सिद्धान्तको लिलाम, कुर्सीको सौदाबाजी
- श्रावण २२, २०८३
भदौ २३ गते
निहत्थामाथि गोली हान्ने
भदौ २४ गते
देशभरि आगजनी गर्ने
निहत्थामाथि गोली
सम्पत्तिमाथि आगजनी
गर्नुपर्ने किन ?
देश ध्वंस पार्नुपर्ने किन ?
के दोषीहरू
जनतालाई थाहा नभएको हो र ?
छाती फर्काएर हिँडिरहेका
अपराधीलाई नचिनेको हो र ?
कोही निर्वाचित हुँदैमा
कोही मनोनीत हुँदैमा
कोही सिंहदरबार पुग्दैमा
के अपराध छोपिन्छ र ?
जाहेरी नै दर्ता नहुने किन ?
पक्राउ परे पनि
छोडी हाल्ने किन ?
२०८३ साउन २१
Leave a Reply