साम्राज्यवादीहरूको ‘छद्म युद्ध’ अध्ययन ३९
- भाद्र २२, २०८३
भोटेकोसीमा अचानक आएको बाढीले घर, पसल बगायो । घर आँगन, बाटा, खेतमा बसिरहेका परिवारका परिवार बगाइयो । घरमा रहेका अन्न, लुगाफाटा, पशुपन्छी, गहना तथा अन्य भएभरका सामान बगाइयो । जो बचे, बाँचे, उनीहरूको जीवन कष्टकर बन्यो । दुःख, पीडा र समस्याको बखान गर्न साध्य छैन । घर खेतबाहेक कति सम्पत्ति बगाइयो, लेखाजोखा गरेर साध्य छैन । यो प्राकृतिक प्रकोप विपत्तिमा परिणत भयो । यो विपत्तिको असर एक दुई महिना एक दुई वर्षमात्र नहोला । बाढी पहिरो पीडितको लागि आवासको व्यवस्था कहाँ कहिले हुने हो ? पुरानै बस्तीमा सफा गरेर बस्ती बसाल्दा फेरि त्यस्तै विपत्ति आयो भने त्यो गाउँ ठाउँ नै सुनसान हुने या बस्तीविहीन गाउँ या ठाउँ हुनेछ । यस हिसाबले सरकारले पीडितहरूको लागि आवश्यक खानपिन, लवाइखुवाइ, बसाइँ लामो समयको निम्ति गर्नुपर्ने हुन्छ ।
बाढी पहिरोले घरखेतमात्र होइन पुल, पुलेसा, विभिन्न सरकारी कार्यालय, जलविद्युत् आयोजना, सडक बगायो या क्षति पु¥यायो† विद्यालय, स्वास्थ्य केन्द्र बगायो । यी सडक, पुल, संरचनाको पुनः निर्माण अहिलेको अहिल्यै सम्भव होला कि नहोला ? सरकारले पुनः निर्माण कार्य कहिलेदेखि थालनी गर्ला ? संरचनाको काम थालनी नै भए पनि सम्पूर्ण तयार हुन निकै समय लाग्ला । निर्माण कार्य मन्दगति भयो भने दशकौँ वर्ष लाग्न बेर लाग्दैन । गुमेको भौतिक सम्पत्ति त ढिलो चाँडो बन्ला । यसको निम्ति हरेक समुदाय, क्षेत्र, सङ्घसंस्था र व्यक्तिले सहयोग गर्ने कार्यमा चालू राखेको छ । बाह्य मुलुकले पनि सहयोग गर्दै छ । सहयोग जारी भएको हुनाले सहयोगको रकम अझ धेरै बढ्नेछ । तर, प्राप्त सहयोगको उपयोग कसलाई कसरी गर्ने, बस्ती कहाँ बसाल्ने, विद्यार्थीको पढाइ कहाँ सञ्चालन गर्ने भन्नेबारे अन्योल देखिएको छ । वर्षाैँवर्षसम्म विद्यालय सञ्चालन भएन भने विद्यार्थीको स्थिति के होला ? के यो चिन्ताको विषय होइन ?
बाढी पहिरोले हजारौँको ज्यान गयो । अझै हजारौँको बेपत्ता भएको छ । बाढी पीडितहरूको यो अर्काे पीडाले बाँचेकाहरू पनि शोकमा छन् । गाउँ ठाउँ नै शोकमा डुबेको छ । यसले देशलाई शोकमा डुबायो । हाल बाँचेका या विस्थापित भएका परिवारका सदस्यहरूको मन कसरी स्थिर हुनसक्छ ? अस्थिर मन र छटपटीले उनीहरूमा मानसिक समस्या उत्पन्न हुन्छ । त्यही मानसिक पीडाले मन अस्थिर हुन्छ; मनमा अनेक कुरा खेल्छ । यसको कारण मानसिक सन्तुलन गुम्न सक्छ । बाढी पहिरो पीडितहरूको यो अर्काे समस्या भएको छ । बाढी पीडितहरूको लागि जङ्गलमा भए पनि अस्थायी बसोबासको व्यवस्था गर्नु अन्यथा होइन । तर, त्यो बस्ती सुरक्षित हुनुपर्छ । उनीहरूको सुरक्षाको लागि सुरक्षाकर्मी या सेनाको बन्दोबस्त हुनुपर्छ । त्यहाँ बसेका पीडितहरू पशुबाट, उच्छृङ्खल व्यक्तिहरूबाट सुरक्षित छैन भने उनीहरूले पीडामाथि पीडा भोग्नुपर्ने हुन्छ । त्यसतर्फ पनि राज्यको ध्यान पुग्नुपर्छ ।
रसुवा, बेत्रावती, त्रिशुली या त्यस्तै अन्य बाढीग्रस्त क्षेत्रको अर्काे समस्या खेतीपातीको हो । खोलाले छोएका सबै क्षेत्र बगरमा परिणत भएको छ । सबै खेतमा हिलोमैलो, काठका टुक्रा या अन्य विभिन्न सामग्रीले ढाकेको छ । त्यो पुरेको माटो सम्याउने, पन्छाउने कहिले हो ? त्यो नपन्छाइएसम्म, नसम्याइएसम्म खेतीपाती सम्भव हुँदैन । त्यो बस्ती या ठाउँका पीडितहरूको यो पनि अर्काे समस्या हो । खेतीपाती गर्न व्यवस्था मिलाइए पनि खेतीपाती कसले गर्ने ? बच्चाबच्ची र वृद्धावृद्धले खेतीपाती गर्न सक्ने होइन । खेतीपाती गर्ने औजार हुँदैन† खेतीपातीको लागि आवश्यक सामान हुँदैन । अहिले त कसको खेत कहाँ, अत्तोपत्तो छैन । साँध सिमाना मिलाउन पनि समय लाग्छ । खेतीपाती गर्न नसक्नुको मतलब खाद्य उत्पादन नहुनु हो । यसले खाद्यान्न उत्पादनमा पनि असर पार्छ । स्थानीय जनताको लागि भएभरको खाद्यान्न या अन्य राहतका सामान अन्यत्रबाटै ल्याउनुपर्ने हुन्छ । यसले स्थानीय खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्रलाई समेत कमजोर बनाउँछ ।
बाढीपीडित क्षेत्र उजाडमा मात्र परिणत भएको होइन जलविद्युत् आयोजनामा समेत असर पुगेको हुँदा त्यो ठाउँ, बस्ती र बजार नै अन्धकारमय भएको छ । गाउँ, वडा दुर्गन्धित र सुनसान मात्र होइन अन्धकार भएको कारण स्थानीयवासीहरू असुरक्षित र चिन्तित छन् । डरको कारण साँझ अबेला कति स्थानीयहरू घरबाट बाहिर निस्कँदैनन् । अहिले तत्कालको आवश्यकता र प्राथमिकता त विस्थापित र उद्धार भएकाहरूको जीवन निर्वाह गर्नेतर्फ केन्द्रित हुनुपर्छ† स्वास्थ्योपचार गर्नुपर्छ† सुरक्षित गर्नुपर्छ । त्यस्तै, अझै घरमा पुरिएर निस्कन नसकेका र बगाएर कतै पु¥याएका पीडितहरूको खोजीनीति गरेर उद्धार गर्नुपर्ने हुन्छ । बेपत्ताको खोजी गर्ने, फेला परेको शवको व्यवस्थापन गर्ने, काममा पनि राज्यको तदारुकता आवश्यक छ । शोकमा डुबेका र हालै फेला परेका नागरिकहरूको जीवन जोहो गर्न सबै पक्ष लाग्नु आवश्यक छ । यस कार्यमा सरकार, राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घसंस्था, किसान, सेना, प्रहरी, मजदुर, युवा, विद्यार्थी, शिक्षक, महिला, कर्मचारी, बुद्धिजीवी, व्यापारी, व्यवसायीलगायत सबै जुट्नुपर्छ र आपत्विपत् र सङ्कटमा परेका सबैलाई सहयोग गर्नुपर्छ ।
Leave a Reply