भर्खरै :

सरकार देखावटीमा लाग्दा उद्धारमा विलम्ब

सरकार देखावटीमा लाग्दा उद्धारमा विलम्ब

रास्वपाका एक सांसद इन्जिनियर भोटेकोसी नदीमा आएको भेलबाढी पीडितहरूलाई उद्धार गर्न आफ्ना टोलीसहित नुवाकोट र रसुवातर्फ लागे । उनले जलविद्युत्को सुरुङमा फसेकाहरूको आवाज सुनिएको पनि बताए । तर, रास्वपाले उक्त सांसद इन्जिनियरलाई देखावटीमा बढी लागेको भन्ने जनगुनासोपछि फिर्ता बोलायो । यसबारे ती सांसदले भने, “पार्टीले फिर्ता बोलाउने निर्णय नसच्याएमा सांसद पदबाट राजीनामा दिन्छु ।”
रास्वपा र यसको सरकारले भदौ १० गते भोटकोसीमा भेलबाढी आएलगत्तै आफ्ना मन्त्री र सांसदलाई प्रभावित क्षेत्रमा खटाएका थिए । भदौ ११ गते रास्वपा सरकार प्रमुख पनि नुवाकोट पुगे । तर, कतिपय मन्त्री र सांंसदहरू खोज, उद्धार र राहत वितरणमा सहयोगी बन्नुभन्दा पनि यताउता देखावटी काममा लागेको सामाजिक सञ्जालमा बाहिरियो । सुरक्षाकर्मीसमेत सरकारी सांसद र मन्त्रीहरूको रेखदेखमा लाग्नुपर्दा उद्धारमा बाधा पुग्यो । यसकारण, रास्वपाले सांसदहरूलाई फिर्ता आउने निर्देशन दिएको हुनुपर्दछ । रास्वपाका अधिकांश नेता–कार्यकर्ता तथ्यमा भन्दा देखावटीमा सुरूदेखि नै लागेको जनगुनासो आएकै हो ।
रास्वपा सरकार प्रमुखले संसदमा बोले – “भेलबाढीले सुरुङ बन्द भएको हुँदा यसलाई तत्काल खोल्ने अनुभव र प्रविधि कुनै पनि देशमा छैन ।” यो भनाइलाई अधिकांश अनुभवी प्राविधिकहरूले स्वीकार गर्न सकेनन् । संसारका कतिपय देशमा कडा चट्टानलाई समेत प्वाल पारेर हिलो बनाई बाहिर निकाल्ने प्रविधि भएको सार्वजनिक भयो । रास्वपाका कतिपय सांसदहरू प्रभावित क्षेत्रमा पुगेर आफूहरू इन्जिनियर भएको दाबी गर्दै ‘भोलि ब्लास्टिङ गर्ने’ जस्ता हचुवा टिप्पणी गरिरहेको सामाजिक सञ्जालमा बाहिरिएको थियो । यसलाई स्थलमा खटिएका परियोजनाका इन्जिनियरहरूले भ्रामक भनी खण्डन गरे । रास्वपाका गृहमन्त्रीले सुरुङबाट उद्धार गरिएका एक व्यक्तिको अक्सिजन सिलिन्डर बोकेको सङ्क्षिप्त भिडियो पनि सामाजिक सञ्जालमा बाहिरियो । विज्ञहरूले यी दृश्यहरूलाई रास्वपा र यो सरकारको ‘देखावती’ भएको बताए ।
एक सञ्चारकर्मीले रास्वपा सरकार नेपालीलाई नागरिक नठान्ने र भेलबाढीलगायत विषयमा जनताले उठाएको प्रश्न सुन्न नचाहेकोमा आश्चर्य प्रकट गरे । उनले भदौ १० गते भेलबाढी आएको दिन पीडितको उद्धार हुनुपर्ने तर त्यस्तो केही नभएको, हेलिकप्टर एउटा उडेको नदेखेको बताए । यो सत्य पनि हो । प्रम र मन्त्रीहरू प्रभाव क्षेत्रमा जान नपर्ने बरू सूचना लिएर विज्ञहरूको सुझावअनुसार उद्धार कार्यमा निर्देशन दिनेतर्फ लाग्नुपर्ने उनको मत हो ।
रास्वपा र सरकारले च्। ब्। त्। र ग्रीन आर्मी उद्धारमा किन कसरी पठाए ? यिनीहरू हात हातमा रोडियो सेटसमेत बोकेर सुरक्षाकर्मीलाई निर्देशन दिने हैसियतमा कसरी पुगे ? रसुवाको धुञ्चेमा ‘हामी नेपाल’ को टोलीसमेतलाई उद्धारमा कसले पठायो ?
रास्वपा र यसको सरकारले भेलबाढीमा बेपत्ता भएका र पहिचान हुन नसकेका व्यक्तिबारे समयमा ठोस निर्णय नगर्दा पीडित परिवार बिचल्लीमा परे । पीडितहरूले रसुवामा सरकार ४ दिनसम्म उद्धारमा नभेटिएको र अन्ततः शव सङ्कलन गर्न मात्र पुगेको गुनासो गरेका छन् । त्यहाँको एक विद्यालयका २०० जना विद्यार्थी बगाइएको प्रधानअध्यापकले बताएको सार्वजनिक भयो ।
रसुवाको टिमुरे र स्याप्रुबेँसी बजारको खबर आएपछि बेत्रावती, कैलालीटार, नौबिसे, खाल्डेको मुख्य बजार र बस्तीमा जानकारी प्रधानअध्यापकले दिएको सार्वजनिक भयो । त्यतिबेला भेलबाढीको आवाज सुनिन थालेको हुँदा भागदौडमा परेको र कतिपय विद्यार्थी र शिक्षकसमेतलाई भेलबाढीले बगाएको भनाइ उनको छ । यो जनधनको क्षति विगतदेखि हालसम्मका सरकारहरूको संवेदनशीलता नहुनुको कारण पनि हो । काठमाडौँ उपत्यकामा निर्मित ठुला संरचना – सडक, पुल, भवन यहाँको जमीनले ठेग्न नसक्ने र कुनै पनि बेला यहाँका संरचना भासिने भूगर्भशास्त्रीहरूको मतलाई अहिलेसम्मको सरकारहरूले बेवास्ता गरी बसाइँसराइ यतै बढाइरहेको पनि बेठीक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *