खेलकुदमा गरिएको लगानीलाई उपलब्धिमूलक बनाउनुपर्नेमा जोड
- भाद्र १, २०८३
भक्तपुर, ७ भदौ । माध्यमिक (कक्षा ११/१२) स्तरीय संयुक्त परीक्षा समितिको वार्षिक कार्यतालिकाअनुसार दौड प्रतियोगिता वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा आइतबार महेश्वरी खेल मैदानमा सम्पन्न भयो ।
१००० मिटरको छात्रातर्फको दौडमा वागीश्वरी माध्यमिक विद्यालयका दिया लाखाजु, सुस्मा खड्का, भावना सिंह क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । १५०० मिटरको छात्रतर्फको दौडमा आदर्श आजाद माध्यमिक विद्यालयका समिर नायजू, निसान मगर र अनिल तामाङ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।
प्रमुख अतिथि एवं माध्यमिक (कक्षा ११/१२) स्तरीय संयुक्त परीक्षा समितिका अध्यक्ष एवं आदर्श आजाद मा.वि.का प्रधानाध्यापक सुभद्रा दुवालले कक्षा ११/१२ का विद्यार्थीहरूले अध्ययनका साथै अतिरिक्त क्रियाकलाप एवं खेलकुद प्रतियोगितामा भाग लिँदा व्यक्तित्व विकास हुने बताउनुभयो ।
उहाँले विजयी छात्र–छात्राहरूलाई ट्रफी तथा पदक वितरण गर्नुभएको थियो । सो पुरस्कार वितरण कार्यक्रमको सभापतित्व वागीश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले गर्नुभएको थियो । आयोजक विद्यालयका सहायक प्रधानाध्यापक उकेश सुवाल र अतिरिक्त क्रियाकलाप समितिका संयोजक मङ्गलेश्वर ध्वजुले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा सार्वजनिक मा.वि. (कक्षा ११÷१२ स्तरीय) संयुक्त परीक्षा समितिमा आबद्ध ६ वटा विद्यालयका २८ जना धावकहरुको सहभागिता रहेको थियो ।
Leave a Reply