भर्खरै :

क्योटो सम्झौता हाम्रो पृथ्वीलाई बचाऔँ

  • भाद्र २१, २०८३
  • अल्बर्टो डि पेरेज (Alberto D Perez)
  • विचार
क्योटो सम्झौता हाम्रो पृथ्वीलाई बचाऔँ

Granma International
ि ७ वर्षअगाडि स्वीकृत भएको क्योटो सम्झौता गएको १६ फेब्रुअरीदेखि लागू भएको छ । यसपछि क्युवालगायतका १४१ राष्ट्रहरूले पृथ्वीको तापलाई बाहिर अन्तरिक्षमा जानबाट रोक्ने हरितगृह प्रभाव, बढ्दो वातावरणीय प्रदूषणको लागि जिम्मेवार ६ वटा ग्यासहरूको निष्काशन कम गर्ने प्रयासहरू सुरु गरे । यी सबै कारणहरूबाट पृथ्वीको तापक्रम बढेको छ तथा परिणाम स्वरूप वातावरणमा परिवर्तन आएको छ ।
प्रदूषण निम्त्याउने ६ वटा ग्यासहरू कार्बन डाइअक्साइड, मिथेन (Methane), नाइट्रस अक्साइड (Nitrous Oxide), HFC, PEC र सल्फर हेक्जाफ्लोरोकार्बन (Sulphur Hexafluorocarbon) जीवाश्म इन्धन, कार्बन र त्यसबाट बनेका उत्पादनहरू जलाउँदा निस्कन्छ ।
क्योटो सम्झौताले ३५ वटा औद्योगिक राष्ट्रहरूलाई सन् २००८ देखि २०१२ सम्म ५ वर्षको अवधिमा प्रदूषण फैलाउने ग्यासहरू ५.२ प्रतिशतले घटाउन आह्वान गरेको छ । यो वाचा गर्ने राष्ट्रहरू ६१.७ प्रतिशत प्रदूषणको लागि जिम्मेवार छन् । संरा अमेरिका, अस्ट्रेलिया, लेकटेनस्टेन (Liechtenstein) र मोनाकोले यो सम्झौतालाई अनुमोदन गरेनन् ।
संरा अमेरिकाले सन् १९९७ मा सम्झौतामा हस्ताक्षर ग¥यो तर औद्योगिक परिवर्तनले अर्थतन्त्रमा गम्भीर असर पुग्ने भन्दै ४ वर्षपछि सम्झौताबाट पछाडि हट्यो । पृथ्वीमा हुने कुल ग्यास प्रदूषणको एकचौथाइ भाग ओगट्ने संरा अमेरिका विश्वको सबभन्दा ठुलो प्रदूषणकर्ता हो । अस्ट्रेलिया विश्वमा प्रतिव्यक्ति सबैभन्दा बढी प्रदूषण फैलाउने देश हो ।
तर, यो प्रदूषणको ठुलो आर्थिक र मानवीय मूल्य वास्तवमा कसले चुकाइरहेछ । यसको प्रमुख शिकार विश्वमै ठुलो भू–भाग र जनसङ्ख्या ओगट्ने देशका जनता हुन् । ती देशहरूको अस्थिर र बोझिलो अर्थतन्त्रलाई वर्तमान वातावरण परिवर्तन, खडेरी, बाढी, जनावर र वनस्पतिका प्रजातिहरूको व्यापक उन्मूलन तथा ध्रुवीय हिम पर्वतहरू पग्लेर बढेको समुद्री सतहले झन् खतरा निम्त्याएको छ । यी प्रक्रियाहरूले अरबौँ जनताको गरीबी र सामाजिक बहिष्कार बढाएको छ तया राष्ट्रसङ्घद्वारा प्रायोजित सहस्राब्दी विकास उद्देश्य (Millenium Development Goals) पूर्ति खतरामा परेको छ ।
विज्ञहरूका अनुसार २० औँ शताब्दीमा पथ्वीको तापक्रम ०.६ डिग्री सेल्सियसले बढ्यो । अहिले गरिएको अनुमान झन् चर्को छ किनभने पथ्वीको तापक्रम यस शताब्दीमा १.४ र ५.८ डिग्री सेल्सियसले बढ्ने अनुमान गरिएको छ । यो प्रक्रियाले भयानक परिणाम ल्याउनेछ ।
मानव जातिले मात्रै यो भयानक पर्यावरणीय टाइम बमलाई नष्ट गरेर प्रमुख दुर्घटनालाई पन्छाउन सक्छ । सम्झौता लागू भएको बेला दिइएको वक्तव्यमा राष्टसङ्घीय महासचिव कोफी अन्नानले चेतावनी दिए – ‘खेर फाल्ने समय छैन ।’
क्योटो सम्झौतामा संरा अमेरिकाको अनुपस्थिति यो विश्वव्यापी प्रयासमा एउटा प्रहार हो । सम्झौतामा हस्ताक्षर नगर्ने राष्ट्रहरूलाई सम्झौतामा सामेल गराउन जोड दिँदै यसलाई लागू गर्ने सङ्घर्ष पनि जारी राख्नुपर्दछ । यस महत्वपूर्ण समस्या समाधान गर्न साझा मोर्चा बनाउनु र हाम्रो विश्व बचाउनु नै हाम्रो रणनैतिक उद्देश्य हुनुपर्छ ।
The New Worker, 25 February 2005

तापक्रम वृद्धि ; एक गम्भीर चुनौती

 म्युन ताइ ह्युन (Mun Tae Hun)
हालैमात्र केही देशहरूमा उच्च तहका राजनीतिज्ञहरू, व्यवसायी र प्राज्ञहरू रहेको एउटा विशेष समितिले ‘वातावरणीय परिवर्तनको सामना’ शीर्षकमा एउटा प्रतिवेदन प्रकाशित ग¥यो । प्रतिवेदनलाई उल्लेख गर्दै रुसी प्रसारण संस्थाले भन्यो – “विश्वले घातक खतराको सामना गरिरहेको कुरा एउटा नराम्रो समाचार हो ।”
प्रतिवेदनमा विश्वलाई अपूरणीय क्षति पु¥याउने तापक्रम वृद्धिलाई औँल्याइएको छ । त्यसका अनुसार तापक्रम वृद्धिले गम्भीर कृषि समस्याहरू, पानीको कमी, खडेरी, रोगव्याधी बढाउनेछ, समुद्री सतह बढाउनेछ र जङ्गलहरू घटाउनेछ । तापक्रम वृद्धिले ग्रीनल्यान्ड (Greenland) को बरफलाई पगालेर विनाशकारी परिवर्तन ल्याउनेछ ।
औसत तापक्रममा २ डिग्री सेन्टिग्रेडको वृद्धिलाई सन् १७५० को स्थितिसँग तुलना गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । सो समयमा कार्बनडाइअक्साइडजस्ता हरित गृह ग्यासहरूले वातावरणमा नराम्रो असर पार्न सुरु गरे । औद्योगिक क्रान्तिपछि विश्वव्यापी तापक्रम औसत ०.८ सेन्टिग्रेडले बढेको र यो बढ्ने क्रम जारी रहने प्रतिवेदनमा बताइएको छ । प्रतिवेदनका अनुसार तापक्रम वृद्धिको कारण २०५० सम्ममा विश्वभर १० लाख जनावर र वनस्पति उन्मूलनको खतरामा पर्नेछन् ।
सन् २००४ मा एक क्यानाडियाली प्राज्ञिक समाजले तापक्रम वृद्धिबाट आएको वातावरणीय परिवर्तनले गएको ३ दशकमा आर्कटिक समुद्रको बरफ तह पातलिँदै गएर आधामात्रै रहेको बतायो । त्यस्तै स्थिति रहेमा २०७० सम्ममा सबै बरफ पग्लने समाजले बतायो । तापक्रम वृद्धिको अवलोकन र आर्कटिक क्षेत्रमा बरफको तह पातलिँदै गएको दरमा रोम, सेन्ट पिटसवर्ग र अन्य धेरै सहरहरू, नेदरल्यान्ड र इजरायल समुद्रमा डुब्ने अनुमान गरे । तापक्रम वृद्धिको मुख्य कारण मानव जाति, प्रकृति र पर्यावरणको अस्तित्वमा नराम्रो असर पार्ने कार्बनडाइअक्साइड र अन्य ग्यासको उत्पादन हो । यस्ता ग्यासहरूको उत्पादनलाई रोक लगाउन आह्वान गर्दै धेरै देशले जापानको क्योटोमा सन् १९९७ मा एउटा सन्धि गरे । तर, हरितगृह प्रभाव निम्त्याउने ग्यासहरू धेरै मात्रामा उत्सर्जन गर्ने संरा अमेरिकाले अन्तर्राष्ट्रिय मागलाई सुनेन ।
मार्च २८, २००१ मा संरा अमेरिकाले हरितगृह ग्यासको उत्सर्जन र यसबाट हुने तापक्रम वृद्धिले ल्याउने क्षतिलाई रोक्ने क्योटो सन्धि (Kyoto Protocol) बाट संरा अमेरिका एक पक्षीय रूपमा पछाडि हट्यो र लागू गर्न अस्वीकार ग¥यो । गएको वर्षको अन्तमा अर्जेन्टिनाको ब्युनर्स आयर्समा भएको एउटा बैठकमा संरा अमेरिकी वार्ताकारले वर्षाैँसम्म संरा अमेरिकाले क्योटो सन्धिमा हस्ताक्षर गर्ने सम्भावना नरहेको बताए । हरितगृह ग्यास उत्सर्जन रोक्ने प्रयास वैज्ञानिक आधारमा नभएको उनले बताए । विश्व वातावरणको उपेक्षा गर्दै आफ्नो स्वार्थी हितलाई सुहाउने टिप्पणी उनले दिए ।
सन्धिलाई नमान्ने संरा अमेरिका पनि असुरक्षित भएको विज्ञहरू बताउँछन्, समुद्री सतह बढेमा वासिङटन डी.सी., म्यानहटन र दक्षिण फ्लोरिडा समुद्रमा डुब्नेछन् । पूर्वसंरा अमेरिकी प्रशासनका एक उच्च तहका अधिकारीले संरा अमेरिकामा तापक्रम वृद्धिको नराम्रो प्रभाव पर्यावरणीय टाइम बम (Ecological Time Bomb) सरह हुने टिप्पणी गर्नु कुनै संयोग होइन ।
सन् २००५ फेब्रुअरी १६ को दिन क्योटो सन्धि लागू भयो । तर, १ सय ४१ देशहरूमध्ये संरा अमेरिका र अन्य केही देशहरूले हस्ताक्षर नगरेको कारण हरितगृह ग्यास उत्सर्जनको मात्रामा कमी आउने छैन ।
The Pyongyang Times, 19 March 2005

Leave a Reply

Your email address will not be published. Required fields are marked *