भैरहवामा ‘भक्तपुर काण्ड’ को भत्र्सना
- भाद्र ६, २०८३
भक्तपुर, ६ भदौ । नेपाल क्रान्तिकारी महिला सङ्घ, ९ वडा एकाइ समितिले नेमकिपाको समूल नष्ट गर्न पञ्चायती राज्यस्तरबाट वि.सं. २०४५ भदौ ९ गते रचिएको षड्यन्त्र ‘कालो दिन’ को विरोध तथा भत्र्सना कार्यक्रम शनिबार ठुली ब्रम्हायणी सुडालमा मनाएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी, भक्तपुर जिल्ला समितिका अध्यक्ष एवम् वाग्मती प्रदेशसभाका सांसद सुरेन्द्रराज गोसाईले नेमकिपाको अहिलेसम्म देश र जनताको निःस्वार्थ सेवाबाहेक अरु कुनै स्वार्थ नभएको स्पष्ट पार्नुभयो । उहाँले भक्तपुर काण्ड रचेर नेमकिपाविरुद्ध अनेक भ्रम फैलाई नष्ट गर्न खोज्दा पञ्चायती व्यवस्था आफै अन्त्य भएको बताउनुभयो । त्यसबेलाका पञ्चायती हिमायतीहरू अहिले कुनै पनि रूप र रङ बदलेर फेरि षड्यन्त्र गर्न सक्नेतर्फ सचेत हुनुपर्ने उहाँले बताउनुभयो । अहिले इतिहासलाई एक एक गरी केलाउन लेखेर, सुनाएर वा गीतमार्फत प्रस्तुत गरेर स्मरण गर्नुपर्ने र नयाँ पुस्तालाई समेत सिकाउनुपर्नेमा उहाँको जोड छ ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले पञ्चायती दमन, अन्याय अत्याचारले आपूmसँगै धेरैलाई सताइएको बारे स्पष्ट पार्दै त्यसविरुद्ध लड्न महिलाहरूको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले उपत्यका बाहिर जाँदा पनि विभिन्न पार्टीसँग नेमकिपाको तर्फबाट सैद्धान्तिक सङ्घर्ष गरेको स्मरण गर्नुभयो । उहाँले गरिबवर्ग एक दिन शासनसत्तामा पुग्ने बताउँदै हिजोको दुःखबाट सिकेर कुनै पनि षड्यन्त्रबाट टाढा रहनुपर्ने बताउनुभयो ।
शिक्षक कृष्णप्रसाद धन्छाले भूमिगत जीवनको अनुभव बताउँदै पञ्चायती षड्यन्त्र र जालझेलको सबैतिर पर्दाफास भएकै कारण पञ्चायतको अन्त्य भएको स्पष्ट पार्नुभयो । उहाँले सत्य डग्दैन, झूट टिक्दैन भन्ने चरितार्थ भएको औँल्याउँदै पञ्चायती राज्यस्तरको षड्यन्त्रविरुद्ध महिला सङ्घको योगदानलाई सम्झिनुपर्ने बताउनुभयो ।
राज्यलक्ष्मी प्रजापतिले भक्तपुर काण्ड दोहोरिन नदिन महिलाहरू हरेक कुरामा सचेत भइरहनुपर्ने बताउनुभयो । उहाँले आपूmले बुझेको थाहा पाएको भक्तपुर काण्डको वास्तविक कुरा परिवार, आफन्तजन र छोराछोरीबिच छलफल हुनुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष सविना प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष रवीन्द्र ज्याख्व, छोरीमैयाँ सुजखु, जगतलाल मानन्धर, रामेश्वरी कोजु, कृष्णश्वरी दुवाललगायतले बोल्नुभएको थियो ।
किसान अग्रजहरूले भक्तपुर काण्डलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गरेको उक्त कार्यक्रममा विभिन्न खेल तथा साङ्गीतिक प्रस्तुति पनि भएको थियो ।
Leave a Reply