीति थिएन । अथवा, त्यो गाडी कम्पनी तिब्बती उपभोक्ताप्रति सांस्कृतिक रूपमा असंवेदनशील छ भन्न सकिन्छ ।
झूटो प्रचारबाजी र वास्तविक सांस्कृतिक संहारप्रति बेवास्ता
मेरो अनुभव अपवाद होइन । म जस्तो अनुभूति गर्नेहरू धेरै छन् । पश्चिमाहरू तिब्बतमा ‘सांस्कृतिक संहार’ भइरहेको आरोप लगाउने गर्छन् । ती आरोप निराधार छन् । मेरो अनुभव भन्छ, ती आरोप सरासर झूटा छन् । यो आरोप लगाउनेहरू तिनै मान्छे हुन् जो विश्वका विभिन्न स्थानमा वास्तविक सांस्कृतिक संहार भइरहँदा लज्जास्पद रूपमा मौन रहन्छन् ।
युक्रेनलाई नै हेरौँ । त्यहाँ रुसी भाषा बोल्ने लाखौँ युक्रेनीहरूलाई सरकारले प्रतिबन्ध लगायो; पुस्तकालयहरूबाट रुसी भाषाका पुस्तकहरू हटायो; रुसी भाषाका मिडिया बन्द ग¥यो† रुसी अर्थोडक्स चर्चमाथि ठुलो पाबन्दी लगायो ।
फ्रान्सलाई हेरौँ । बास्क, अल्सासियन, कोर्सिकन, ब्रेटन र ओस्सिटान जस्ता क्षेत्रीय भाषाको त्यहाँ कुनै औपचारिक हैसियत छैन । प्रशासनिक कार्यमा मात्र होइन, कक्षाकोठामा पनि ती भाषाको प्रयोगमा बन्देज लगाइएको छ । यसको लागि कानुन नै बनाइएको छ । विगतमा विद्यार्थीहरूले आफ्नो मातृभाषा प्रयोग गर्ने साहस गरे तिनलाई ‘शरमको हार’ लगाउन बाध्य पारिन्थ्यो ।
कुनै बेला बेलायतको हाल पनि उस्तै थियो । वेल्समा विद्यालयहरूले ‘वेल्स होइन’ भन्ने चलन चलाएको थियो । कुनै बच्चाले वेल्स भाषा बोलेको भेटेमा उसको घाँटीमा ‘वेल्स होइन’ भनी लेखिएको माला झुन्ड्याएर बेइज्जती गरिन्थ्यो ।
फ्रान्सले भाषिक संहारको औपचारिक नीति नै अपनायो । जसको परिणाम निकै भयावह थियो । फ्रान्सको सरकारी आकडाअनुसार पहिलो विश्वयुद्धको अन्त्यतिर कोर्सिकन र ब्रेटन भाषा बोल्ने जनताको सङ्ख्या ७०–८० प्रतिशत थियो भने २० औँ शताब्दीको अन्त्यतिर आइपुग्दा तिनको सङ्ख्या जम्मा १० प्रतिशत भयो । अल्साक क्षेत्र आफ्नो भाषाको संरक्षणमा निकै बलियो किल्ला बनेको थियो । सरकारले कडा भाषा नीति लागु गरेपछि अल्सासियन भाषा बोल्नेहरूको सङ्ख्या दुई पुस्तामै ७० प्रतिशत बाट १८ प्रतिशत मा झरेको थियो ।
झूटो प्रचारबाजी
‘द इकोनोमिस्ट’ पत्रिकाले हालै चीनको नयाँ कानुनले ५५ जनजातिहरूमाथि थिचोमिचो गरेको आरोप लगायो । चीनविरुद्ध लामो समयदेखि यस्ता आरोपहरू लगाउने गरिएको छ । पश्चिमा मिडियाहरूले चीनको अर्थतन्त्र टाट पल्टिँदै छ भनी चेतावनी छाप्न थालेको झन्डै दुई दशक नाघ्यो । बर्सैपिच्छे यस्ता हल्ला सुन्नमा आउँछ ।
अब चीनको वास्तविक कानुन हेरौँ ।
आजको चीनमा अल्पसङ्ख्यक भाषाभाषी
चीनले अघि नै अल्पसङ्ख्यक भाषाहरूको जगेर्ना गर्दै छ । यस कार्यमा कुनै पनि पश्चिमा देशहरू उसको हाराहारीमा आउँदैनन् ।
सन् २०१७ मा राष्ट्रिय भाषा आयोगले एउटा सर्वेक्षण गरेको थियो । सो अध्ययन अनुसार जम्मा तिब्बतमा ३० प्रतिशत जनता मात्र मेन्डारिन भाषामा दक्ष छन् । दैनिक जीवनमा तिब्बती भाषाकै दबदबा छ । चीनको छैटौँ राष्ट्रिय जनगणना (सन् २०१०) अनुसार ८५.२५ प्रतिशत मङ्गोलहरूले दैनिक जीवनमा मङ्गोल भाषा नै प्रयोग गर्छन् ।
वास्तवमा चीनले गतिलै काम गरेको हुनुपर्छ – धेरै अल्पसङ्ख्यकहरूले ठुलो सङ्ख्यामा क्षेत्रीय भाषा मात्र बोल्छन्† मेन्डारिन बोल्नेहरू छँदै छैनन् वा सीमित छन् । यही स्थितिलाई सम्बोधन गर्ने प्रयास गर्दै छ चीनको नयाँ कानुनले ।
नयाँ कानुनले के भन्छ ?
१. के यसले अल्पसङ्ख्यकहरूको भाषाको संरक्षण गर्छ ? गर्छ । कानुनले स्पष्ट किटान गरेको छ – “राज्यले अल्पसङ्ख्यक भाषा र लिपिको सिकाइ र प्रयोगलाई सम्मान एवम् सुरक्षा गर्छ† साथै अल्पसङ्ख्यक भाषाभाषीको नियमन, मानकीकरण तथा डिजिटलाइजेसनलाई प्रवद्र्धन गर्छ ।”
२. के यसले विद्यालयमा अल्पसङ्ख्यक भाषाहरूलाई प्रतिबन्ध लगाउँछ ? लगाउँदैन । देशभरि नै एकीकृत पाठ्यपुस्तक लागु गर्दै र पठनपाठनको प्राथमिक भाषाको रूपमा मेन्डारिनलाई तोक्दै यसले शिक्षालाई मेन्डारिनतर्फ जोडेको छ । तथापि, यसले अल्पसङ्ख्यक भाषामा पढाइ हुने विद्यालयलाई हटाएको छैन । राज्यको लगानीमा यसखाले धेरै विद्यालय सञ्चालनमा छन् ।
३. के यसले सरकारी कामकाजमा अल्पसङ्ख्यक भाषाहरू प्रतिबन्ध लगाएको छ ? छैन । कानुनको दफा १५ अनुसार जहाँ अल्पसङ्ख्यक भाषाका कागजातलाई अनिवार्य गरिएको छ, त्यहाँ देशको साझा भाषा र अल्पसङ्ख्यक भाषा दुवैमा कागजात पेश गर्नुपर्ने हुन्छ ।
४. के यसले सार्वजनिक चिन्हको रूपमा अल्पसङ्ख्यक भाषामाथि प्रतिबन्ध लगाएको छ ? छैन । नयाँ कानुन अनुसार अल्पसङ्ख्यक भाषाको लिपिसँगै मेन्डारिन भाषाको चिन्ह पनि राख्नुपर्नेछ । अल्पसङ्ख्यकहरूको लिपिलाई मेन्डारिनले विस्थापित गर्न मिल्दैन ।
५. के यसले जातीय वा क्षेत्रीय स्वायत्ततालाई कमजोर पार्छ ? पार्दैन । नयाँ कानुनको दफा ८ मा स्पष्ट रूपमा ‘जातीय वा क्षेत्रीय स्वायत्तताको संरक्षण तथा सम्वद्र्धन’ गर्ने उल्लेख छ । सन् १९८४ मा क्षेत्रीय जातीय स्वायत्तता ऐन जारी भएको थियो । यो ऐन अझै पनि कार्यान्वयनमा छ । यसले स्थानीय अवस्था हेरी उपयुक्त नियमहरू अवलम्बन गर्नका लागि स्थानीय अधिकारीहरूलाई अधिकार दिएको छ ।
सार ः नयाँ कानुनले मेन्डारिनलाई साझा राष्ट्रिय भाषाको रूपमा मलजल गरेको छ । एक सार्वभौमिक मुलुकले एउटा साझा भाषालाई प्रवद्र्धन गर्नु एकदम स्वाभाविक छ । तर, यसले ५५ जनजातिहरूलाई ‘थिचोमिचो’ गरेको छैन । यो सपाट झूट हो । यो प्रचार नभई दुष्प्रचार हो ।
वास्तविक सांस्कृतिक थिचोमिचो अर्कै हुन्छ – आफ्नो मातृभाषा बोलेको आरोपमा बच्चाको घाँटीमा बेइज्जतीपूर्ण बिल्ला झुन्ड्याइन्छ, अथवा अल्पसङ्ख्यकहरूको रीतिरिवाजलाई असंवैधानिक करार गरिन्छ । पश्चिमा देशहरूमा यस्ता चलनको लामो इतिहास छ । त्यसको विपरीत चीनको नयाँ कानुनले अल्पसङ्ख्यक भाषाको संरक्षणमा पैसा खर्चेको छ, अल्पसङ्ख्यक भाषाका विद्यालयलाई जोगाएको छ र सरकारी कार्यालयमा दुई भाषालाई अनिवार्य गरेको छ । यसलाई संस्कृति मासेको भन्न मिल्दैन ।
संविधानको दफा ४ ले जातीय अल्पसङ्ख्यकहरूको हकहितको सुरक्षा गरेको छ । संविधान भन्छ – “आफ्नो कथ्य र लिखित भाषाको प्रयोग र विकास गर्ने तथा आफ्ना संस्कृति एवम् परम्पराको संरक्षण र परिमार्जन गर्ने स्वतन्त्रता (सबै नागरिकलाई) छ ।”
तैपनि, आलोचकहरूले चीनको नयाँ कानुनमा आफ्नो देशले विगत तथा वर्तमानमा गरेको विभेदको छाँया थोपर्दै छन् । आफैले गरेका कुकर्महरू अरूमाथि थोपर्नु आफैमा पाखण्ड हो ।
आजको तिब्बती संस्कृति
तिब्बती भाषाको व्यापकता र तिब्बतको जब्बर बौद्ध संस्कृतिको कुरा मात्र होइन । वैज्ञानिक कार्यमा पनि स्थानीय संस्कृतिको छाप पाइन्छ ।
हामीले औषधि विश्वविद्यालयमा कार्यरत एक तिब्बती डाक्टरलाई भेट्यौँ । उनले आफ्नो संस्थाले तिब्बतका परम्परागत औषधीहरूको विशेष अध्ययन गरिरहेको बताए । उनले हामीलाई आफूले अध्ययन गरिरहेका जडिबुटीको नमूना देखाए । चीनका विभिन्न भूभागमा तिब्बती औषधीको प्रयोग गरिन्छ ।
राजकुमारी वेनचेङको विरासत
आज तिब्बतभरि जीवन फेरि एकपल्ट गुल्जार छ । जनताको अनुहारमा गहिरो शान्ति, स्वाभिमान र सन्तुष्टिको बहुमूल्य भावना झल्किन्छ । यस्तो माहोलमा जोकोहीले राजकुमारी वेनचेङको विरासतलाई नसम्झिइरहन सक्दैन । आज पनि उनलाई तिब्बतकी मिथकीय रानीको रूपमा सम्झना गरिन्छ । सुखशान्ति, समृद्धि र सुस्वास्थ्यको ठुलो भिजन भएकी ती रानीले तिब्बतको लामो इतिहासमा आफ्नै स्थान बनाएकी छिन् ।
तिब्बतमा मेरा केही स्मृति
ल्हासा पुग्दा मलाई अर्कै संसारमा पुगेझैँ लाग्यो । ल्हासाको गोङ्गर विमानस्थलबाट मेरो यात्रा सुरु भयो । विशालकाय हिमालयको पृष्ठभूमिमा अग्लो स्थानमा मेन्डारिन र तिब्बती भाषामा स्वागत सन्देश लेखिएको थियो । दुवै लिपि सँगसँगै झुन्ड्याएको थियो । एउटा प्राचीन शैलीमा लेखिएको थियो भने अर्को आधुनिक शैलीमा लेखिएको थियो । यो एक यस्तो भूमिको स्वागत थियो, जहाँ इतिहास, अध्यात्मिकता र दैनिक जीवन नङमासुझैँ गाँसिएका छन् ।
विमानबाट ओर्लिएपछि माहोल नै फेरियो । हाम्रा गलामा आत्मीयता र आशीषरूपी खादा लगाएर स्थानीय जनताले हामीलाई स्वागत गरे । यो हावा जस्तो हलुका खाँदाको अर्थ भने गहिरो छ – शुद्धता, सदभाव र सुरक्षित यात्रा । खादा लगाएपछि यात्रुहरू पराइ रहँदैनन् बरु भक्ति र संस्कृतिमा मग्न भूमिका पाहुना बन्छन् ।
यही आत्मीय र नम्र सत्कार तिब्बतका दूरदराज भेगमा पनि पाइन्छ ।
ल्हासा सहर अनुपम स्थानमा अवस्थित छ । तिब्बतका मठमन्दिर विभिन्न ध्वनि, रङ र गतिले जीवन्त भएका छन् । चहकिला पटाङ्गिनीहरूमा गाढा राता पताका फहरिरहेका छन् । ढुंगा बिछ्याइएका गल्लीहरूमा अगरबत्तीको मगमगी बास्ना आइरहन्छ । मठभित्र सुनका मूर्तिहरू हुन्छन् र नजिकै घिउको धिपधिपे धुपबत्ती बलिरहेको हुन्छ । भित्ताभरि लयदार लिपिजस्ता देखिने चित्रहरू कोरिएका हुन्छन् ।
सेरा मठमा भिक्षुहरू दार्शनिक शास्त्रार्थमा लागेका देखिन्छन् । उनीहरू ताली बजाउँछन्, बलियो मनोबलसहित अघि बढ्छन् र बुद्ध शिक्षाबारे आआफ्ना बुझाइको जाँच गर्छन् । नजिकै तीर्थालुहरूले पवित्रस्थलको फेरो लगाउँछन् । हातमा माने घुमाउँदै र प्रत्येक पाइलामा मौन प्रार्थना गर्दै उनी पूर्ण भक्तिभावले अघि बढ्छन् । उनीहरूको चालमै भक्ति छचल्किन्छ ।
अग्लो पठार र हिउँले ढाकिएका हिमचुचुराबिच बसेका यी मठमा आएर समय थापिए जस्तो लाग्छ । झट्ट हेर्दा यी मठ प्राचीन विवेकका केन्द्रजस्ता लाग्छन्, जुन विवेक दैनिक जीवनमा पनि प्रसार भएजस्तो लाग्छ । तिब्बतलाई हेर्नु र अनुभूति गर्नु फरक हो । त्यहाँ पुगेपछि व्यक्तिका प्रत्येक भावभंगीमा, ध्वनि र श्वासले अर्थ पाएझैँ लाग्छ† एक आध्यात्मिक संसारमा डुबेझैँ लाग्छ ।
जब जनता प्रार्थना र धार्मिक अनुष्ठानमा तल्लीन हुन्छन्, तब ल्हासा सहर जगमगाए झैँ लाग्छ† जीवनले ओतप्रोत भएझैँ लाग्छ ।
सहरको बिचमा सडकको काम चल्दै छ । लाग्छ, विकास र परिवर्तन सँगसँगै हिँड्दै छन् । नजिकै मानिसहरू आआफ्ना दिनचर्यामा लागेका छन् । कोही किनमेल गर्दै छन् त कोही सामान साटफेर गर्दै छन् । गल्लीहरूमा मानिसहरूको घुइँचो लागेको छ । तिनका कुराकानीले गल्लीहरू गुञ्जायमान छन् ।
चीनका अन्य सहरमा जस्तै ल्हासामा पनि सरसफाइलाई उच्च प्राथमिकता दिइन्छ । सार्वजनिक शौचालयहरू सफासुग्घर छन् । तिनको प्रयोग गर्दा पैसा लाग्दैन । विदेशी यात्रुहरूको सङ्ख्या उति ठुलो छैन । तैपनि, अन्तर्राष्ट्रिय पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरेर सरकारले सर्वत्र तिब्बती, मेन्डारिन र अङ्ग्रेजी भाषाका सडकचिन्ह राखेको छ ।
म पोताला दरबारको टुप्पोमा पुगेँ । कुनै बेला त्यही ठाउँमा दलाई लामा बस्थे । उनी आफ्ना भिक्षु, गुरु र अभिलाषीहरूसँग बस्थे । कहिलेकाही उनका अभिभावकलाई पनि वरपर घर वा कोठा दिएर राखिन्थ्यो । उनीहरू पवित्र र बहुमूल्य धनधान्यले परिपूर्ण जीवन बिताउँथे ।
पोताला दरबारका भित्ताहरूमा इतिहास पोतिएजस्तो लाग्छ । दलाई लामाहरू आध्यात्मिक जिम्मेवारीको भारले दबेका हुन्छन् । तैपनि, यो कथा रोचक छ । कुनै समय एकजना दलाई लामा ल्हासाकी एक केटीको प्रेममा परेछन् । यिनै कोठाहरूमा बसेर उनले ती केटीलाई भावुक पत्र लेखेका रहेछन् । परम्पराका पर्खालबिच फुलेको त्यो प्रेमभाव कहिल्यै साकार हुन पाएनछ ।
राजकुमारी वेनचेङ बरोबर एउटा गीत गुन्गुनाउँथिन् – धर्ती मबाट छैन पर, यो धर्ती नै मेरो घर । यो गीत मेरो गलामा झुन्डिरह्यो । यो गीतको भावबारे म धेरैबेर घोत्लिएँ । उनको युगमा चीनका खानदानी छोरीहरू बिरलै मात्र आफ्नो मौजाबाहिर निस्किन्थे । हजारौँ किलोमिटर टाढा जानु सोचबाहिरको कुरा थियो । तर, राजकुमारी वेनचेङ धेरै टाढा आइन् । ‘अर्धसभ्य’ मानिने तिब्बतमा आइन् ।
तिब्बतको यात्रा गर्दा उनको मनमा अनेक उल्झन आएको हुनुपर्छ । सुरुमा उनका पिताले राजाको आज्ञा मान्न अस्वीकार गरेका थिए । वेनचेङले आफ्ना पिताको ज्यान जान सक्ने देखिन् । एक सन्तानको कर्तव्यलाई शिरोपर गर्दै वेनचेङले ५ हजार किलोमिटर लामो यात्रा गरिन् । यात्रामा उनले ठिहि¥याउने पर्वतमाला र विकट भूभाग छिचोल्नुप¥यो । चीनको इतिहासकै एउटा कठोर यात्रा थियो त्यो । आज पनि उनको गीतमा त्यो ऐतिहासिक यात्राको सुन्दर र प्रतीकात्मक वर्णन झल्किन्छ ।
यात्रामा नौला मानिसहरूसँग जम्काभेट भइहाल्छ । डाँडामाथिबाट ल्हासालाई हेरिरहँदा संयोगले मैले तिब्बतका एक धर्मगुरुलाई भेट्न पाएँ । उनी तिब्बतका सबैभन्दा सम्मानित आध्यात्मिक अगुवामध्ये एक हुन् ।
त्यो क्षण एकदम गजब थियो । सहरमाथि एकप्रकारको मौनता छाएको थियो । त्यही ती धर्मगुरुको व्यक्तित्वले म धन्य भएँ ।
तिब्बतको ५ हजार मिटर उचाइमा मैले भारतका नाम चलेका चार्टर अकाउन्टेन्ट, वित्तीय सल्लाहकार र परामर्शदाता आरकुमार सिँगललाई पनि भेटेँ ।
उनी भारतको राजधानी दिल्लीबाट कारमा लन्डन जाँदै रहेछन् । ६९ दिनमा उनले २० देश घुम्ने कार्यक्रम रहेछ । मैले ‘अनुमतिपत्र लिन गा¥हो भएन ?’ भनी सोधेँ । उनले सहजै ‘पटक्कै भएन’ भने । तिनको रोबरवाफ देखेर म छक्क परेँ । यो जुनीमा म उनीजस्तो सफल बन्न सक्दिन भन्ने लाग्यो ।
तिब्बतमा दैनिक जीवनमा धार्मिक भक्तिभाव गहिरोसँग गढेको छ । धेरै सार्वजनिक र निजी स्थान, सबैतिर यसको प्रमाण देख्न सकिन्छ । मानिसहरू मठमा मात्र होइन, गाउँका सडकहरूमा पनि प्रार्थना गरिरहेका हुन्छन् । घरका पर्खालहरूमा पवित्र कुलदेवताहरूको तस्बिर कोरिएको देख्न सकिन्छ ।
यी चित्र र प्रार्थनाका क्षण देख्दा दैनिक जीवनमा तिब्बती बौद्ध धर्मका जराहरू केलाउन सकिन्छ । बौद्ध धर्मलाई त्यहाँ सुरक्षा र आशीर्वादको अजस्र स्रोत मानिन्छ ।
गाउँतिर मैले सर्वसाधारणहरू तिब्बतीहरूको दैनिक जीवन देखेँ । उनीहरूमध्ये कतिपयले विश्राम गरिरहेको देखेँ, त कतिपयले आराम गर्दै आपसमा गफगाफ गरिरहेको देखेँ ।
पश्चिमा मिडियाहरू तिब्बतका बालबच्चाले विद्यालयमा मेन्डारिन र तिब्बती लिपि सिकाइन्छ भनी नपत्याउलान् । तर, मैले त्यस्ता धेरै बालबच्चा भेटेँ, जसले दुवै लिपि लेख्न जानेका थिए । तर, तिब्बती भाषामा बाल–साहित्य पनि छापेको पाएँ ।
५ हजार मिटरको उचाइमा मैले दुई तिब्बतीसँग दोस्ती गरेँ । उनीहरू दुवैजना एकदम खाइलाग्दा थिए । खासमा तिनीहरू ७० केजीका तिब्बती कुकुर थिए । तिनले मठमन्दिर र वस्तुभाउको पहरेदारी गर्दा रहेछन् । तिनले गाईबाख्रालाई ब्वाँसो, हिमचितुवा र भालुबाट जोगाउँदा रहेछन् । तिनका बाक्ला लुगा कठोर हिमाली हावापानी छल्न पर्याप्त थिए ।
ती कुकुरहरू अत्यन्त बुद्धिमान, तालिमप्राप्त र आज्ञाकारी भएको तिनका मालिकले मलाई बताए । कुकुरप्रेमीहरूका लागि ती कुकुर असाध्यै रहरलाग्दा थिए । नजिक पुग्दा तिनीहरू मान्छेजस्तै भद्र लागे ।
तिब्बत यात्रामा मैले अरूले जस्तो अक्सिजनको बोतल बोक्नुपरेन । शरीरले साथ दियो । त्यही भएर मैले यात्राको आनन्द लिन सकेँ । उचाइमा समेत कारमाथि गीत घन्काउँदै घुमियो । वरिपरि सुन्दर पहाड र पृष्ठभूमिमा निलो पानीको दृश्यले यात्रा रमणीय रह्यो ।
तिब्बत भौगोलिक छटाले भरिएको छ । अग्ला पठारदेखि हिउँले ढाकेका हिमालहरू सर्वत्र देखिन्छन् । गहिरा उपत्यका, सफा ताल र अन्तहीन खुला आकाशले ढाकिएको छ तिब्बत ।
तिब्बतका एकदम विकट क्षेत्रमा समेत पुलपुलेसा र विद्युत प्रसारण लाइन देख्न सकिन्छ । स्थानीय जनताको जीवनस्तर उकास्न र उनीहरूको जीवन सहज बनाउन सरकारले हरसम्भव उपाय लगाएको महसुस हुन्छ ।
मूल्यमान्यताको अन्तर
चिनियाँ नेताहरूका तस्बिर तिब्बतका विभिन्न सार्वजनिक स्थानहरूमा देख्न सकिन्छ । यी नेताले तिब्बती जनतालाई गरिबी र दरिद्रताको रसातलबाट माथि उठाउने सङ्कल्प गरेका थिए । आज एकएक पाइला गर्दै त्यो वचन पूरा हुँदैन । यसको विपरीत छन् भारतमा निर्वासनमा बसिरहेका दलाई लामा । तीन वर्षअघि भारतस्थित धर्मशालामा एक बच्चालाई आफ्नो जिब्रो चुस्न लगाएको उनको भिडियो सबैले देखेका छन् ।
तिब्बतमा मैले धेरै तिब्बतीहरूलाई मुसुमुसु हाँसिरहेको पाएँ ।
मैले एक तिब्बती बुढाबाले आफ्ना नातीलाई थपडी लगाउन सिकाएको देखेँ । बच्चाले थपडी बजायो पनि ¤
मैले एक सुखी बाबुलाई आफ्नी छोरीसँगै उफ्रीउफ्री नाचिरहेको देखेँ । छिमेकीहरू ती बाबुछोरीलाई हेरेर मक्ख परिरहेका थिए ।
–समाप्त
(स्रोत : कोभर्ट एक्सन म्यागेजिन । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *