भर्खरै :

गैरसरकारी सङ्गठन स्थानीय जनताप्रति उत्तरदायी नहुने

गैरसरकारी सङ्गठन स्थानीय जनताप्रति उत्तरदायी नहुने

एनजीओ गैरसरकारी सङ्गठन हो । ती सङ्गठनहरू विदेशी सरकारबाट सञ्चालित हुन्छन् । विदेशी सरकारी एजेन्सीसँग साँठगाँठ गर्ने ती सङ्गठनहरू स्थानीय जनताप्रति उत्तरदायी हुँदैनन् । विदेशी दाताहरूप्रति उत्तरदायी हुने भएकाले उनीहरूले गतिला सन्देश बाँड्दैनन् । ती सङ्गठनले गाउँ–ठाउँमा योजनाको नाममा पैसा खन्याउँछन्† सङ्गठनमा लागेका मानिसहरू योजनाकै नाउँमा अकुत सम्पत्ति कमाउँछन् । तिनीहरू धेरै पैसा ल्याउँछन् तर थोरै खर्च गरेर मुख्य मान्छेहरूले पदको दुरूपयोग गरी धेरै कमाउँछन् । उनीहरू विकास र योजनाको नाउँमा पैसा फालेर स्थानीय मानिसलाई पत्रु बनाउँछन्† भाँड्छन्† झूटको खेती गरेर भ्रममा राख्छन् र गलत राजनीति गर्छन् ।
एनजीओले सांस्कृतिक र आर्थिक उपनिवेशवादलाई बढावा दिइरहेको छ । उनीहरू साम्राज्यवादी र पुँजीवादी देशबाट सञ्चालित हुन्छन् । उनीहरू स्थानीय तहको निर्देशनमा होइन विदेशी दाताहरूको उद्देश्यअनुसार सञ्चालन हुन्छन् । उनीहरू साम्प्रदायिक भावना फैलाउन, स्थानीय जनतामाझ आन्तरिक विवाद या मतभेद चर्काउन र फाटो ल्याउन सक्रिय हुन्छन् । एनजीओले त्यो देशको राजनीतिमा असर पु¥याउने, सङ्घर्षको भावनालाई शिथिल बनाउने, विदेश र विदेशीको गुणगान गाउने या पक्षपोषण गरेको हुन्छ । संरचनाको हिसाबले एनजीओले बुर्जुवावर्गको प्रतिनिधित्व गर्छ । राजनीतिक रूपमा एनजीओ साम्राज्यवादी रणनीतिसँग सम्बन्धित हुन्छ । आज विश्वमा हजारौँ हजार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू छन् । नेपालमा पनि खुला या गोप्य रूपमा एनजीओहरू सञ्चालनमा छन् । पछिल्लो चरणमा ‘बारबरा फाउन्डेसन’, ‘हाम्रो नेपाल’ सक्रिय गैरसरकारी संस्थाको रूपमा देखिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ती संस्थाका जिम्मेवार व्यक्तिहरू प्रत्यक्ष या अप्रत्यक्षरूपमा सक्रिय थिए । तिनीहरूकै गोटी चालमा सिंहदरबार, संसद् भवन, सर्वाेच्च अदालतलगायत सयौँ भवनहरू क्षति भएको विश्लेषण छ ।
एनजीओहरूले सामाजिक मञ्च या सञ्जालमा धेरै असर पु¥याएका हुन्छन् । यस्तै यस्तै संस्थानले गर्दा सोभियत सङ्घ १५ टुक्रामा विभाजित भएको थियो । ती संस्थानहरू एसिया, ल्याटिन अमेरिका र अफ्रिकाको सहर गाउँमा फैलिएका छन् । ती संस्थानहरू जहाँ सञ्चालन भए पनि युरोप, अमेरिका र जापानका कुनै संस्थान या दाताहरूको मातहतमा चलेका हुन्छन् । त्यस्तै अमेरिका र साम्राज्यवादी देशको इसारामा चलेका तिब्बती सङ्घ सङ्गठनहरू जेनजी आन्दोलनमा देखिएकै हुन् । तिनीहरूकै उक्साहतमा देशको खर्बाैँ बराबरको सम्पत्ति क्षति भएको हो । खर्बाैँ क्षति पु¥याउने दोषीमाथि नयाँ सरकारले कारबाही त के छानबिनको प्रक्रियासमेत अघि बढाएको छैन । साँच्चै सत्यतथ्यको आधारमा छानबिन गर्दा हाल सरकारको नेतृत्वमा रहेका मन्त्री र सांसदहरू कारबाहीमा पर्नेछन् । कारबाहीमा पर्ने भएरै सरकारले छानबिन प्रक्रियालाई अघि बढाएको देखिँदैन ।
आफूलाई वामपन्थी, माक्र्सवादी भन्ने दलका कति नेता, बुद्धिजीवी, लेखक र पत्रकारहरू पनि एनजीओमा आबद्ध भएर अकुत सम्पत्ति कमाउनमा लागेका छन् । कम्युनिस्ट भन्ने तर कम्युनिस्टको सिद्धान्त र विचार छोडेर, कम्युनिस्टको विचारमा लात मानेर, कम्युनिस्ट पार्टीको आन्दोलन र सङ्घर्ष छोडेर एनजीओमा सक्रिय हुने नेता कार्यकर्ताको क्रियाशीलताले पनि नेपालको कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन पछि परेको हो । साम्राज्यवादी बर्चस्वलाई चुनौती दिँदै आन्दोलन चर्कने बेला झन् एनजीओहरू बढी क्रियाशील हुन्छन् ।
भिजन पब्लिकेसन, बागबजारले ‘एनजीओ एक खतरनाक साम्राज्यवादी जालो’ भन्ने पुस्तक प्रकाशित गरेको छ । साम्राज्यवादी कर्पाेरेसनको हित गर्ने तथा पुँजीवादको अनुहारमा लागेका रगतका धब्बाहरूको ढाकछोप गर्ने काम गैरसरकारी सङ्गठनहरूले गरेका हुन्छन् । जनतामा भ्रम उत्पन्न गरेर अन्योलमा पार्ने, क्रान्तिकारी धार र विचारमा असर पु¥याउने या तिनीहरूको धार परिवर्तनको प्रयास गर्ने, सामाजिक, राजनीतिक, सांस्कृतिक आन्दोलन र बौद्धिक क्रियाकलापमा असर पु¥याउने तिनीहरूको धोको हो । त्यस्तो धोको गैरसरकारी सङ्गठन सञ्चालकहरूले विकास योजना सँगै ल्याएका हुन्छन् । एमसीसी सम्झौता त्यस्तै ठुलो अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग भएको सम्झौता हो । एनजीओले यहाँको राजनीतिक दल र दलको आन्दोलनलाई गैरराजनीतिक बनाउने कोशिशमा जुटिरहेको देखिन्छ । चलिरहेको संसद्समेत छोडेर एनजीको कार्यक्रममा सामेल भएको कुरा उहिल्यै चर्चामा आएको थियो । एमालेका नेता तथा कार्यकर्ताहरू त्यस्तै एनजीओ र आईएनजीओमा सक्रिय भइरहेको खबर छापामा नआएको होइन । कम्युनिस्ट पार्टी भन्ने दलका नेता, कार्यकर्ताहरूको यस्तै कमजोरीले नेपालको कम्युनिस्ट आन्दोलन र पार्टीमा पनि नराम्रो छाप परेको हो । तर, कुनै एक दुई दलको कमजोरीको कारण सबै कम्युनिस्ट पार्टीलाई उही नजरले हेर्नु अर्काे दृष्टिदोष हुनेछ । सबै दलका नेता तथा कार्यकर्ता गैरसरकारी संस्थामा लागेका छैनन् । यो अर्काे सत्य हो ।
भूमण्डलीकरण, उदारीकरण र निजीकरणको नाममा राज्यलाई कमजोर गरेर विश्वका प्राकृतिक संशाधनहरूको दोहन गर्नु विश्व साम्राज्यवादको प्रमुख उद्देश्य हो । एनजीओको उद्देश्य राज्यलाई कमजोर बनाउनु हो । श्रम र उत्पादनसँग नजोडिएको दलाल पुँजीपतिवर्गको उदयमार्फत राज्यलाई कमजोर बनाउने कार्य एनजीओले गर्दै छ । नवउपनिवेशमा उठेका राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई क्षयीकरण गर्नु, वर्गसङ्घर्षलाई कमजोर पारेर जातीय, क्षेत्रीय, साम्प्रदायिक द्वन्द्वको सिर्जना गर्नु एनजीओको अर्काे ध्येय हो । एनजीओहरू साम्राज्यवादको उद्देश्यअनुसार चलिरहेका हुन्छन् । यस अर्थमा तथाकथित कम्युनिस्ट पार्टी या वामपन्थीहरूले एनजीओलाई अकुत सम्पत्ति कमाउने बाटो या माध्यम ठान्नु नितान्त गलत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *