दौड प्रतियोगितामा वागीश्वरी र आदर्श आजाद प्रथम
- भाद्र ७, २०८३
भक्तपुर, ७ भदौ । नेपाल मजदुर किसान पार्टी चानपा– ४ चाँगुको आयोजनामा नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्न पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्ड (२०४५ साल भदौ ९) को विरोध तथा भत्र्सना कार्यक्रम शनिबार सम्पन्न भयो ।
उक्त विरोध तथा भत्र्सना कार्यक्रममा नेमकिपा जिल्ला समिति भक्तपुरका उपाध्यक्ष न्हुछेभक्त फोजुले नेमकिपा र नेमकिपाका जनप्रतिनिधिहरूले फोहोर नगरलाई स्वच्छ र सफा सुन्दर नगरमा परिणत गरेको, कामदारवर्गका जनतालाई प्रौढ शिक्षा, साक्षरोत्तर शिक्षा र महिला शिक्षाद्वारा साक्षर बनाइएको, पुर्खाले सिर्जेका सम्पदाहरू संरक्षण गर्ने कार्य गरेको, शिक्षाको विकास र प्रचार गरेको, मोहियानी हकबाट बञ्चित भएका किसानहरूलाई मोहियानी हक प्रदान गराउन विभिन्न कार्य गरेको र गुठी जग्गा रैतानी परिणत गर्न गुठी जग्गा कमाउने किसानहरूलाई सहयोग गर्ने जस्ता जनताको हितमा कार्य गरेको कारण तत्कालीन पञ्चायती व्यवस्थाका मतियारहरूले भक्तपुर काण्ड रचेको बताउनुभयो ।
समाजवादी व्यवस्थामा मात्र शिक्षा र स्वास्थ्य सेवा निःशुल्क हुने, योग्यताअनुसार काम, कामअनुसार ज्याला, व्यक्तित्व विकासमा समान अवसर, काममामको ग्यारेन्टी हुने, ज्येष्ठ नागरिक तथा बालबालिकाहरूको सम्मान, संरक्षण र भलाइ हुने हुँदा समाजवादी व्यवस्था अपरिहार्य भएकोमा उहाँले जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले भक्तपुर काण्डबारे प्रकाश पार्दै आफूलगायतका अन्य साथीहरूले प्रहरी हिरासतमा भोगेको यातना, दुःख कष्टबारे विस्तृत जानकारी दिनुभयो । उहाँले नेमकिपाले मोहियानी हक प्रदान गर्ने, मोहियानी हक सुरक्षा गर्ने, बाली काट्ने र भर्पाई आन्दोलन नगरेका भए किसानहरूको आर्थिक अवस्था नुसुध्रिने र छोरा छोरीहरूलाई उच्च शिक्षा हासिल गराउन नसकिने अवस्था सृजना हुन्थ्यो भन्नुभयो ।
नेमकिपा, चानपा– ४ चाँगुका अध्यक्ष श्रीभक्त भडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मधुबहादुर थापा र धनवीर श्रेष्ठले भक्तपुर काण्ड र समसामायिक विषयमा आफ्ना अनुभवहरू सुनाउनुभएको थियो ।
Leave a Reply