महान् नेता किम इल सङ, किम जोङ इल पार्टीको महान् ध्येय सदा विजयी रहन्छ
- असार २५, २०८३
मृतक साजन राई डकर्मीका भतिज भरत राईको कागज व्यहोरा :
मेरो काका साजन राई डकर्मी काम गर्थे । भदौ २३ गते काका बानेश्वरमा रहेछन् । बानेश्वर चोकमा गोली लागेपछि हामीले नै अस्पताल पु¥याएका थियौँ । उहाँको २३ गते बेलुका ७ः४९ बजे कोरियन अस्पतालमा मृत्यु घोषणा भएको थियो । दोषीलाई हदैसम्मको न्यायिक कारबाही होस् ।
मृतक बुध्दिबहादुर तामाङका बाबु विष्णुबहादुर तामाङको कागज व्यहोरा :
मेरो जेठो छोरा बुद्धिबहादुर तामाङ कक्षा १२ सम्मको अध्ययन गरी व्यापार गर्थे । भदौ २३ गते छोरा बानेश्वरमा रहेछन् । घरबाट जाँदा बुद्धिले देश हितको लागि जाँदै छु भनेका थिए । सोही दिन बानेश्वर चोकमा गोली लागेछ । भदौ २३ गते नै ट्रमा सेन्टरमा उसलाई मृत घोषणा गरिएको थियो । नेपाल सरकारबाट राहत स्वरूप रु. १५ लाख पाएका छौँ । दोषीलाई हदैसम्मको न्यायिक कारबाही होस् ।
मृतक नीरज पन्तका बुबा कीर्तिबल्लभ पन्तको कागज व्यहोरा :
मेरो छोरा सामान्य औषधी व्यवसायी हुन् । आन्दोलनमा एक्लै र स्वःस्फूर्त सहभागी भएका थिए । घटनाको दिन भदौ २४ गते छोरा महाराजगञ्जमा रहेछन् । सोही दिन महाराजगञ्जमा गोली लागेछ । भदौ २४ गते टिचिङ अस्पतालमा नै मृत्यु घोषणा भएको थियो । नेपाल सरकारबाट राहतस्वरूप रु. १५ लाख पाएका छौँ । आयोगले दोषीलाई हदैसम्मको न्यायिक कारबाही गरोस् ।
मृतक निखिता गौतमका बुबा लोकनाथ गौतमको कागज व्यहोरा :
भदौ २४ गते मेरी छोरी निखिता गौतम गौशाला चोकस्थित आफ्नै घरको छतमा आफन्तसँग बसिरहेकी थिइन् । गोली लागेपछि एकजना अपरिचित व्यक्तिले आमाको काखमा राखेर मोटरसाइकलमा छोरीलाई फ्रन्टलाइन अस्पतालमा पु¥याएका हुन् । अस्पतालले मृत्यु भइसकेको घोषणा ग¥यो । नेपाल सरकारबाट राहतस्वरूप रु. १५ लाख पाएका छौँ । घटना घटाउने तत्कालीन सरकार र जिम्मेवार व्यक्तिहरूलाई हदैसम्मको कारबाही हुनुपर्छ ।
मृतक अनिष पराजुलीका बुबा भीमबहादुर पराजुलीको कागज व्यहोरा :
मेरो एक मात्र छोरा अनिश पराजुली भदौ २४ गते महाराजगञ्जमा रहेछन् । सोही दिन महाराजगञ्जमा गोली लागेपछि आन्दोलनकारीले नै उसलाई अस्पताल पु¥याएका रहेछन् । अस्पताल लगेको केही बेरमै मृत्यु भइसकेको कुरा थाहा पाएँ । नेपाल सरकारबाट राहत स्वरूप रु. १५ लाख पाएका छौँ । यस्ता घटना दोहोरिन नदिन देशमा नातावाद, कुशासन र भ्रष्टाचारको अन्त्य हुनुपर्छ ।
मृतक विजय चौधरीका दाजु अजयकुमार चौधरीको कागज व्यहोरा :
मेरो भाइ विजय चौधरी कक्षा १२ सम्मको अध्ययन सकेर ठेक्कापट्टा गरिरहेको थियो । भदौ २४ गते भाइ संसद् भवनपछाडि रहेछन् । सोही दिन संसद् भवन पछाडि गोली लागेछ । अस्पताल पु¥याएको केही बेरमै उनको मृत्यु भइसकेको थाहा पाएँ । नेपाल सरकारबाट राहत स्वरूप रु. १५ लाख पाएका छौँ ।
मृतक महेश बुढाथोकीका बुबा केशव बुढाथोकीको कागज व्यहोरा :
मेरो जेठो छोरा महेश बुढाथोकी विद्यार्थी हुन् । उसलाई भदौ २३ गते कोटेश्वर चोकमा गोली लागेछ । अस्पताल पुग्नुअगाडि नै उसको मृत्यु भइसकेको रहेछ । नेपाल सरकारबाट राहतस्वरूप रु. १५ लाख पाएका छौँ । दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्छ ।
मृतक उमेश महतकी दिदी सुमित्रा महतको कागज व्यहोरा :
भदौ २३ गते मेरो भाइ बानेश्वर आन्दोलनमा सहभागी थिए भने भदौ २४ गते गौशालामा हिँड्दै गर्दा गोली लागेछ । २४ गते नै फ्रन्टलाइन अस्पतालमा उमेशलाई मृत घोषणा गरियो । नेपाल सरकारबाट राहतस्वरूप रु. १५ लाख पाएका छौँ । घटनाको जिम्मेवार तत्कालीन सरकारका प्रधानमन्त्री, गृहमन्त्री, प्रमुख जिल्ला अधिकारी, प्रहरी महानिरीक्षकलगायत हुन् । दोषीलाई न्यायिक कारबाही गर्नुपर्छ ।
Leave a Reply