भर्खरै :

आतङ्कवाद, साम्राज्यवाद र ‘एक क्षेत्र–एक बाटो’

-डीआर
हालसालै सन् २०१७ मे २३ (२०७४ जेठ ९) मा संयुक्त अधिराज्य अथवा बेलायतको इङ्गल्याण्डस्थित म्यान्चेस्टर शहरको एउटा विशाल र व्यस्त विशालबजारको एउटा साङ्गीतिक कार्यक्रममा आत्मघाती आतङ्कवादी हमला भएको थियो । उक्त हमलामा २२ जनाको घटनास्थल मै मृत्यु भयो । ५९ जना घाइते भए । हमलाकारी सलमान अवेदीको पिता र भाईलाई पनि लिवियाको सरकारले हिरासतमा लिएको खबर छ ।त्यसको १२ दिन पछि फेरि म्यानचेस्टर शहरमै अर्को आतङ्गवादी आक्रमणमा ७ जनाको ज्यान गयो र १९ जना घाइते भए । आतङ्कवादी हमलाको निकै लामो सूची छ ।
त्यसैगरी इजिप्टको दक्षिणी मिन्था प्रान्तमा सन् २०१७ मे २६ तारिख(२०७४ जेठ १२) एउटा बसमा क्रिश्चियन धर्मालम्बीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा आतङ्गवादी हमलामा परी कम्तिमा २५ जनाको हत्या भएको र २३ जना घाइते भएका थिए । बस स्यामुएल मोनास्ट्री (मठ ) तर्फ बस जान्दै गरेको थियो । दुई ओटा कारमा बसेर आएका करीब १० जना बन्दुकधारी अज्ञात समूहले उक्त बसलाई रोकेर आक्रमण गरेको थियो । इजिप्टको करीब ५ करोड २० लाख जनसङ्ख्यामा करिब १० प्रतिशत कोष्टी क्रिश्चियनको बसोबास रहेको छ । गत डिसेम्बरदेखि नै इस्लामिक अतिवादी समूहको निसानामा कोष्टी क्रिश्चियनहरु पर्दै आएका छन् । (कान्तिपुर दैनिक , १३ जेष्ठ शनिबार २०७४ तद्अनुसार २७ मे २०१७ )
सन् २०१७ मे ३१ (२०७४ जेठ १७) मा अफगानिस्तानको राजधानी काबुलको व्यस्त र कुटनैतिक आवास क्षेत्रमा जर्मन राजदुतावासअगाडि जानवाक स्क्वारमा स्थानीय समय अनुसार विहान ८ः२५ बजे शक्तिशाली बम विस्फोटमा परी ९० जनाको मृत्यु भएको र ४ सय जना घाइते भएका थिए । जानवाक स्क्वार सबैभन्दा सुरक्षितस्थल मानिन्थ्यो । बम विस्फोट भएको ठाऊँमा निकै ठूलो खाडल परेको थियो । तालिवानले सो आक्रमण आपूmले नगराएको वा त्यसमा संलग्न नभएको प्रष्ट ग¥यो । तर त्यसबारे इस्लामिक स्टेट्ले कुनै प्रतिक्रिया दिएन । ( कान्तिपुर दैनिक , १८ जेष्ठ २०७४)
यहाँ मुख्य–मुख्य आतङ्कवादी हमलाहरुको चर्चा गरिनेछ ः
फिलिपाइन्स,बङ्गलादेश ,अजरबैजान आदि विभिन्न मुलुकहरुमा इस्लामिक स्टेट्बाट २०७३ श्रावण र भदौमा आतङ्कवादी हमलाहरु भएको र युरोपमा शरणार्थी समस्या बढेको समाचारहरु छापिएका थिए ।
२०७३ असार ६ गते अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती आक्रमणबाट १८ जना नेपालीको ज्यान गएको र ४ जना सख्त घाईते भएका थिए ।
यतिखेर ,आतङ्कवादको परिभाषा , पृष्ठभूमि र इतिहासबारे फर्केर हेर्नु समिचीन हुनेछ ।
संयुक्त राष्ट्र सङ्घको परिभाषा अनुसार, आप्mनो राजनीतिक अभिष्ट पुरा गर्न शत्रु वा शत्रु सेनासंग सिधै मुठभेद नगरी निर्दोष जनतामाथि आक्रमण गर्ने र मार्ने काम आतङ्ककवाद हो । यो आतङ्ककवादको परिभाषा एक पक्षीय छ । यसले अलकायदा जस्ता आतङ्ककवादी समूहलाई मात्र इंकित गरेको छ ।
२०७२ साल कार्तिक २८ गते फ्रान्सको राजधानी पेरिसका विभिन्न ठाउँमा अचानक श्रृङ्खलाबद्ध आक्रमण गरी १२८ जनाको ज्यान लिनुको साथै १५० जनालाई सख्त घाइते बनाएको र तीमध्ये १०० जनाको स्थिति अति नै गम्भीर भएको थियो । फ्रान्समा सङ्कटकालीन अवस्थाको घोषणासंगै सबै सिमानाका नाकाहरु बन्द गरिएको थियो । त्यसैगरी , सूरक्षा निकै कडा पारिएको थियो । दोश्रो विश्व युद्ध पछि युरोपमा यो नै सबैभन्दा ठूलो आतङ्ककवादी हमला भएको थियो ।
हमलाको जिम्मेवारी इस्लामिक स्टेट्ले लियो । सिरियाली युद्धमा फ्रान्सले इस्लामिक स्टेट्विरुद्ध हवाई आक्रमण गरी इस्लामिक स्टेट्का धेरै लडाकुहरु मारेकोले त्यसको बदालामा आक्रमण गरेको बताइयो । विश्वभरि नै इस्लामिक स्टेट्को यस आतङ्गकवादी हमलाको घोर भत्सर्ना भयो । त्यसैगरी, कतिपयले पेरिसमा भएको आतङ्ककवादी हमलालाई लिवियाको मोहम्मद गद्दाफीको प्रगतिशील सरकारलाई अपदस्थ गर्न फ्रान्सले पनि इस्लामिक स्टेट्लाई अत्याधुनिक हातहतियार दिई सहयोग गरेको , सिरियाको बसार अल आसादको प्रगतिशील सरकार ढाल्न इस्लामिक स्टेट्लाई भित्रभित्रै नैतिक र भौतिक सहयोग गरिरहेको र बाहिरबाट आतङ्ककवादविरुद्ध लड्दै गरेको दोहोरो मापदण्डको परिणाम भनेका थिए ।
त्यस आतङ्ककवादी हमलाको एक हप्तापछि २०७२ साल मंसिर ३ गते मालीको एउटा होटलमा इस्लामिक स्टेट्ले आतङ्ककवादी हमला गरेको थियो । यसभन्दा तीन वर्ष अघि विभिन्न आतङ्ककवादी समूहहरुले केही देशहरुमा गरेको केही आतङ्ककवादी हमलाहरुको उल्लेख गरौं ।
२०७१ साल पुस १ गते पाकिस्तानको पेसावर शहरस्थित एउटा सैनिक विद्यालयमा तालिवानी आतङ्कवादी हमला भएको थियो । त्यसमा १३२ जना बालबालिकाहरु र शिक्षक–शिक्षिका र कर्मचारीहरुलगायत १४२ जना मारिएका थिए । एक तालिवानी प्रवक्ताको भनाइअनुसार, पाकिस्तानका उत्तरी बाजिकिस्तान र निकटवर्ती खिबेर क्षेत्रमा भएको पाकिस्तानी सैन्य कारवाहीमा सयौं तालिवानी लडाकुहरु मारिएकोले त्यसको बदलामा आर्मी पब्लिक स्कुलमा उक्त हमला गरिएको थियो ।
त्यसैगरी,२०७१ साल पुस २३ गते बुधबार तद्नुसार जनवरी ७, २०१५ मा इस्लामिक लडाकुहरुबाट फ्रान्सको राजधानी पेरिसस्थित व्यङ्ग्य साप्ताहिक पत्रिका चार्ली हेब्डो कार्यालयमा आक्रमण भएको थियो । त्यसमा चर्चित कार्टुनिष्टहरु बाबु , टिग्नुस र बोलिक्कीलगायत १२ जना मारिएका थिए । अरु धेरै घाइते भएका थिए। त्यसमध्ये केहीको अवस्था चिन्ताजनक थियो । हमलाको मुख्य कारण इस्लाम धर्मका खुदा पैगम्बर मोहम्मदको बेइज्जती गर्ने नियतले पटक–पटक कार्टुनहरु छापेको र स्वतन्त्र अभिव्यक्तिको नाममा मुस्लिम जगतमाथि अपमान नगर्न पटक–पटकको दिइएको चेतावनीलाई बेवास्ता गरिएको थियो भन्ने हो ।
संयुक्त राष्ट्र सङ्घको परिभाषामा नपारिएका एकथरी आतङ्कवाद भनेको बदला लिने हिसाबले मात्र निश्चित व्यक्तिहरुमाथि लुकेर वा भेष बदलेर वा नकाव लाएर अचानक आक्रमण गर्ने र मार्ने काम हो । अर्कोथरि आतङ्कवाद भनेको महाशक्ति देशहरुले (साम्राज्यवादी देशहरु) आपूmले भन्या जस्तो नबस्ने कमजोर मुलुकहरुमाथि आक्रमण गरी असङ्ख्य निर्दोष बालबालिका, महिला र अरुहरुलाई हत्या गर्नु पनि हो । उदाहरणको लागि संरा अमेरिका र त्यसको नेतृत्वमा नाटोले युगोस्लाभिया, इराक , लिविया , सिरियाआदि मुलकहरुमाथि रातदिन वम वर्षा गरेर आक्रमण गरे र गर्दैछन् । त्यसैगरी , ती शक्तिशाली देशहरुले अन्य मुलुक र विशेष गरी समाजवादी मुलुकहरुलाई भित्रभित्रै भड्काउने, बिगार्ने, त्यहाँका लोकप्रिय नेताहरुको हत्या गर्ने र गर्न लगाउने, नाकाबन्दी गर्ने, बस, वायुयान, जहाज,चलचित्र घर, रङ्गशाला आदि सार्वजनिकस्थलहरुमा बम विस्फोट गराई निरपराध मान्छेहरुको हत्या गर्ने निकृष्ट क्रियाकलापहरु आतङ्कवादका दृष्टान्तहरु हुन् । त्यसैले भनिन्छ जर्ज डब्लु बुस, बाराक ओबामा, डोनाल्ड ट्रम्प र नाटोका प्रमुखहरु सबैभन्दा खतरनाक आतङ्कवादीहरु हुन् । तिनीहरुले कम्युनिष्ट मुलुक र आपूmले भन्या जस्तो नबस्ने देशहरुलाई आतङ्कवादको सूचीमा राख्ने, आक्रमण र विध्वंसको धम्की दिनु त चोरले ‘चोर आयो ’ भनी चिच्याउनु जत्तिकै हाँस्यापद कुरो हो । यसबाट के कुरो प्रष्ट हुन्छ भने प्रतिक्रियावादी , साम्राज्यवादी र फासीवादीहरु नै आतङ्कवादका श्रोतहरु हुन् ।
उदाहरणको लागि , संरा अमेरिकाको प्mलोरिडा राज्यमा शरण लिई बसेका क्युवाली प्रतिक्रियावादी विद्रोहीहरुमार्फत पनि फिडेल क्याष्ट्रोको नेतृत्वमा रहेको समाजवादी व्यवस्थालाई पल्टाउन नसकेपछि संरा अमेरिकी साम्राज्यवादले सन् १९६० देखि १९६५ सम्ममा फिडेल क्याष्ट्रोको ८ पटकसम्म हत्या गर्ने प्रयास गरेकोे थियो ।भनिन्छ , उनको हत्या गर्न ६३८ ओटा उपायहरु अपनाइएका थिए । तीमध्ये केही उदाहरण यहाँ प्रस्तुत गरिन्छ– मन्द विष र विस्फोटक पदार्थ राखिएका सिगारहरु फिडेल क्याष्ट्रो कहाँ पठाउन अनेक गुप्त कोसिसहरु गरिए । फिडेल क्याष्ट्रोका पूर्व महिला मित्र मार्टिना लोरेन्जले विषालु औषधिका गोलीहरु मिसाइएको कोल्ड क्रिमको जार क्याष्ट्रोको कोठामा पु¥याइन् । त्यो कुरा थाहा पाउनासाथ क्याष्ट्रोले मार्टिना लोरेन्जलाई आप्mनो बन्दुक दिंदै आफूलाई गोली हानेर हत्या गर्न अ¥हाए । तर, तिनले त्यसो गर्न साहस गर्न सकिनन् । त्यसैगरी, क्याष्ट्रोको व्यक्तित्वमा उनको दा¥हीले आकर्षण थपेको उनका विरोधीहरुले थम्याए । त्यसैले उनको दा¥ही झार्ने एक किसिमको रसायन मिसाइएको नुन खानामा राख्ने लगायत अनेक किसिमका गुप्त उपायहरु गरिए । क्युवाको विषयमा थप जानकारीका लागि फिडेल क्याष्ट्रो, क्युवा र क्युवाली समाजवादबारे पुस्तकको अध्ययन जरुरी छ ।
जेम्स ओ कोनेल सीआईएको कार्यवाही डिभिजनको प्रमुख थियो । ऊ आफै क्याष्ट्रोलाई हत्या गर्ने योजना तय गरिएको बैठकमा उपस्थित थियो । उसले क्याष्ट्रोको खाना वा पेय पदार्थमा मिसाउन विषालु चक्कीहरु पठाउने सल्लाह दियो । सीआईएको प्राविधिक सेवा डिभिजनले उत्पादन गरेका त्यस्ता चक्कीहरु जुआन ओर्ता नाम गरेको व्यक्तिलाई दिइयो । गिआनकानाले आपूmलाई क्युवाली सरकारको एक अधिकारी भनी जुआन ओर्तालाई परिचय दिएको थियो । ओर्ताको पहँुच क्याष्ट्रोसम्म थियो । क्याष्ट्रोको खानामा विष मिसाउने पटक–पटकको प्रयास असफल भएपछि ओर्तालाई फिर्ता बोलाइयो । फिडेलको हत्या गर्ने जिम्मा नाम नखुलाइएको व्यक्तिलाई दिइयो । त्यसपछि गिआनकाना र ट्राफिकान्तेले क्याष्ट्रोको हत्या गर्ने प्रयत्नलाई सूक्ष्म ढङ्गले अघि बढाए । तिनीहरुले डा. एन्थोनी भेरोनालाई प्रयोग गरे । एन्थानी भेरोना प्mलोरिडामा बसोबास गर्दै आएका क्युवाली प्रवासी अपराधी गुट जुन्ताको नेता थियो । उसले अमेरिकी डलर १० हजार मागेको थियो । त्यस्तै उसले १ हजार अमेरिकी डलर मूल्य पर्ने सञ्चार साधनहरुको बन्दोबस्त गर्न लगाएको थियो । तर उक्त हत्याको गुप्त अभियान पनि असफल भयो ।
सन् १९९० को दशकमा क्युवामा आर्थिक सङ्कट हँुदा यही मौकामा क्युवाली प्रतिक्रान्तिकारी र संरा अमेरिकी साम्राज्यवादीहरुले क्याष्ट्रोको हत्या र विध्वंसक गतिविधिहरुलाई अघि बढाए । यसैगरी, फिडेल क्याष्ट्रोको अपदस्थसँगै समाजवादी व्यवस्था ढल्ने भयो भनेर होहल्ला पैmलाए ।
फिडेल क्याष्ट्रोको जीवन रक्षा क्युवाली समाजवादी क्रान्ति र निर्माण अनि क्युवाली जनताको भाग्यसंग जोडिएको हुनाले संरा अमेरिकी साम्राज्यवादको निरन्तरको हत्या गर्ने सिलसिला विरुद्ध क्युवाले निकै होशियारी र कडा सुरक्षाको बन्दोबस्त ग¥यो । संरा अमेरिकाको प्mलोरिडा राज्यको राजधानी मायामीमा बस्दै आएका क्युवा र समाजवादी व्यवस्थाविरोधी प्रतिक्रन्तिकारी क्युवाली प्रवासीहरुलाई नै फिडेल क्याष्ट्रोको हत्या गर्ने काममा प्रयोग गर्न खोजियो । प्रतिक्रान्तिकारीहरु क्युवामा अस्थिरता पैmलाउन विभिन्न आतङ्ककारी गतिविधिहरुमा संलग्न छन् । अमेरिकी गुप्तचर संस्था सीआईएद्वारा प्रशिक्षित क्युवाली प्रतिक्रान्तिकारीहरु लुइस पोसादा कारिलेस र ओर्लान्दो बोस्कले सन् १९७६ मा ७३ जना यात्रु बोकेको क्युवाली विमान बार्बाडोजमा विस्फोट गराए । चालक दलसहित सबै यात्रुहरुको मृत्य भयो । त्यसो भएपछि, क्युवाले मायामीमा नै गुप्त आतङ्कवादी र फिडेल क्याष्ट्रोको हत्याको योजना बनाउने समूहभित्रै गएर देश र जनता सेवा र नेताको जीवन रक्षा गर्ने रणनीति बनाइयो । त्यसअनुसार , क्युवाली कम्युनिष्ट पार्टीका इमान्दार सदस्य र सर्वहारा अन्तर्राष्ट्रवादको सिद्धान्तअनुसार निकै वुद्धिमानी र वीरतापूर्वक काम गरिसकेका, पार्टीले जिम्मा लगाएको काम पूरा गर्न हरबखत तम्तयार अवस्थामा रहेका, महत्वपूर्ण सैनिक पदहरु सम्हालेर अफ्रिकी देश अङ्गोलामा युद्ध लडि सकेका, सैनिक गुप्तचरी विभागमा कार्यरत जेरार्डो हर्नान्डेज गोर्डेलो , एन्टोनियो गुरेर्रो रोड्रिग्वेज , रामोन लाबानिनो , फर्नाण्डो गोञ्जालेज लोर्ट र रेने गोञ्जालेज सेवर्टलाई सन् १९९२ मा मायामीतर्फ पठाइए । ती पाँच आतङ्कवादविरोधी देशभक्त र क्युवाली कम्युनिष्टहरुले क्युवाली प्रतिक्रान्तिकारीहरुको क्युवाविरुद्धको आतङ्कवादी गतिविधि र फिडेल क्याष्ट्रोको हत्या गर्ने षड्यन्त्रहरुबारे यथासमयमा सही सूचनाहरु सम्बन्धित ठाउँमा पु¥याउने गर्थे । यसबाट प्रतिक्रान्तिकारीहरुको आतङ्कवादी गतिविधि र फिडेल क्याष्ट्रोको हत्या गर्ने षड्यन्त्रहरु विफल भइरहेका थिए । फर्नान्डो गोञ्जालेजलाई क्युवाली विमान विस्फोट गराउने क्युवाली प्रतिक्रान्तिकारी एवम् आतङ्कवादी ओर्लान्दो बोस्क र उसका गतिविधिहरुमाथि विशेष निगरानी राख्न जिम्मा दिइएको थियो । पछि तिनीहरु पाँचै जना पक्राउ परे । विश्वभरि नै देशभक्त , कम्युनिष्ट र आतङ्कवादविरोधी ती ५ जना क्युवाली योद्धाहरुको निःशर्त रिहाइको माग गर्दै जुलुस, विरोध प्रदर्शन, अन्तरक्रियालगायत गतिविधि भए । परिणामस्वरुप ती पाँच क्युवाली योद्धाहरुप्रति ऐक्यबद्धता झन्रण्झन् बलियो हुँदै गयो । तिनीहरु संरा अमेरिकामा पसेर संरा अमेरिकाविरुद्ध कुनै आतङ्कवादी गतिविधि गरेनन् । बरु, तिनीहरुले संरा अमेरिकाबाट क्युवाविरुद्ध हुने आतङ्कवादी गतिविधिहरु विषयमा सूचना प्राप्त गरी क्युवालाई जोगाउने देशभक्तिपूर्ण काम गरे ।
२०७१ साल पुस १ गते तद्नुसार २०१४ डिसेम्बर १७ को दिन आतङ्कवादविरोधी ३ जना क्युवाली वीरहरु एन्टोनियो ग्युरेरो,रामोन लावानिनो सालाजार र फर्नान्डो गोन्जालेजहरु रिहा भएको खबरले संसारभरि विशेष उत्साह छ¥यो । विशेष गरी,विश्वभरिका साम्राज्यवाद विरोधी प्रगतिशील र कम्युनिष्टहरुमा खुशीयाली छाएको थियो । आतङ्कवादविरोधी दुई जना क्युवाली वीरहरु रेने गोन्जालेज र फर्नान्डोलेजलाई सन् २०११ तिर मुक्त गरिएका थिए । वास्तवमा,ती पाँच आतङ्कवादविरोधी वीर क्युवालीहरुले क्युवाको मात्र प्रतिनिधित्व नगरी ल्याटिन अमेरिका , अफ्रिकालगायत सारा विश्वको नै प्रतिनिधित्व गर्दछन् । ती पा“च आतङ्कवादविरोधी वीर क्युवालीहरु परिवर्तित विश्व परिस्थितिमा मिल्ने गरी मानव अधिकारको पक्षमा आतङ्कवादको विपक्षमा उभेका छन् ।
आतङ्ककवादसंगै पृथकतावाद र धार्मिक अतिवाद पनि आउँछन् । यिनीहरुमा तात्विक भिन्नता रहे तापनि यिनीहरु एकअर्काको परिपुरक हुन् । यस सम्बन्धमा साङ्घाई सहयोग संगठन (क्ऋइ० को भूमिकाबारे केही कुरो चर्चा गर्नु उपयुक्त हुनेछ ।
सन् २००१ जुन १५ को दिन चीनको अगुवाईमा ६ ओटा राष्ट्रहरु चीन ,रुस , कजाकिस्तान, किर्गिस्तान र ताजकिस्तान सम्मिलित शाङ्घाई सहकार्य संगठन ९त्जभ क्जबलनजबष् ऋययउभचबतष्यल इचनबलष्शबतष्यल(क्ऋइ० चीनको शाङ्घाईमा स्थापना भएको थियो । यो खुला क्षेत्रीय अन्तर सरकारी संगठन हो । यो सैनिक गठबन्धन होइन । यो संगठन त आपसी विश्वास, आपसी हित ,समानता ,छलफल, सांस्कृतिक विविधताको सम्मान र साझा विकासलाई अघि बढाउने र साथै एकले अर्काको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने, एकले अर्काको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई सम्मान गर्ने सिद्धान्त समेटिएको शाङ्घाई भावनाप्रति अटल छ । शुरुदेखि नै क्ऋइ ले मध्य एशियामा तीन ओटा दुष्ट शक्तिहरु–आतंकवाद, पृथकतावाद र धार्मिक अतिवादका साथै लागुपदार्थ ओसारप्रसार जस्ता अन्तरदेशीय अपराधहरु विरुद्ध दृढतापूर्वक लड्दै आएको छ । यसले सुरक्षाको साथै आर्थिक क्षेत्रमा पनि धेरै प्रगति गरेको छ । Beijing Review, Aming Higher, Going Larger by Shi Bai, Page 21, September 25, 2014
आतङ्ककवादले समाजवाद स्थापना गर्ने कुरा गर्दैन । उसले जातिवाद, संकिर्ण धार्मिक सम्प्रदायको कुरा गर्छ । यसको ज्वलन्त उदाहरण अल–कायदाअन्तर्गतको इस्लामिक स्टे्ट हो । सन् १९९० मा नै संरा अमेरिकी विद्वान साम्युल पि.हचिङ्गटन क्बmगभ िए।ज्गलतष्लनतयलले आफ्नो प्रसिद्ध कृति ‘सभ्यताको लागि द्वन्द’ (Clashes of Civilizations) मा अबको विश्वमा युद्ध कुनै राजनीतिक वाद वा सिद्धान्तको लागि नभई धर्म वा धार्मिक आस्था, विश्वास, जातीय पहिचान, आ–आफ्नो कला संस्कृतिको लागि मुलुकको सिमाना नाघेर व्यापक क्षेत्रमा वा विश्वव्यापी रुपमा हुनेछ भनी भविष्यवाणी गरेका थिए । सायद यो कागताली वा उनको कल्पना सही सावित भएको वा उनलाई भविष्यवाणी गर्न लगाएर साम्राज्यवादीहरुले वा अल–कायदा जस्ता आतङ्कवादीहरुले लेख्न लगाएर कम्युनिष्ट आन्दोलनहरुलाई निमिट्यान्न पार्न नदेखिने नयाँ चाल चालेको पनि हुन सक्छन् । साम्राज्यवादीहरुले अल–कायदा ,इस्लामिक स्ट्ेट जस्ता आतङ्कवादी एवं संकिर्ण जातिवादी फासीवादीहरु भित्रभित्रै जन्माए ।
प्राचीन रेशम मार्गलाई व्यापारिक संस्कृतिको आधार मानेर आधुनिकस्थल र समुद्री रेशम मार्गमार्फत समग्र रुपमा विश्व शान्ति र विकासलाई गति दिने एक क्षेत्र र एक मार्ग (One Belt One Road) नामको महत्वाकाङ्क्षी चिनियाँ परियोजनाको घोषणा भयो । चीनले त्यस परियोजनालाई आतङ्गवाद र शरणार्थी मामिला समाधनका रुपमा पनि प्रस्तुत गरेको छ ।
लियु युनसान चिनियाँ कम्युनिष्ट पार्टीको पाँचौं वरियताका नेता हुन् । सन् २०१६ जुलाईमा पेइचिङ्गस्थित जन संसदको विशाल भवनको एउटा बैठक कक्षमा भएको एउटा सम्मेलनमा उनले भने ,‘ . . . यो परियोजना विभिन्न संस्कृति र सिद्धान्तबीच निरन्तर बहस र अन्तरक्रियाको माध्यम बन्ने छ । . . . यो परियोजना मानव जातिको साझा भाग्य निर्माणमा समर्पित छ । . . . चीन कसैलाई निषेध गर्न चाहँदैन र विकासमार्फत हामी सबैबीच छलफल तथा अन्तरक्रिया गराउन चाहन्छौं र रेशम मार्ग परियोजनाको उद्देश्य त्यही हो । . . . दोश्रो ठूलो अर्थतन्त्रको हैसियतमा चीन विश्व शान्ति र विकासमा योगदान पु¥याउन चाहन्छ ।’ यसैगरी , उनले आप्mनो मन्तव्यमा विकासमा सबैलाई समावेशी महसुस गराउन सकियो भने आतङ्कवाद र शरणार्थी यी दुई समस्या समाधान हुने बताए । उनले स्यामुयल पि हन्टिङ्टनको नामै लिएर प्रश्न गरे ,‘कुनै एउटा संस्कृति कसरी अरुभन्दा ठूलो र शक्तिशाली होला ?’ हन्टिङ्टनको बहुचर्चित पुस्तक ‘सभ्यताको लागि द्वन्द्व’को नामै नलिइकनै पहिचान र जातीयताका मुद्दाहरुलाई लक्षित गर्दै उनले सबै संस्कृतिको उत्थान त विकासबाट नै सम्भव भएको र विकासमार्फत नै इस्लाम , बुद्ध धर्म वा अन्य कुनै पनि धर्मसँग छलफल र अन्तरक्रिया गर्न सकिने तर्क पनि राखे ।
त्यस सम्मेलनमा ७१ ओटा देशका सञ्चारकर्मीहरु सहभागी थिए । झण्डै ३० ओटा देशका सञ्चारमाध्यमहरुले चिनियाँ जनदैनिकको सहकार्यमा त्यस परियोजनको विकासमा सहयोगी भूमिका निर्वाह गर्न पनि हस्ताक्षर गरे । सम्मेलन चिनियाँ जनदैनिकले आयोजना गरेको थियो । त्यस सम्मेलनलाई ‘२०१६ सञ्चारमाध्यमका आपसी सहयोग मञ्च ः एक क्षेत्र र एक मार्ग’ नाम दिइएको थियो । चिनियाँ जनदैनिक पत्रिका एक दिनमा ३१ लाख प्रति बिक्ने गर्छ । उक्त पत्रिका बहुमुखी सञ्चारमाध्यम संस्था हुनुको साथै चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पनि हो । चिनियाँ राष्ट्रपति सी जिनपिङले यस परियोजनाको घोषणा गरे पछि जनदैनिकले आयोजना गरेको यो तेश्रो सम्मेलन थियो ।
कम्युनिष्ट नेता लियु युनसानले विकसित समृद्ध चीनको व्यावहारिक स्वरुप द्रष्टा तेङ्ग श्याओ पिङ्गको ‘शान्ति र विकास आज विश्वको आवश्यकता भएको र त्यसले नै युद्धको समाप्ति र आतङ्कवाद तथा शरणर्थी समस्या समाधान हुनेछ’ भन्ने मान्यतालाई जोड दिएका थिए ।
इजिप्ट लगायतका अगुवा सञ्चारमाध्यमहरुले संरा अमेरिकाबाट इराक, लिविया , सिरियालगायत मुलुकको आन्तरिक सार्वभौमसत्ताको उल्लङ्घन र अवमूल्यन भएकोले आतङ्कवाद र शरणर्थी समस्याले विकराल रुप लिँदै गएको साथै चीनको एक क्षेत्र र एक मार्ग परियोजनालाई पूर्ण सफल गराउने तर्क राखेका थिए ।
राष्ट्रपति सी जिनपिङ्गले यस परियोजनाको घोषणा गरेलगत्तै चीनले आफ्नो नेतृत्वमा ब्रिक्सका मुलुकहरु रुस , ब्राजिल , भारत र दक्षिण अफ्रिकाको सहभागितामा लगानी र भौतिक पूर्वाधार सुनिश्चित गर्न अन्तर्राष्ट्रिय बैङ्क स्थापित ग¥यो । त्यस बैङ्कलाई संरा अमेरिकाको हितको लागि स्थापित मानिएको विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको समानान्तर बैङ्कको रुपमा हेरिएको छ ।
चीनले उक्त बैङ्कलाई चलाउन करिब ९० खर्ब (नौ टिलियन) प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्दै त्यस बैङ्कमा झण्डै ७० मुलुकसंगै अष्ट्रेलिया , मध्यएसिया , मलेसिया , युरोपेली सङ्घबाट बाहिरिएको बेलायतलाई पनि सामेल गरिएका छन् ।
चीनको उद्देश्य के भने फैलिँदो व्यापारबाट आउने समृद्धि र जनता–जनताबीचको बढ्दो सम्पर्कबाट उनीहरुका आधारभूत आवश्यकता अर्थात् शिक्षा , स्वास्थ्य जस्ता विषयमा यो परियोजनाको लाभ खर्च गरिनेछ ।
यसबाट के थाहा पाउन सकिन्छ भने अनौपचारिक रुपमा विश्व शान्ति र विकास प्रयासको नेतृत्व गर्ने चीनको प्रयासले निकै हदसम्म अनुमोदन हासिल गरिसकेको छ । अर्थतन्त्र र सामरिक सुरक्षामा प्रतिस्पर्धी रहेको संरा अमेरिकालाई पछाडि पार्दै सम्मान जनक नेतृत्व हासिल गर्ने तर्फ पक्कै पनि चीनको यस्तो प्रयास अघि बढ्दैछ ।
( मजदुर दैनिक , २०७३ साउन १६ तद्अनुसार २०१६ जुलाई ३१ , युवराज घिमिरेद्वारा लिखित आतङ्कवादविरुद्ध चिनियाँ औषधि , पृष्ठ ५ , )
त्यसैगरी ,अहिले संरा अमेरिकाको नेतृत्वमा नाटो सैनिक सङ्गठनले समाजवाद उन्मुख राष्ट्रियकरणलाई प्राथमिकत्ता दिने प्रगतिशील व्यवस्थाहरु अनि कम्युनिष्टहरु र कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न अल–कायदा, इस्लामिक स्टे्ट ,पूर्वी युरोपमा पूर्व र नवनाजी फासीवादीहरुसंग खुला र गुप्त सा“ठगाँठ गरी लिवियामाथि आक्रमण गरेर गद्दाफीको निर्मम हत्यासंगै उनको समाजवादउन्मुख प्रगतिशील सरकार र व्यवस्थालाई खत्तम ग¥यो र अहिले सिरियामा इस्लामिक स्टेट्का आतङ्कवादी र युक्रेनमा चाहिँ फासीवादीहरुले आक्रमण गरिरहेका छन् ।
२०७४ जेष्ठ १८

Leave a Reply

Your email address will not be published. Required fields are marked *