‘भान्छाघर नै औषधालय’ विषयक अभिमुखीकरण कार्यक्रम
- असार २५, २०८३
भक्तपुर, २५ असार । बाल सेवक आधारभूत विद्यालयले विद्यालय प्राङ्गणमा एक सांस्कृतिक कार्यक्रम गरी बिहीबार ६४ औँ वार्षिकोत्सव मनायो । उक्त कार्यक्रममा २०८३ असार २५ बाट निवृत्त हुनुभएका शिक्षक बाबा मल्ललाई अभिनन्दन गरिएको थियो ।
कार्यक्रमका अतिथि एवम् भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नपाले शिक्षा क्षेत्रमा बढी बजेट छुट्याएको प्रसङ्ग उल्लेख गर्दै बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न धेरै लगानी गरेको कुरा राख्नुभयो । उक्त लगानी खेर जान नदिन सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र समुदायहरू लाग्नुपर्ने र आफ्नो काम कर्तव्यबाट विचलित हुन नहुने पनि उहाँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति कृष्णगोविन्द खाइजुले बालबालिकाको चौतर्फी विकासको लागि कक्षाकोठामा दिइने शिक्षाले मात्र नपुग्ने र अतिरिक्त क्रियाकलापको पनि उत्तिकै आवश्यक भूमिका रहने कुरामा जोड दिनुभयो । उहाँले वर्तमान समयमा विद्यार्थीहरूमा व्यवहारिक ज्ञान र राम्रो संस्कारको विकास गर्नुपर्ने बताउनुभयो ।
शिक्षाप्रेमी पशुपति प्रधानले कक्षा ५ र ८ बाट उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण भएका विद्यार्थीहरूलाई कामाक्षा देवी प्रधान नगद सिरपा प्रदान गर्नुभएको थियो । मुनि विहारका श्रद्धेय भिक्षु विपश्वि धम्मःरामो भन्तेले आफू पनि यही विद्यालयमा अध्ययन गरेको र पहिलाको तुलनामा धेरै भौतिक पूर्वाधार सुधार भएको विचार व्यक्त गर्नुभयो ।
शिक्षासेवी एवम् अक्षयकोष संस्थापक जयन्तकुमार पौडेलले कक्षा १ देखि कक्षा ८ सम्मका गरिब तथा जेहनदार विद्यार्थीलाई अक्षयकोषमार्फत छात्रवृत्ति प्रदान गर्नुभएको थियो । भूतपूर्व प्रअ जयपालहरि कायष्ठले विद्यालयले प्रगति गरिरहेको कुरा उल्लेख गर्नुभयो ।
कार्यक्रममा विद्यालयका नि. प्रधानाध्यापक शोभा ढुकुछुले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा शैक्षिक सत्र २०८२ मा हरेक कक्षामा उत्कृष्ट अङ्क ल्याई प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थी र विभिन्न विधामा विजयी भएका विद्यार्थीलाई पुरस्कार र मेडल वितरण गरिएको थियो ।
Leave a Reply