सिद्धान्तको लिलाम, कुर्सीको सौदाबाजी
- श्रावण २२, २०८३
हावाको बहारसँगै उड्न मन छ मलाई
बिना कुनै डर हिमालको शिखरमा पुग्नु छ मलाई
सूर्यको प्रकाशझैँ आफ्नो भविष्य उज्यालो बनाउनु छ मलाई
समाजको यो पिँजडा तोडेर चन्द्रमा छुनु छ मलाई
खुट्टामा बाँधिएका खोक्रा समाजका नियम तोड्नु छ
इज्जतको नाममा थुनिएको कोठाबाट निस्किनु छ
सुन्दरताको नाममा कोरिएका रेखा मेट्नु छ
आफ्नो लागि आफैँ अटल भएर उभिनु छ
इन्द्रेणीका सातै रङमा यो जीवन रङ्गाउनु छ
बाँधिएका पखेटा फिँजाई खुला आकाशमा स्वतन्त्र उड्नु छ
सुन्दरताको रूपभन्दा आत्मविश्वासको प्रतीक बन्नु छ
मरुभूमिमा पनि अडिग उभिने क्याक्टस बन्नु छ
अरूको छाया होइन, आफ्नै पहिचान लेख्नु छ
नियतिको होइन, आफ्नै निर्णयको बाटो रोज्नु छ
आँधी आए पनि नझुक्ने साहस बोक्नु छ
हरेक चोटलाई सफलताको आधार बनाउनु छ
मौनलाई कमजोरी ठान्ने आँखालाई उत्तर दिनु छ
आँसु होइन, मुस्कानले इतिहास लेख्नु छ
हारलाई अन्त्य होइन, नयाँ सुरुवात मान्नु छ
हरेक असम्भवलाई आफ्नो प्रयासले सम्भव पार्नु छ
मलाई कसैको सीमाभित्र बाँधिएर जिउनु छैन
आफ्नै सपना बोकी आकाश नाप्न जन्मिएकी हुँ
मेरो अस्तित्व कसैको परिभाषाले होइन
मेरो आत्मविश्वास र सङ्घर्षको कथाले चिनाउनु छ ।
Leave a Reply