भारतमा मोदी सरकार र शिक्षामन्त्रीविरुद्ध आन्दोलन जारी
- श्रावण ५, २०८३
भक्तपुर, ५ साउन । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरूको सेवा शर्तसम्बन्धी विनियमावली अविलम्ब पारित गर्न माग गर्दै आन्दोलित भएका बेला अस्पतालका कार्यकारी मेडिकल अधिकृत डा. उज्ज्वल चालिसे भने आइतबारदेखि आफै सम्पर्कविहीन भएका छन् ।
अस्पतालका कार्यकारी निर्देशक डा. चालिसे अस्पतालमा अनुपस्थित भई गैरजिम्मेवार भएका होइनन् बरु स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बोलाउँदा समेत अनुपस्थित रहेका छन् ।
आन्दोलनरत कर्मचारीहरूका प्रतिनिधिहरू मङ्गलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय पुगेर अस्पताल र कर्मचारीका समस्याबारे मन्त्री निशा मेहताको ध्यानाकर्षण गरेका छन् ।
आइतबार अस्पतालका कर्मचारीहरूको सेवाको सर्त र सुविधासम्बन्धी विनियमावली २०८३ बारे स्पष्ट पार्ने एकल एजेन्डासहित आइतबार बोलाइएको अस्पताल व्यवस्थापन समितिको बैठकमा सदस्य सचिव एवं अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे आफै बिनाजानकारी अनुपस्थित भएका थिए । अस्पतालका कर्मचारीहरूले विनियमावली पारित गर्नेलगायत विभिन्न माग राखी सोमबार पाखुरामा कालो पट्टी बाँधी कार्य गरेका थिए ।
भक्तपुर क्यान्सर अस्पताल कर्मचारी संघका अध्यक्ष शिवराम धुख्वाले विनियमावली पारित नभएकोले अस्पताल सुचारु रूपमा अघि बढाउन कर्मचारी विनियमावली जरूरी रहेको तर विनियमावली पारित हुन नदिन अस्पतालका कार्यकारी निर्देशकले नै अनेक बहाना बनाउनु विडम्बनापूर्ण रहेको बताउनुभयो ।
२०७७ साल कार्तिक २४ गते नेपाल सरकारले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति गठन आदेश जारी गरी सरकारी स्वामित्वमा लिएदेखि नै त्यहाँ कार्यरत डाक्टर, नर्सलगायतका कर्मचारीहरूको सेवा सुविधासम्बन्धी विनियमावली तयार गरी स्वास्थ्य मन्त्रालयमार्फत पारित गराउने प्रक्रिया थालिएको थियो । लामो समयसम्मको प्रयासपछि २०८३ जेठ १३ गते व्यवस्थापन समितिको बैठकले पारित गरेको थियो ।
उक्त विनियमावली पारित हुन नदिन अस्पताल विकास समितिका सदस्य–सचिव समेत रहेका डा. चालिसेले विभिन्न बहाना बनाई बैठक टाल्दै आएका र र बैठक टाल्न नसकेपछि आफैले बोलाएको बैठकमा आफै अनुपस्थित रहेर गाईजात्रा प्रदर्शन गरिरहेको अस्पताल विकास समितिका एक सदस्यले बताए ।
Leave a Reply