सिद्धान्तको लिलाम, कुर्सीको सौदाबाजी
- श्रावण २२, २०८३
सबै थाहा नहुन सक्छ
इतिहासै साक्षी छ
शासनै गरेका राणा सरकारहरूले
पूरा १०३ वर्ष ।१।
त्यसपछि श्री ५ हरूले पनि
शासन गरेकै हुन्
तर, साँध सीमाका विषयहरू
कसैले गरेनन् समाधान ।२।
बरु कसरी लाजै पचाएर
आ–आफ्नो समयमा
सबैले सक्दो भन्नु भने
हामी छैनौँ फेरि ।३।
तैपनि, अफशोच गर्नै सकेनन्
हेर्नुस् कसैले पनि
खाली मुखैले कस्तो
पार्नु पारे ठिक्क ।४।
के गर्नु सोझा जनता
नचाहेरै पत्याई हाले
उता भने छिमेकीले
पेल्नुसम्मै पेले ।५।
हुन त होला हुन पनि
यो ज्यादै पेचिलो
तर, तैपनि लागी नपर्दा
जे गरे’नि भयो ।६।
Leave a Reply