सफाइको कुरा गरूँ कि नगरूँ ?
- भाद्र २, २०८३
“काम गर्नमा तिमी महान् बन जस्तो कि तिमी विचारमा महान् छौ कुराजस्तो काम गर, कामजस्तो कुरा”– शेक्सपियर
शेक्सपियरको जन्म सन् १५६४ मा बेलायतको स्ट्रेटफोर्डमा भएको थियो । उनका पिता एउटा साधारण व्यापारी थिए । उनका दुई दिदी बहिनी र तीन दाजु भाइ थिए । शेक्सपियरको प्रारम्भिक शिक्षा ग्रामर स्कूलमा भयो र ते¥ह वर्षको उमेरमा पिता जेल परेकाले आर्थिक दुरवस्थाको कारण उनी आफ्नो पढाइ छोडन बाध्य भए ।
शेक्सपियर १८ वर्षको तन्नेरी उमेरमा स्ट्रेट फोर्डकै एनी बेटली नामक युवतीसँग प्रेम गरेका थिए । उनी असाध्यै राम्री थिइन् । सुन्दरता र विद्वताकी धनी एनी बेटली पनि शेक्सपियरलाई अति चाहन्थिन् ।
तर, शेक्सपियरको मति बिग्रेर उनी आफूभन्दा आठ वर्ष जेठी किसानकी छोरी एनी हाथवेलाई राती–राती भेट्न जान्थे । यिनीहरू दुईको शारीरिक सम्बन्धबाट हाथवेको गर्भ रहन गयो र त्यति राम्री एनी वेटली प्रेयसी हुँदा हुँदै पनि वाध्यतावश यिनले एनी हाथवेलाई बिहे नगरी सुखै पाएनन् । हाथवे मुखाले थिई । त्यसै पनि लोग्नेलाई कचकच गरिरहन्थी । यसैबाट आजित भएर शेक्सपियरले आफ्ना अधिकांश नाटकहरूमा लोग्नेमानिसलाई आफूभन्दा जेठी स्त्रीसँग बिहे नगर्नु भनेर चेतावनी दिन खोजेका छन् । शेक्सपियर र एनी हाथवेको विवाह सन् १५८२ मा भएको थियो । दाम्पत्य जीवन सुखमय हुन नसकेकाले २१ वर्षको उमेरमा उनी लण्डन गए ।
एकपटक गाउँको जमिनदारको बगैँचामा बसेर एउटा हरिण मारेकोले उनले आफ्नो गाउँ छोडेर लण्डन जान बाध्य हुनु प¥यो भन्ने भनाइ छ । त्यहाँ उनले अभिनेताको काम गरे अनि ग्लोव थिएटरमा व्यवस्थापक स्टेजसेटिङ, नाटक प्रस्तोता आदिको रूपमा काम गरे । जसले गर्दा उनलाई एउटा सफल नाटककार बन्न सहयोग पुग्यो, अनि उनी ग्लोव थिएटरका हिस्सेदार हुन पुगे ।
यसरी शेक्सपियर सफल कवि र नाटककार मात्र नभई आफ्नो व्यवहारिक कुशलताले गर्दा आर्थिक दृष्टिले पनि सफलकर्मी रहे । नाटकहरूद्वारा मात्र नभई आफ्ना नाटकहरूमा प्रयोग गरिएका चौध हरफ कविता गीत (Sonnet) द्वारा समेत शेक्सपियरले अङ्ग्रेजी साहित्यमा अद्वितीय स्थान ओगटेका छन् ।
शेक्स पियरका कृति
शेक्सपियरको साहित्यिक यात्रालाई मोटामोटी रूपमा चार चरणमा विभाजित गरी अध्ययन गर्न सकिन्छ । पहिलो चरणमा उनले समाजमा ज्यादै लोकप्रिय रहेका पुराना कथा र नाटकहरूको समय सापेक्ष रूपमा पुनः लेखन गरे । प्रथम चरण सन् १५९५ सम्म रह्यो र लम्सलेवर लस्ट तथा ‘कमेडी अफ एरर्स’ जस्ता कृतिहरू यस अवधिका प्रमुख कृति मानिन्छन् ।
दोस्रो चरण सन् १५९५ देखि १६०१ सम्मलाई लिइन्छ । जुन अवधिमा विभिन्न ऐतिहासिक नाटकहरू लेखिए । ‘हेनरी चतुर्थ’ सिरिज तथा सुखान्त नाटक ‘एज युलाइक इट’ र ‘थ्येल्पथ नाइट’ यसै अवधिमा लेखिएका हुन् । यी दुई उनका मौलिक नाटक हुन्, जसले त्यसबेलाका सबै नाटककार तथा रङ्गमञ्च व्यवसायीहरूलाई र पूरै लण्डनको समाजलाई प्रभावित पारे । यस अवधिका उनका नाटक त्यति गम्भीर नभए पनि तिनमा जीवनका जन्मजात स्वभाव र प्रकृतिको यथार्थ वर्णन पाइन्छ । तेस्रो चरण सन् १६०१ देखि सम्मलाई लिइन्छ । जुन अवधिमा ह्यामलेट, ओथेलो, म्याकवेथ तथा किङ्गलियर आदि १६०८ जस्ता गम्भीर एवं दुखान्त नाटकहरू लेखिए । लण्डन वा इङल्यान्डमा मात्र नभई सम्पूर्ण युरोपमा नै उनका यी नाटकहरूले हलचल मच्चाइदिए, जसद्वारा साहित्यमा उनको महानतम् स्थान स्थापित हुन पुग्यो ।
चौथो चरण सन् १६१२ मा सुरु भई १६१३ सम्म कायम रहन्छ । यस चरणलाई शेक्सपियरको युग पनि भनिन्छ । यस चरणमा उनले द बिन्टर्स टेल, रेम्पेस्ट आदि नाटक लेखे । यद्यपि, यी नाटकहरू दुःख र सङ्घर्षले भरिएका छन् । तर पनि त्यति गम्भीर वा दुखान्त छैनन् । यस चरणका नाटकका कथामा उनले अत्यधिक कल्पनाको आश्रय लिएका छन् ।
आफ्ना सबै नाटकमा शेक्सपियरले अति भौतिक तत्व तथा अविश्वसनीय घटनाको वर्णन गरेका छन् । आजको यस वैज्ञानिक युगमा चर्चित भूतप्रेतसम्बन्धी कथामा प्रायः मानिस विश्वास गर्दैनन् । यी कुराका अतिरिक्त शेक्सपियरले आफ्ना नाटकहरूमा मानव मनोविज्ञानका सूक्ष्मतम कुराहरू ज्यादै नै राम्रो ढङ्गले अभिव्यक्त गरेका छन् र यी नै उनका साहित्यका सबैभन्दा महत्वपूर्ण विशेषता हुन् । यसैले शेक्सपियर विश्व प्रसिद्ध साहित्यकार हुन् । यस्ता महान् विभूतिको निधन सन् १६१६ मा लण्डनमा भयो ।
सन्दर्भ सामग्री
१) A hand book of the study of literature – Mahindra nath sinha
२) English literature – R.J Rees
Leave a Reply