कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तरमै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
- असार २१, २०८३
सियोल, २१ असार (एएफपी) । चीनका राष्ट्रपति सी चिनफिङले प्रजातान्त्रिक जनगणतन्त्र कोरियाली नेता किम जोङ उनसँग मिलेर दुई देशबिचको सम्बन्धलाई ‘दीर्घकालीन, स्वस्थ र स्थिर’ विकासतर्फ लैजान तयार रहेको बताउनुभएको प्योङयाङको राज्य सञ्चालित सञ्चारमाध्यम ‘कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)’ ले आइतबार जानकारी गराएको छ ।
गत महिना राष्ट्रपति सी चिनफिङको उत्तर कोरिया भ्रमणपछि उहाँहरूबिच उक्त कुराकानी भएको हो । उक्त भ्रमणको क्रममा दुई नेताले कोरियाली प्रायःद्वीपमा तनाव बढिरहेको र प्योङयाङले रुससँग सैन्य सहकार्य बढाइरहेको बेला सम्बन्धलाई अझ गहिरो बनाउने प्रतिबद्धता जनाएका थिए ।
जुलाई १ मा लेखिएको सन्देशमा राष्ट्रपति सीले चीनको कम्युनिस्ट पार्टीको स्थापना भएको १०५ औँ वर्षगाँठको अवसरमा नेता किमले पठाएको बधाई सन्देशप्रति धन्यवाद व्यक्त गर्नुभएको केसीएनएले कोरियाली अधिकारीलाई उद्धृत गरी जानकारी दिएको हो ।
राष्ट्रपति सीले भन्नुभयो, “किमको सन्देशले प्रजग कोरियाली नेता, सत्तारुढ कोरियाली मजदुर पार्टी र प्रजग कोरियाली जनताको चीनप्रतिको ‘गहिरो र न्यानो भावना’ झल्काएको छ ।
सीले भन्नुभयो, “चिनियाँ कम्युनिस्ट पार्टी र कोरियाली मजदुर पार्टी दुवै माक्र्सवादी सत्तारुढ पार्टी हुन् । दुई देशले राष्ट्रिय स्वतन्त्रताका लागि सँगै लडेका थिए र पुस्तौँदेखि समाजवादी लक्ष्यलाई संयुक्त रूपमा अगाडि बढाएका छन् ।”
“म दुवै पक्षका सम्बन्धित क्षेत्रहरूलाई हामीबिच भएको महत्वपूर्ण साझा समझदारीलाई पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशित गर्न तयार छु । चीन–उत्तर कोरिया सम्बन्धलाई दीर्घकालीन, स्वस्थ र स्थिर विकासतर्फ नेतृत्व गरिनेछ,” सीले भन्नुभयो ।
हालै प्योङयाङको राजकीय भ्रमणको सन्दर्भमा सीले किमलाई भ्रमणको क्रममा दिइएको ‘उत्साही र मित्रवत्’ आतिथ्यको लागि धन्यवाद दिनुभएको छ ।
यो सन्देश कोरियाली नेता किमको पत्रको जवाफमा आएको हो । किमले दुई नेताको नेतृत्वमा प्योङयाङमा भएको शिखर सम्मेलनलाई ‘ऐतिहासिक अवसर’ भन्नुभएको थियो । पेइचिङसँगको सम्बन्धलाई निरन्तर मजबुत बनाउने प्रजग कोरियाको ‘अटल अडान’ रहेको बताउनुभएको थियो ।
प्रजग कोरियाले रुससँग सुरक्षा सम्बन्ध विस्तार गरेको छ । प्योङयाङले मस्कोको युक्रेन आक्रमणमा सहयोग गर्न सैनिक र हतियार आपूर्ति गरिरहेको छ ।
यद्यपि, चीन प्रजग कोरियाको सबैभन्दा ठुलो आर्थिक साझेदार हो ।
Leave a Reply