लोकेश्वर साकोसमा दुबोको माला बनाउने तालिम सम्पन्न
- भाद्र २१, २०८३
भक्तपुर, २१ भदौ । भक्तपुर जेसीजको आयोजनामा सञ्चालित भक्तपुर जेसीज कप उसु प्रतियोगिताको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभयो ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख प्रजापतिले प्रतियोगिताको पूर्ण सफलताको कामना गर्दै उसु विश्वमै लोकप्रिय खेलको रूपमा स्थापित भएको बताउनुभयो । सहभागी खेलाडीहरूले राष्ट्रियस्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्न आवश्यक आधार तयार गर्ने विश्वास व्यक्त गर्दै उहाँले खेलकुदलाई मित्रताको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाले खेलकुद क्षेत्रको विकासको लागि नियमित रूपमा खेल प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्दै आएको र खेलाडीहरूलाई सम्मान गर्दै आएको नगर प्रमुख प्रजापतिले बताउनुभयो । खेलकुद पूर्वाधार विकासका लागि नगरपालिकाले कभर्ड हल निर्माण गरेको उल्लेख गर्दै उहाँले खेल क्षेत्रको विकासलाई निरन्तरता दिइरहेको बताउनुभयो । नागरिकलाई स्वस्थ राख्ने उद्देश्यले नगरपालिकाले वडावडामा खुला व्यायामशालासमेत स्थापना गरेको उहाँले जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले खेललाई अवसरको रूपमा लिनुपर्ने बताउनुभयो । स्वास्थ्यको दृष्टिले पनि खेलकुदको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले भक्तपुर नगरपालिकाले युवालाई खेलकुदमा सहभागी गराउँदै योग्य खेलाडी उत्पादन गर्ने कार्य गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उसु महासङ्घका राजीव महर्जनले शुभकामना मन्तव्य दिनुभएको थियो । भक्तपुर जेसीजका अध्यक्ष दिलरमन कोजुले स्वागत गर्दै जेसीजको उद्देश्य र प्रतियोगिता आयोजनाको महत्वबारे जानकारी दिनुभयो ।
Leave a Reply