फिडेल : मानव जाति खतरामा छ
- भाद्र १२, २०८३
मेरो नाम न्गुएन थि डिन्ह हो तर क्रान्तिको विभिन्न अवस्थाहरूमा भिन्नाभिन्नै नामहरू प्रयोग गरेकी छु । मेरो घर भियतनाममा बेन्ट्री
(Bentre) प्रान्तको गुओन ट्रोम (Giong Trom) जिल्लाको लुङ्ग ह्वा गाउँमा छ । म एक गरिब किसान परिवारबाट आएकी हुँ । मेरो दस दाजुभाइ र दिदीबहिनीहरूमध्ये म सबभन्दा कान्छी हुँ । यसकारण, मलाई सबैले उट् (कान्छी) भनेर बोलाउँथे ।
मेरो सारा परिवार किसान हुन् । मैले १९३० को विद्रोहमा भाग लिएकी थिएँ । त्यसबेला ठुलो दमन भएको थियो । मेरा एक जना दाजु जेल पर्नुभयो । त्यसबेला म एघार वर्षकी थिएँ । तिनीहरूले मेरो दाजुलाई समातेपछि शत्रुले आतङ्क सुरु ग¥यो । त्यसैले, मैले धनी किसानहरूको विरोधमा लड्न सुरु गरेँ । म सा¥है सानो थिएँ । मलाई केही पनि थाहा थिएन । तर, म आतङ्कको विरोध गर्थेँ । मेरो दाजु जेलबाट छुट्नु भएपछि उहाँले मलाई खास गरेर राजनैतिक कुराहरू सिकाउनुभयो । स्न १९३५ मा मैले क्रान्तिकारी आन्दोलनमा भाग लिएँ र त्यस आन्दोलनका नेताहरूले मलाई समचारेको रूपमा स्वीकार गरे । त्यसबेला मैले के जानिसकेको थिएँ भने हामीले फ्रान्सेली र धनी किसानहरूको विरोधमा क्रान्ति गर्नु छ ।
क्रान्तिको निम्ति राम्रो समय आयो – फ्रान्सेली कम्युनिस्ट पार्टीले सरकारमा भाग लियो र हामी भियतनाममा खुला भएर लड्न सक्ने भयौँ । म एक प्रचारक र कार्यकर्ता भएँ । सन् १९३८ देखि १९४५ सम्म म क्रान्तिकारी सङ्गठनकी एक क्रियाशील सदस्य भएँ । सन् १९३९ मा फ्रान्सेलीहरूले दमनलाई चर्काएको थियो । त्यसबेला फ्रान्सेली कम्युनिस्ट पार्टीले पनि क्षति व्यहोर्नुप¥यो । हामीले एक प्रजातान्त्रिक मोर्चा बनाउने निर्णय ग¥यौँ । सन् १९३९ को दमन फ्रान्सेली उपनिवेशवादीहरू र तिनीहरूका पिछलग्गूहरूद्वारा चलाइएको थियो । ती पिछलग्गूहरूले सबै चिनिएका कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने काम गरे । अलि अलि गरेर गुप्त रूपले काम गर्ने कार्यकर्ताहरूसमेत गरिफ्तार गरिए । क्रान्तिसँग सम्बन्ध नै नभएका थुप्रै किसानहरूलाई पनि तिनीहरूले गिरफ्तार गरे । सन् १९४० मा म जेल परेँ । दुई वर्षअघि मात्रै मेरो विवाह भएको थियो । तर, सन् १९३९ मा नै मेरो लोग्ने जेल परिसक्नुभएको थियो । उहाँ सन् १९४२ मा जेलमै बित्नुभयो । सन् १९४० मा म जेल पर्दा मसँग ६ महिनाको बालक थियो । तर, तिनीहरूले त्यस बालकलाई मसँगै जेलमा राख्न दिएनन् । म एकदम डरलाग्दो घना जङ्गलको बारा (Ba-ra) कारागारमा थिएँ ।
कारागारमा सबै गरेर एक हजार राजनैतिक बन्दीहरू थिए जसमध्ये सय जना आईमाई थिए । सन् १९४३ मा मलाई मुटुको रोग भयो र म छोडिएँ । म मेरो गाउँबाट बाहिर जान सक्दिनथेँ, कठपुतली पुलिसले मेरो चेवा निरन्तर गरिरहन्थ्यो र मसँग कसैले मित्रता गर्नासाथै त्यसलाई गिरफ्तार गथ्र्याे । सुरुमा मैले क्रान्तिकारी सङ्गठनसँग सम्बन्ध राख्न सकिनँ । तर, म जनता (खास गरेर किसान) सँग लगातार घनिष्ठ भई नै रहेकी थिएँ । सन् १९४४ मा मात्रै नेताहरूसँग मेरो सम्पर्क रह्यो र सङ्घर्षलाई चालू राखेँ । मैले भेट मिन्ह
(Viet Minh) मोर्चामा काम गरेँ र सन् १९४५ को जनविद्रोहमा भाग लिएँ । त्यसपछि मेरो काम लगातार मोर्चामा भयो । म प्रान्तीय महिला सङ्गठनको समितिका सदस्यको रूपमा चुनिएँ ।
मेरो परिवार गाउँको स्कूलबाट धेरै टाढा थियो । यसकारण, सानीमा कहिल्यै स्कूल जान पाइनँ । म गरिब परिवारबाट भएको हुनाले प्रान्तीय स्कूलमा जाने आशा त झनै गर्न सक्दिनथेँ । सन् १९३५ मा मैले मेरो क्रान्तिकारी गतिविधि सुरु गर्दा म लेखपढ गर्न जान्दिनथेँ । विद्रोहपछि खाली एक महिनाको निम्ति कोचिन–चीन (CochinChina) मुक्त भयो ।
राष्ट्रिय मुक्ति मोर्चाको सशस्त्र सेनाको प्रधान कार्यालयको राजनैतिक विभागको कार्यालयका न्गुएन थि डिन्हले बताए । उनले एक किसानी लुगा लगाएकी थिइन् । कालो–सेतो बुट्टाको सानो ओढ्ने र रबरको चट्टी लगाएकी थिइन् । उनले कपाल डल्लो गरेर पछाडि जुरो बाटेकी थिइन् । तिनी बिस्तारै बोल्थिन् र तिनले पहिलेको सङ्घर्षका सुरुका वर्षहरूको बयान गर्दा उनको भावना लुकाउन सक्दिनथेँ । हामीलाई थाहा थियो कि उनी नै बेन्ट्रे प्रान्तमा हतियार उठाउने पहिलो व्यक्ति हुन् । उनी नै त्यस आन्दोलनका नेतृ पनि थिइन् । हामीले आशा गरेका थियौँ कि तिनले आफैले उनको कामको विषयमा बताइदिन्थे । तर, तिनी यति नम्र थिइन् कि तिनले त्यस विषयलाई छोडिन् र हामीले नै त्यस विषयमा बताउन अनुरोध गर्नुप¥यो । उनी हाँसिन् र भन्दै गइन्, “विद्रोह सन् १९५५ अगस्ट २६ मा भएको थियो । २३ सेप्टेम्बरको दिनदेखि रक्षात्मक लडाइँ सुरु भयो । बेन्ट्रीमा हामी शत्रुसँग लड्यौँ र प्रान्तलाई ५ महिनासम्म कब्जामा राख्यौँ । सन् १९४५ डिसेम्बर १२ को दिन शत्रुले आफ्ना सेनाहरू त्यहाँ केन्द्रित ग¥यो र केही दिनपछि प्रान्तमा कब्जा ग¥यो । हामी जङ्गलमा लुक्यौँ र शत्रुको विरोधमा जनतालाई उठाउन प्रचार कार्य ग¥यौँ । हाम्रो लडाइँ प्रभावशाली थियो र एकै वर्षभित्र अर्थात् सन् १९४८ देखि सन् १९४९ सम्ममा हामीले बेन्ट्रीको दुईतिहाइ भागलाई मुक्त ग¥यौँ । सन् १९५० मा शत्रुले त्यो क्षेत्र फेरि एकचोटि कब्जा ग¥यो ।
फेरि एकचोटि क्रान्तिकारीहरू जङ्गलमा फर्के र सङ्घर्ष चालू राखे । त्यस समयमा मुक्त गाउँहरू थिएनन् । अरु नेताहरू र म व्यक्तिगत रूपले जनतालाई विद्रोहको लागि उत्साहित गर्न जनतामाझ काम गर्न थाल्यौँ ।
सन् १९४६ मा दक्षिणको क्रान्तिको विषयमा रिपोर्ट दिन राजनैतिक सङ्गठनले मलाई हनोई पठायो । त्यसबेला केही पहाडहरू मात्रै मुक्त भएको थियो । बाटो कठिन र खतरनाक थियो, जहाँतहीँ शत्रु थिए । समुद्र र राजमार्गबाट मात्रै जानसक्ने सम्भावना थियो । तर, अन्तमा मैले हनोई पुग्ने र होचि मिन्ह भेट्ने व्यवस्था गरेँ ।
नोभेम्बरमा उहाँले मलाई दक्षिणमा मात्र मालसामान पठाउने कामको जिम्मा दिनुभयो । मैले दस टन हतियार फु एन (एजग थ्भल) भन्ने ठाउँमा ल्याएँ । त्यो स्वयम् एक वास्तविक ऐतिहासिक यात्रा साबित भयो ।
परिस्थिति एकदमै तनावपूर्ण थियो । हवाई हमला हुँदै थियो र जलपोतले सय डुङ्गाहरू डुबाइदिएको थियो । डुङ्गाको यात्रा डरलाग्दो थियो । आँधी चल्यो तैपनि म सुरक्षित रूपले मेरो प्रान्तको किनारामा पुगेँ । त्यस्तो अवस्थामा पनि शत्रुले कहिल्यै छोडेन । हामीलाई इलाका चिन्नै गा¥हो भइरहेको थियो । तर, हामीले एक समचारे भेट्टायौँ र अन्तमा पुग्यौँ । यो कथा भनिएको यो पहिलोपटक हो ।
हतियार आइपुगेकोले हाम्रा सशस्त्र सेनाहरू खुसीले गद्गद् भए । बेन्ट्री प्रान्त सन् १९५० देखि सन् १९५३ सम्म कब्जा गरिएको थियो । सन् १९५१ मा मलाई जनताको जीवनसँग भिज्न आदेश दिइयो र जङ्गल नभएको माकाइ (Macai) सहरको जिम्मा दिइयो । तर, त्यो प्रान्त दमनले दबाइएको थियो र परिस्थिति धमिलो थियो । हाम्रा कामरेडहरू दिउँसो तारको रुखमा लुक्न बाध्य थिए र त्यसमा महिलाहरू चिउँदोसम्म पानी आउने सुरुङमा गुप्त रूपले बस्नुपर्दथ्यो ।
एकचोटि म भूमिगत थिएँ, शत्रुले मलाई भेट्टायो र सुरुङमा जाने ढोका खोज्न थाल्यो । यदि तिनीहरूले सुरुङभित्र लुकेको कसैलाई समात्ने योजना बनाए भने तिनीहरूले उसलाई त्यहीँ मारिदिन्थे र उसको कलेजो निकालेर ६०० रूपैयाँ (पियास्टर) मा बेच्थे । अन्तमा, तिनीहरूले मलाई पक्राउ गरिहाले तर एकै मुखले सबै जनताले दाबा गरे कि म ‘भूमिगत’ वाला होइन । तिनीहरूले मलाई मारेनन् तर बडो निर्यतापूर्वक पिटे । तिनीहरूले मलाई क्रान्तिकारी कार्यकर्ता हो कि भनेर सोधे । मैले होइन, म साधारण एक किसान हुँ भन्ने जवाफ दिएँ । त्यसैबेला केही शत्रु हाम्रो नियमित सेनासँग भिड्न पुग्यो, जनताको मद्दतले मैले भाग्ने र सुरुङमा लुक्ने मौका पाएँ ।
तिनीहरूले मलाई फेरि खोजे तर जनताले म अर्कै ठाउँमा भागिसकेको कुरा तिनीहरूलाई बताए । शत्रुले मलाई क्रान्तिकारी नेता भनेर फेरि खोजीनीति चालू राखे तर मैले राति भाग्ने मौका पाएँ । त्यस दिन तिनीहरूले आफ्नो फौज पठाएँ र बा¥ह जवान कामरेडहरूलाई गोली ठोकेपछि दुई जना अरु कम्युनिस्टहरूलाई समेत मारेर तिनीहरूको कलेजो निकाले ।
सन् १९५२–१९५३ को बेला हामीले केही इलाका र जनताको ठुलो सङ्ख्यालाई मुक्त गरेका थियौँ । त्यस प्रान्तको आन्दोलन धेरै बलियो थियो । अनि फेरि मैले बेन्ट्रीमा फर्किने आदेश पाएँ । शान्ति स्थापना गरिसकेपछि नेतृत्वले मलाई त्यहीँ प्रान्तमा रहेर जेनेवा सम्झौता लागू गराउन र जनतालाई शत्रुको विरोधमा सङ्गठित गर्न तिनीहरूसँगै काम गर्ने निर्णय ग¥यो । अनि म बेन्ट्री सङ्गठनको प्रधानको रूपमा नियुक्त भएँ । सेना र मिलेसियाजस्ता विभिन्न सङ्गठनहरूमा काम गर्ने मेरा धेरैजसो कामरेडहरू उत्तर गए र दक्षिणमा एक सानो दलमात्रै बाँकी रह्यो । सन् १९५८–५९ मा प्रान्त, सहर र गाउँ–गाउँका नेताहरू गिरफ्तार गरिए ।
बेन्ट्रीमा १५५ गाउँहरूमध्ये ३० वटा मात्रै हाम्रो थियो । तीनचौथाइ क्रान्तिकारी नेताहरू गिरफ्तार गरिए । यस्तो पनि एउटा नगर थियो जहाँ हाम्रो एक जना मात्रै साथी थियो । त्यसबेला हामीले सशस्त्र सङ्घर्ष होइन राजनैतिक सङ्घर्षको तरिका अपनाइरहेका थियौँ ।
फ्रान्सविरोधी रक्षात्मक लडाइँमा शत्रुलाई म को हुँ ? भन्ने कुरो थाहा भयो र मलाई मार्न खोजेका थिए । जेनेवा सम्झौतापछि पनि तिनीहरूले त्यहीँ काम गर्न खोजे तर तिनीहरूले म उत्तरतिर छु भन्ने विचार गरेर मलाई खोज्न छोडे । सन् १९५४ र १९५६ को बिचमा जनताको मद्दतले मैले मेरो नाम र ठेगाना बदल्दै गएँ । सन् १९५७ मा जासुसहरूले दक्षिणमा मेरो उपस्थिति पत्ता लगाए । मलाई समातेर ल्याउनेलाई ५ लाख रूपैयाँ
(पियास्टर) इनाम घोषित गरियो र मलाई मार्नेलाई एक लाख इनाम घोषित गरियो । मेरो तस्बिर जहाँतहीँ थियो तर जनताले नै धेरै कठिनाइको बेलामा मेरो जीवन बचाइदिए र मलाई पक्राउ हुनबाट बचाए ।
न्गुएनको कथा शत्रुको हवाईजहाजहरूबाट मनपरी खसालेका बमहरूको विस्फोटले मात्रै रोकिन्नथ्यो । निरन्तर रूपले भियतनामी वीरङ्गनाले भन्दै गइन् –
सन् १९५७ देखि १९५९ सम्म क्रान्तिकारीहरूको निम्ति परिस्थिति तनावपूर्ण थियो । खास गरेर मजस्ता आईमाईको निम्ति यस्तो दुःख थियो कि तिनले कहिले पनि आफ्नो घरमा सुत्न सक्दैनथे । शत्रुले लुक्ने खाल्डाहरू कहाँ छन् भन्ने कुरो पत्ता लगाए र मैले ताडको रुखहरूको टुप्पोमा सुत्न परेको थियो ।
यदि कुनै परिवारले मलाई आश्रय दिएको थाहा पाए भने तिनीहरू गिरफ्तार हुन्थे र तिनीहरूका सारा सम्पत्ति जफत हुन्थ्यो । बिनाहातहतियार जङ्गल पस्नु खतरनाक थियो । म जनतासँग झन्झन् घनिष्ठ रूपले बस्न कोसिस गर्थेँ र पक्राउबाट बच्न म किसान – व्यापारीको रूप बनाउँथेँ अनि म कसैको घरमा बस्दा म त्यस घरकी बिरामी छोरीको रूपमा बस्थेँ । त्यस परिवारले मलाई बचाउँथ्यो र म खुब सुँकसुँक रुन्थे । जनविद्रोह हुनुभन्दा पहिले अग्रदूत सङ्गठनले मलाई जनतालाई सशस्त्र बनाउने र सशस्त्र सङ्घर्षको प्रस्तावबारे प्रचार गर्न नियुक्ति ग¥यो । मेरो प्रान्तमा मैले त्यसको नेतृत्व गरेँ र पछि समय आउनासाथै सशस्त्रलाई उपयोग गर्ने अनुमति पाएँ । त्यो पनि सुख्खापछि आएको पानीको वर्षा साबित भयो । क्रान्तिकारीहरू खुसी भए । हामीसँग हतियार थिएन तर हामीसँग प्रशस्त अनुभव थियो, शत्रुको हतियार कसरी हात पार्ने र सफलतापूर्वक विद्रोहलाई सञ्चालन कसरी गर्ने हो भन्ने कुरा हामीलाई थाहा थियो ।
बेन्ट्री (Bentre) को विद्रोहमा खास गरेर सैनिक पक्षको नेतृत्व मैले नै गरेको थिएँ । हाम्रा नाराहरू यस प्रकार थिए –
१. शत्रुको राजनीतिक चौकीहरूलाई ध्वस्त पार्न र जनताका आफ्ना जग्गा फिर्ता लिन जनताको क्रान्तिकारी भावनालाई चर्काऊ ।
२. शत्रुको हातहतियार छिन्न जनताका गुप्तीहरूलाई प्रयोग गर र त्यसलाई हाम्रा सशस्त्र शक्तिहरूमा पठाऊ ।
३. हरेक ठाउँमा शत्रुलाई सुरक्षा अनुभव नगराउनको निम्ति गतिविधिलाई निरन्तरता देऊ ।
४. सकेसम्म छिटो हाम्रो सशस्त्र शक्तिहरूलाई विकास गर ।
५. सशस्त्र सङ्घर्ष सँगसँगै राजनैतिक सङ्घर्षलाई पनि अगाडि लैजाऊ ।
सन् १९६० डिसेम्बर २० को दिन म बेन्ट्रीको क्रान्तिकारी सङ्गठनको पहिलो सचिव र प्रान्तको सैनिक प्रमुखको रूपमा काम गर्र्दै थिएँ । सन् १९६१ को अन्तमा म राष्ट्रिय मुक्ति मोर्चाको प्रमुख कार्यालयको उपाध्यक्ष भएँ र सेनाको प्रमुख भएँ । सन् १९६४ मा राष्ट्रिय मुक्ति मोर्चाकी प्रमुख सैनिक कार्यालयको उपाध्यक्ष (Chief of staff) र महिला समितिका अध्यक्ष भएँ ।
दक्षिण भियतनामको सशस्त्र मुक्ति सेनाको उपप्रमुख सेना नेतृले अन्तमा भन्नुभयो –
मेरो क्रान्तिकारी जीवनले २० वर्ष ओगटेको छ । मैले धेरेचोटि मेरो जीवनको माया मारिसकेको थिएँ । पहिलोचोटि मेरो लोग्ने बित्नुभयो । पछि मेरो छोरो उत्तरमा गयो । धेरै भएको छैन । मेरो छोरो पनि मारिएको मैले थाहा पाएँ । मैले फेरि विवाह गरेँ र दुई तीन वर्षमा मेरो लोग्नेसँग मैले एकचोटि मात्रै भेटेकी छु । उहाँ पनि एक क्रान्तिकारी नेता हुनुहुन्छ । म धेरैचोटि मरिसक्ने थिएँ । समुद्रमा आँधी बेहरी आउँदा र सुरुङमा मलाई शत्रुहरूले पक्राउ गर्दा म धेरैचोटि जनताको सहयोगबाट बाचेँ । मेरो व्यक्तिगत जीवनमा मैले धेरै दुःख भोगेकी छु । तर, मलाई सङ्गठन र जनताको शिक्षाले मैले आफ्ना दुःखकष्टमाथि विजय पाउन सकेँ । त्यसको निम्ति सङ्गठन र जनताप्रति म कृतज्ञ छु । मेरो लोग्ने जेलमा परेको सुन्दा मलाई ठुलो चोट परेको थियो; सन् १९६० मा मेरो एक्लो छोरो मरेको सुन्दा पनि । मेरो छोरो जिउँदो भएको भए अहिले ऊ २५ वर्षको भयो होला । अहिले म केन्द्रीय कार्यालय (General Staff) को सदस्य हुँ र म मेरो देशको सेवा गर्न सक्षम छु । एक साधारण आईमाईलाई यस्तो ठाउँमा पु¥याउन मलाई शिक्षित गरेकोमा म क्रान्ति र क्रान्तिकारी कार्यकर्ताहरूप्रति आभारी छु ।
क्युवाली ऐक्यबद्धता समितिको तर्फबाट मैले क्युवा भ्रमण गर्ने निमन्त्रणा तपाईँहरूमार्फत पाएकी छु । वीर क्युवाली जनता, मेजर फिडेल क्यास्ट्रो, पार्टी र सङ्गठनका अन्य नेताहरूलाई निम्तोको निम्ति धन्यवाद दिन चाहन्छु । क्युवाली जनताले भियतनामी लडाकुहरूलाई आफ्नै वीरहरूको रूपमा सोचेको हुनाले म अत्यन्त प्रभावित भएकी छु । मेरा सफलताहरू मेरो व्यक्तिगत सफलता होइन । त्यो सफलता क्रान्ति, जनता र हाम्रा क्रान्तिकारी नेताहरूको सफलता हो । परिस्थितिले साथ दियो भने, प्रधान कार्यालय (General Staff) र क्रान्तिकारी नेतृत्वले मलाई अनुमति दियो भने म फिडेल क्यास्ट्रो र क्युवाली जनतालाई भेट्न त्यस निम्तो स्वीकार गर्नेछु भन्ने कुरा म क्युवाली जनतालाई वचन दिन चाहन्छु ।
धेरै धेरै धन्यवाद !
अतुलनीय महिला सेना नेतृ
(सन् १९६१ को अन्तदेखि Nguyen Thi Dinh दक्षिण भियतनाम मुक्ति सशस्त्र सेनाको उपसेना नेतृ हुनुहुन्थ्यो । तीन महादेशीय (Tri-continential) भन्ने भियतनामी जनताको समर्थनमा क्युवाबाट निस्कने ७ नं., १९६८ को अङ्कमा क्युवाली ऐक्यबद्धता समितिका प्रतिनिधिहरू मार्टा रोजर्स (Marta Rojas) र राउल भाल्डेस भिभो (Raul Valdes Vivo) ले दक्षिण भियतनामको एक ठाउँमा न्गुएन थि डिन्हसँग अन्तर्वार्ता लिएका थिए । उहाँले आफ्ना अनुभवहरू ती क्युवाली मित्रहरूलाई बताउनुभएको थियो । तर, नेपाली महिला जागरणको निम्ति त्यो अन्तर्वार्ता न्गुएन थि डिन्हको अनुभव आज पनि नेपाली महिलाहरूको लागि प्रेरणादायी हुने र सान्दर्भिक हुने भएकोले प्रस्तुत गरिएको छ । –सं.)
Leave a Reply