फिडेलले हामीलाई जे दिनुभयो
- भाद्र २, २०८३
न्वारानमा नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका राखे पनि चिनामा तिनीहरूको नाम ‘सफाइ अड्डा’ नै हो । आज त तिनीहरूले स्थानीय सरकारको मान र हैसियत पाएका छन् । आफ्नो सहर–नगर सफाइ गर्नु तिनीहरूको परम कर्तव्य हो ।
देशका थुप्रै पालिकाहरूमध्ये सफाइको काममा को कति सफल र असफल छन् त्यो अध्ययनको विषय हो । यहाँ म आफ्नै भक्तपुर नपाबारे केही चर्चा गर्न लोकप्रिय ‘मजदुर’ दैनिकको सहयोग खोजिरहेको छु ।
त्यसो त सफाइकै विषयमा दैनिक ‘मजदुर’ मा पाठकपत्र, समाचार, टिप्पणी, गुनासो, आलोचनाहरू धेरै पढिसकेको छु । तीमध्ये कतिपय अँध्यारोमा हानेको गुच्चाजस्तै भयो– फासफुस । त्यसैले सफाइको कुरा गरूँ कि नगरूँ भन्ने दोमन भए पनि ‘… को खुट्टा बाटो मै पर्छ’ कि भन्ने आशाले लेख्दै छु ।
हिजोको हाम्रो फोहर नगर आज सफा नगर भएको छ, खुसी लागेको छ अनि गर्व महसुस भएको छ ।
यसका हकदार नेपाल मजदुर किसान पार्टीका नेता कार्यकर्ता, नपाका पूर्व र वर्तमान जनप्रतिनिधि, किसान–मजदुर, शिक्षक–विद्यार्थी, विभिन्न शैक्षिक–सामाजिक सङ्घ–संस्था, व्यापारी–व्यवसायी, वृद्ध–युवा, पुरुष–महिला अर्थात् सम्पूर्ण नगरवासीको योगदान छ । त्यसमा सफाइसँग सम्बन्धित कर्मचारी र मजदुरको पनि उ

सलाँ गणेश
ल्लेख्य योगदान छ । सफाइ अरूको लागि होइन आफ्नै लागि हो भन्ने चेतना जगाउन लामै समय लाग्यो । परिणाम नगर सफा भयो तर दुःखको कुरा सफा संस्कार बसिसकेको छैन । त्यसैले, अझै धेरै काम गर्न बाँकी छ, प्रयास जारी राख्नुपर्ने निर्विवाद छ । सफा नगरका नगरवासी र कर्मचारी दुवै पक्षबाट केही कमीकमजोरी भएको स्पष्ट दृष्टिगोचर हुन्छ । यहाँ केही तस्बिरबाट कुरा थालौँ –
च्यामासिंह नगरको व्यस्त क्षेत्रमध्ये एक हो । यहाँ स्कूल, अस्पताल, बस स्टप छ । तर, त्यहाँ हरेक दिन चित्रमा जस्तै फालिएको फोहरको डङ्गुुर हुन्छ र दुर्गन्धको साम्राज्य चल्छ ।
त्यस्तै, व्यस्त महालक्ष्मी बस स्टपमा पनि फालिएको फोहरको डङ्गुरको दृश्यावलोकन गर्दै र दुर्गन्ध सुँघ्दै ख्वप कलेजका हजारौँ विद्यार्थीलगायत आवत–जावत गर्छन् ।
कमलविनायक बस स्टप पनि फोहर फाल्ने ठाउँ बनेको छ ।
अनि, ऐतिहासिक सलाँ गणेश मन्दिरकै अगाडि गाडाहरूले फोहरका बोराहरूको ‘गोदाम’ बनाएको देखिन्छ ।
यी थुपारिएका फोहर पछि मिनिट्रकमा राखेर गन्तव्यमा लैजान्छ । त्यहाँ दुई–चार मुठी चुन छर्के पनि दुर्गन्ध हटेको हुँदैन ।
यी केही प्रतिनिधि चित्र हुन् । तर, यस्तो किन भइरहेको छ ? धेरैको मनमा जिज्ञासा छ ।
त्यसो त हरेक दिनको एकाबिहानै नपाका गाडाहरूले हरेक टोलमा फोहर बटुलेर लैजान्छ । त्यो सानो गाडामा फोहर अटाइ नअटाई हुन्छ र गाडीमा हाल्न भन्छ । तर, गाडीवाला सङ्कलक सधैँ हतारोमा हुन्छ ।
त्यसपछि ‘यो नगर भक्तपुर….’ गीत बजाउँदै ट्याक्टर, थ्री ह्वील (टेम्पो), मिनिट्रक फोहर सङ्कलन गर्न सबै वडामा आइरहेका छन् । तैपनि, ठाउँ–ठाउँमा जथाभावी फोहर किन फालियो र दुर्गन्ध फैलियो ?

च्यामासिंह
सफा नगरमा दाग भएको नसुहाएकोले यसबारे भक्तपुर नगरपालिकाले एउटा ठोस बन्दोबस्त र नियम बसाल्नैपर्ने देखिन्छ । सल्लाह स्वीकार्य छ भने बस स्टपमा मात्र होइन कहीँकतै पनि फोहर भुइँमा पर्नै नदिने उपाय गर्नुपर्ने देखिन्छ । कुहिने र नकुहिने फोहर घर–घरबाटै छुट्याउनै पर्ने नियम, अपवादलाई छोडेर बसिसकेको छ र नपा धेरै सफल भएको छ । तर, चित्रमा देखिएको फोहरको डङ्गुरमा कुहिने र नकुहिने दुवै मिसिएको छ । यसबाट नपाको प्रयास असफल बनेको छ र फोहर छुट्याउने अनुरोधको सोझै बेवास्ता भएको छ ।
फोहर जथाभावी नफालौँ, नपाको गाडा र गाडीमा मात्र कुहिने र नकुहिने बारअनुसार राखौँ भन्ने नपाको अनुरोध छ । यसको सोझो अर्थ नपाले आफ्ना गाडीहरूबाट फोहर सङ्कलन गर्ने छ भन्ने हो । तर, सङ्कलन कसरी गरिन्छ ? घर–दैलोबाट कि दोबाटो, चौबाटो, चोकमा बसेर ? नपामा बुझ्दा फोहर सङ्कलन प्रत्येक घर–दैलोबाट गर्ने हो । यद्यपि, जहाँ थ्री ह्वील पनि जान सक्दैन त्यहाँ भने गल्ली वा चोक बाहिर कुरेर फोहर सङ्कलन गर्ने र नगरवासीले फोहर ल्याइदिनुपर्ने हुन्छ ।
नपाको यो नियम त्यहीँका अधिकांश कर्मचारीले इमानदारीपूर्वक पालना गरिरहेका छैनन्– यो कटु यथार्थ हो । फोहर सङ्कलन गर्नेहरू गीत बजाउँदै घुम्न आएको भान हुन्छ । तिनीहरू आफ्नो कार्य क्षेत्रको छिटोभन्दा छिटो एक फन्को लगाएर ‘सरकारी काम कहिले जाला घाम’ गरिरहेका छन् । विभिन्न टोलका साथीहरूको भनाइ सुन्दा ती कर्मचारीहरू नपाको उद्देश्य र लक्ष्यका विरोधी देखिएका छन् –
१) हिजोका दिनमा घर–दैलोमा आएर फोहर सङ्कलन गर्थे । कारणवश कुनै दिन वा केही दिन फोहर फाल्नेको सङ्ख्या घट्दा त्यसपछि आउन छोडे । घर–दैलोमा किन नगएको भन्दा फोहर फाल्ने नै छैन भनी जवाफ दिन्छन् ।
२) साँघुरा सडक वा गल्लीमा पनि हिजो ट्याक्टरले फोहर सङ्कलन गरेको थियो । अहिले थ्री ह्वील भएकोले आउन–जान झनै सजिलो छ । यदि, त्यो बाटोमा कसैले घर बनायो भने आवत–जावत गर्न सम्भव हुँदैन । यदि कर्तव्यनिष्ठ कर्मचारी भए अलिकति घुमेर भए पनि जान मिल्ने ठाउँसम्म गएर घर–दैलोबाटै फोहर सङ्कलन गर्थे होलान् । त्यस्तो नदेखिए पनि फोहर सङ्कलन गर्ने गाडी नजिकको चोकमा बसेर कुर्ने गथ्र्यो । अहिले घर बनिसक्यो, बाटो खुला भयो तैपनि आउँदैन, ‘साउनमा आँखा फुटेको गोरु’ ले झैँ सधैँ बाटो बन्द ठान्दछ ।
३) भक्तपुरमा धेरै साँघुरा बाटा–गल्लीहरू छन् । त्यहाँ पनि विगतमा ट्याक्टर आएर फोहर सङ्कलन गरेको थियो । तर, ट्याक्टरभन्दा सानो थ्री ह्वील चलाउनेहरू बाटो साँघुरो भनेर आउनै मान्दैनन् । बाटो त्यति साँघुरा पनि होइन किनभने थ्री ह्वीलले बाटो साँघुरो भनेको गल्लीमा ५–७ हजार लिटरको ट्याङ्करले पानी सजिलै ढुवानी गरिरहेको छ । ट्याङ्कर जानसक्ने बाटो थ्री ह्वीलको लागि कसरी साँघुरो भयो ? यो माना पचाउनेहरूको बठ्याइँ वा नदिने बराजुले बुधबार बारेकोभन्दा अरू के हो ?
४) सबै होइनन् तर केही चालक र सफाइ मजदुर ‘….को भूत बातले मान्दैन’ भन्नै पर्ने खालका छन् । नगरवासीसँग कसरी व्यवहार गर्ने भन्ने सोमत फिटिक्कै छैन । नगरवासी भनेका आफ्नो तलबका स्रोत हुन्, करदाता हुन् भन्ने हेक्का रतिभर राख्दैनन् ।
५) साँघुरो बाटोमा नजाने फोहर सङ्कलन गर्नेहरू विभिन्न अत्तो थापेर दोबाटो चौबाटोको चोकमा गीत बजाएर बस्छन् । गीत सुनेर फोहरको झोला हत्तरपत्तर टिपेर जाँदाजाँदै तिनीहरू लम्की हाल्छन् । नगरवासीहरू ‘आसे… आसे…’ भन्दै पछिपछि दौडिनुपर्छ । यस्तो दृश्य बिहान घुम्यौँ भने धेरै ठाउँमा देखिन्छ । युवा त दौडिन्छन् तर विचरा वृद्धहरूको हुर्मत जान्छ । कहिलेकाहीँ लाग्छ– यिनीहरू फोहर सङ्कलन गर्न आएका हुन् कि मलामी आएका ?¤ अन्यथा त्यति हतारो किन ?
यी प्रतिनिधि घटनाबाहेक अझ धेरै होलान् । त्यसबारे गुनासो गर्न नगरवासी प्रायः वडा कार्यालयमा पुग्छन् । अनि नगरपालिकाका जनप्रतिनिधिहरूले दायित्व र कर्तव्य बुझाउन ‘अभिमुखीकरण’ गर्छन् । तर, स्थितिमा परिवर्तन भएको छैन । यदाकदा के सुनिन्छ भने नपामा केही कर्मचारी यस्ता छन् जो आफू नभए नगरपालिका नै चल्दैन भन्ने ‘दिउँसै सपना’ देख्छन् । त्यस्तै, कर्मचारीको सङ्गत परेर हो कि अभिमुखीकरणको औचित्य ‘भालुलाई पुराण’ मा खस्केको अनुभव हुन्छ ।
हाम्रो पनि सफाइसम्बन्धी गुनासो गर्नुप¥यो भने जनप्रतिनिधिलाई नै गुहार्ने बानी बसिसकेको छ । तर, नपाको वेबसाइटमा स्यानिटेसन शाखामा काम गर्ने वडा निरीक्षक, सहायक, नगर निरीक्षकलगायत थुप्रै कर्मचारीको सूची देखिन्छ । उनीहरूको काम के हो ? मेनहोलको ढकन भएन, फोहर भयो, फोहर सङ्कलन गरेन… जे कुरामा पनि जनप्रतिनिधिलाई नै भन्नुपर्छ भने ती कर्मचारीको जिम्मेवारी र दायित्व के हो ? नपाको लागि आर्थिक भार नै तिनीहरूको उपयोगिता हो ? सफाइ मजदुरले के कसरी सफाइ गरिरहेको छ, जथाभावी फोहर किन फालियो, नगरवासीका के कस्ता गुनासा छन्… आदिको रेखदेख गर्ने र सकेको सम्बोधन गर्ने जिम्मेवारी तिनीहरूको होइन र ? खोइ त कहाँ के देखियो ?
नगर सफा भएकोमा नपाले करोडौँ ख

बेखाल
र्च भएको, सफाइसँग सम्बद्ध कर्मचारीहरूको प्रशंसा गरेको, कतिपयलाई पुरस्कृत गरेको समाचार पढ्न पाइन्छ । तर, काम नगर्ने, ठग्ने, झारा टार्नेहरूलाई कारबाही पनि गरेको भए सन्तुलित हुन्थ्यो जस्तो लाग्छ ।
जहाँसम्म नगर सफाको कुरा छ यसमा नगरवासी र सफाइ मजदुर दुवैको योगदान छ । फरक के हो भने मजदुरहरूले तलब लिएर सफाइ गरिरहेका छन्, नगरवासीले कर तिरेर सघाइरहेका छन् । यस दृष्टिले नगरको सफाइमा कर्मचारीको योगदान ४० प्रतिशत छ भने नगरवासीको ६० प्रतिशत भन्न मिल्छ कि मिल्दैन ?
कुरा गरूँ कि नगरूँ भन्ने दोमन हुँदाहुँदै पनि धेरै कुरा गरियो । जे होस्, जनप्रतिनिधिहरूजस्तै कर्मचारीहरू आ–आफ्नो दायित्व र कर्तव्यमा निष्ठ होस्, नगर अझ सफा होस्, फोहर प्रत्येक घर–दैलोबाट सङ्कलन गरोस्, बाध्य भएर कसैले पनि जथाभावी फोहर फाल्न नपरोस्, फोहर सङ्कलनको काम फुर्सद र हतारोमा होइन कर्तव्य सम्झेर गरोस्, नगर साँच्चैको सधैँ सफा होस्, नगरवासीहरूप्रति राम्रो व्यवहार गरोस् ।
Leave a Reply