भर्खरै :

शिलु महादेव दर्शन र केही जिज्ञासा

शिलु महादेव दर्शन र केही जिज्ञासा

सामाजिक सञ्जालमा जीआर रञ्जितको नामबाट प्रेषित भएको शिलु महादेवसम्बन्धी पोस्टमा मेरो ध्यान आकर्षिक भएको छ । शिलु महादेव दर्शन गर्न खुला गरिएको सम्बन्धी मलाई लागेका केही जिज्ञासा सम्बन्धित निकाय वा समितिबाट प्रस्ट गरिदिने विश्वास लिएको छु ।
सर्वप्रथम मठ, मन्दिर र सम्पदाले भरिपूर्ण भक्तपुर सहरमा साउन महिना अवधिभर शिलु महादेव दर्शन गर्ने अवसर प्राप्त भएकोमा मलगायत सम्पूर्ण भक्तजन खुसी छौँ । तथापि, केही गुनासाहरू पनि सुनिएका छन् ।
– वडा समितिबाट व्यवस्थापन समिति गठन गर्नुभन्दा अगाडि गठन भएको समितिलाई काम गर्न दिइएन भन्ने कुरा साँचो हो भने नगरपालिकाले ठीक काम गरेको मान्नुपर्छ किनकि शिलु महादेव कुनै २/४ जना व्यक्तिको पेवा होइन ।
– शिलु महादेवमा प्रत्येक सोमबार रुद्री गर्न १२/१४ जना पुरोहित आवश्यक हो कि होइन ? हो भने दक्षिणा एवम् आर्थिक भार कसरी व्यवस्थापन हुन्छ ?
– भक्तजनबाट चढाइएको दक्षिणा कोषमा जम्मा हुन्छ कि मन्त्री र सांसदहरूलाई होटलमा लगेर जलपान गराउन खर्च गरिन्छ ?
– स्थानीयबाट मन्दिर परिसरमा भजन किर्तन गर्नु राम्रो हो । तर, निश्चित समयको व्यवस्थापन गर्नु अझ उपयुक्त हुन्छ ।
– लाय्कु दरबार क्षेत्रमा कुनै सांस्कृतिक गतिविधि गर्न नगरपालिकाको अनुमति आवश्यक छ कि छैन ? छ भने बिच बाटोमा नृत्याङ्गनाहरू ल्याएर नाचगान गराउन मिल्छ कि मिल्दैन ?
– व्यवस्थापन समितिका सचिवको तर्फबाट सामाजिक सञ्जालमा आएका फोटो, भिडियो तथा अन्य पोस्टहरू समितिको आधिकारिक हो कि होइन ?
गणेशराम, बालाखु

Leave a Reply

Your email address will not be published. Required fields are marked *