भर्खरै :

निहत्थाको हत्या र देश जलाइएको एक वर्ष

निहत्थाको हत्या र देश जलाइएको एक वर्ष

निहत्था जनताको हत्या र देश आगजनीमा पारेर वा शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गराएर देशमा परिवर्तन आउँदैन । परिवर्तनको लागि प्रधानमन्त्री र मन्त्रीहरू तथा सरकारका मुख्य मुख्य अधिकारीहरू देश र जनताको निःस्वार्थ सेवामा लाग्नु जरुरी हुन्छ । सरकारमा गएकाहरूको ध्यान विदेशबाट ऋण ल्याउने, जनतासँग कर उठाउने र त्यसैबाट आफूमात्र ऐशआराममा जीउनतर्फ गएसम्म साँचो परिवर्तन आउने छैन । नेपालमा अहिलेसम्म यही भइरहेको छ ।
सरकारहरूले निहत्था जनताको हत्या गर्ने तथा शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गराएर देशभरि आगजनी गर्नेहरूमाथि कारबाही गरेर देखाउनु जरुरी छ । गत वर्ष भदौ २३ र २४ गतेको विध्वंसबारे कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पनि सार्वजनिक भएको छ । प्रतिवेदनमा आरोपीहरूको सूची पनि उल्लेख छ । प्रतिवेदनमा आन्दोलन कसरी सुरु गरियो । जेल कसरी तोडफोड गरियो, आगजनीको लागि पेट्रोल बम बनाउने कसरी बनाउने भन्ने विषय छलफल गरिएको पनि कार्की आयोगमा उल्लेख छ । प्रतिवेदनका केही अंश यहाँ प्रकाशित छ :
कारागार तोडफोड
कारागार व्यवस्थापन विभागबाट प्राप्त विवरणअनुसार उक्त प्रदर्शनको क्रममा १४,५५५ जना कैदीबन्दी÷थुनुवाहरू विभिन्न कारागार तथा बालसुधार गृहबाट फरार भएकामध्ये ३१२१ जनालाई पक्राउलाई गरिएको छ । ६६०३ जना सम्बन्धित कारागारमा आफै उपस्थित भए । अन्य कारागारमा ३७७ जना उपस्थित भए भने हालसम्म ४४४२ जना फरार नै रहेका छन् ।
हिरासतमा रहेका थुनुवाहरूमा १०३३ जना प्रदर्शनको क्रममा फरार भएकोमा २२३ जनालाई पक्राउ गरिएको, ४४ जना आफै उपस्थित भएको र ७६६ जना हालसम्म फरार नै रहेको तथ्याङ्क प्रहरी प्रधान कार्यालयबाट उपलब्ध भयो ।
कारागार व्यवस्थापन विभागको तथ्याङ्कअनुसार अति संवेदनशील मानिएका लागूऔषध मुद्दाका १०३७ जना, कर्तव्य ज्यान मुद्दाका ५४९ जना, जबरजस्ती करणी मुद्दाका ११७४, डाँका–चोरी मुद्दाका ४४८ जना र हातहतियार खरखजाना मुद्दाका ३६ जना कैदीबन्दी हालसम्म फरार छन् । रास्वपा सभापति रवि लामिछाने भदौ २४ गते नख्खु जेलबाट निस्केर हप्ता दिनपछि फिर्ता भएका थिए ।
आन्दोलनको केन्द्रः डिस्कर्ड (Discord)
सङ्गठनको आधार : आन्दोलनको तयारी र परिचालनका लागि डिस्कर्ड मुख्य माध्यम बन्यो । विशेषगरी ‘युथ अगेन्स्ट करप्सन’ र ‘युवा हब’ नामक दुई सर्भरहरूमा १ लाख १४ हजारभन्दा बढी संवादहरू भएका थिए ।
२३ भदौ (शान्तिपूर्णबाट हिसातर्फ) :
युवाहरू स्कुल/कलेजको युनिफर्ममा माइतीघरमा भेला भएका थिए । बानेश्वरको निषेधित क्षेत्र तोडिएपछि प्रहरीसँग झडप भयो । त्यही दिन अपराह्नदेखि डिस्कर्डमा मोलोटोभ ककटेल (पेट्रोल बम) प्रयोग गर्ने योजनाहरू बन्न थाले ।
२४ भदौ (विनाश र आगजनी) :
कफ्र्यू उल्लङ्घन गर्दै प्रदर्शनकारीहरू सडकमा उत्रिए । शीर्ष नेताहरूको घर, संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतजस्ता महत्वपूर्ण संरचनाहरूमा आगजनी गरियो ।
आगजनी र रसायनको प्रयोग (Chemical Use)
आगजनीका क्रममा साधारण पेट्रोलमात्र नभई घातक रसायनहरू प्रयोग भएको आशङ्का गरिएको छ ।
मोलोटोभ ककटेल : बोतलमा पेट्रोल र कपडा प्रयोग गरी बनाइने बम, जसको चर्चा डिस्कर्डमा ३५६ पटक भएको थियो ।
सोडियम र नेपाल्म : डिस्कर्ड संवादमा सोडियम मेटल र ‘नेपाल्म’ (Napalm) बनाउने सूत्रहरू आदानप्रदान भएको पाइएको छ ।
तीव्र आगलागी : संसद् भवन र अन्य संरचनाहरूमा निकै छोटो समयमा आगो फैलिनुले ‘सोडियम’ वा ‘म्याग्नेसियम’ जस्ता प्रज्वलनशील रसायनको प्रयोग भएको हुन सक्ने सङ्केत गर्दछ ।
मोलोटोभ ककटेल : बोतलमा पेट्रोल र कपडा प्रयोग गरी बनाइने बम, जसको चर्चा डिस्कर्डमा ३५६ पटक भएको थियो ।
भदौ २३ र २४ गते नेपालमा भएको – आन्दोलनमा प्रयोग भएका मुख्य Discord Server हरू :
Yuwa Huh
यो सर्भर मुख्यतया भदौ २२ गतेबाट नै सक्रिय भएको थियो । यो सर्भरबाट विभिन्न ठाउँको नाम राखी फुटबल खेलाडी, गायक–गायिकालगायत विभिन्न क्षेत्रका व्यक्तिहरूलाई पोडकास्ट नामको Channel मा सहभागी गराई आन्दोलनमा सहभागी गराउनुको साथै सबै Discord मा जोडिएका सदस्यहरूलाई समेत आन्दोलनमा आउन आह्वान गरिएको थियो । यो सर्भरमा १२, १४४ वटासम्म सन्देशहरू पठाइएको थियो ।
Youth Against Corruption

यो outh Against Corruption नामको Discord Server को Admin हामी नेपाल रहेका थिए । यो सर्भरभन्दा पहिले नै भदौ २२ गते राति युवा हबमा नेतृत्वको लागि तथा भदौ २३ गतेको आन्दोलनको लागि के–कुन व्यक्ति तथा संस्थाहरूबाट के कस्तो सहयोग लिन सकिन्छ भन्ने छलफलमा हामी नेपाल समेतको नाम लिइएको थियो । हामी नेपाल संस्थाले भदौ २३ गते पानीलगायत मेडिकल टिममा सहयोग गर्ने भनी जिम्मा लिएको थियो । भदौ २३ गते बिहान जब यो Discord Server को क्युआरसहितको पम्प्लेटसहित व्यक्तिहरू माइतीघरमा उपस्थित भए सोपश्चात यो सर्भरमा सदस्यहरूको सङ्ख्या बढ्न थालेको हो । यो सर्भरमा जम्मा १८,०१० ओटासम्म सन्देशहरू पठाइएको देखिन्छ ।
डिस्कर्ड (DISCORD)
-‘हामी नेपाल’ को Youth Against corruption र ‘युवा हव’ नाम भएका दुईवटा सर्भर
(भर्चुअल समुदाय) बढी सक्रिय थिए । सुशीला कार्कीलाई प्रधानमन्त्रीमा पनि Discord कै Voting बाट छानिएको हो ।
-सन् २०२५ मा अमेरिकी युवाहरूले GAMER हरूबिच सहकार्य गर्न निर्माण गरेको यो प्लेटफर्म अहिले विश्वका ६० करोडभन्दा बढी प्रयोगकर्ताहरू यो प्लेटफर्मसँग आबद्ध छन ।
-एउटा सर्भरमा ५ लाख सदस्यसम्म जोडिन सक्ने, विभिन्न विषयमा बेग्लाबेग्लै समूह बनाउन सक्ने यो सर्भर सुरुमा Gamer मा मात्र सीमित थियो ।
-जेनजी आन्दोलनमा युवाहरूले टिकटक, रेडिटजस्ता प्लेटफर्ममा Nepo baby kids’ ‘Nepo babies जस्ता अभियान चलाएर आन्दोलनलाई तताउन Discord लाई प्रमुख माध्यम बनाए ।
-७ सेप्टेम्बर (भदौ २२) को राती ९ः३५ बजेदेखि ९ सेप्टेम्बर (भदौ २४) मध्यरातसम्म (करिब ५० घण्टा) सर्भरमा कुल ६ लाख ६४ हजार पटक संवाद लेखिएको थियो । बिहान १०ः४० मा ‘आई डि के हु आईएम’ प्रयोगकर्ताले ‘गाईज मोलाटोभ नि बनाउ है बोतलमा’ भनेर लेखेका थिए ।
-७ सेप्टेम्बर (भदौ २२) मा स्कुल कलेजको युनिफर्म लगाएर आन्दोनमा जाने, बिहान ९ बजे माइतीघर मण्डलामा भेटने कार्यक्रम बन्यो । काठमाडौँबाहेक बाहिर प्रमुख शहरहरूमा पनि प्रदर्शन गर्ने तयारी संवादमा देखियो । दुर्गा प्रसाई राजावादी र दलका विद्यार्थी यूनियनहरूप्रति चनाखो रहन पनि भनेका थिए ।
-घटनाक्रमलाई रेकर्ड गरी अन्तर्राष्ट्रिय समाचार संस्थामा सामग्रीहरू पठाएर घटनालाई विश्वमञ्चमा पु¥याउने योजना देखिन्छ । ‘हेरी हेयर’ प्रयोगकर्ताले ७ सेप्टेम्बरमा लेखेका छन् MAKE SURE TO RECORD STUFF UP
-भदौ २३ गते १२ बजेर ४३ मिनेटमा ‘स्टारडस्ट किस’ नामक प्रयोगकर्ताले Molotov (पेट्रोल ककटेल बम) युज गर्नुपर्छ भनी लेखे । १ः५८ बजे कानी जिकियूले “हो हो अब मोलोटोभ फाल आफ्नो साईडबाट” लेखेका थिए ।
-२ः३७ बजे रुकेश नामक प्रयोगकर्ताले ‘मोलोटोभ सप्लाई हान न कसैले’ भनी पोष्ट गरेका छन् । ३ः५५ मा ‘सँगातजी’ नामक प्रयोगकर्ताले ‘मोलोटोभ लिएर आउदै छु म’ भनी लेखे । ५ः५६ मा ‘रुकेश’ ले “यो मोलोटोभ जति सक्दो बनाएर लिएर आउ सबले” भनी लेखे ।
-आगो सल्काउन र फैलाउन प्रयोग हुने यो “मोलोटोभ” हतियार गैरकानुनी र प्राणघातक हुन्छ ।
यस्ता उत्तेजना फैलाउने खबरप्रति राज्य बेखबर रह्यो । कुशल नामक प्रयोगकर्ताले “रयान्डम प्लेसमा होइन, सिधा संसद् भवन जानुपर्छ” भनि लेखे ।
-बेलुका ७ः५० बजे एनोनिमस नामक प्रयोगकर्ताले “राजीनामा ठुलो कुरा होइन । अब गर्ने भनेको बियरको बोतलमा पेट्रोल हाल्ने अनि आगो लगाएर पुलिसतिर फाल्ने । जसले गरेर पुलिसहरू जलेर मरून् ।
-भदौ २३ गते रातभर मोलोटोभबारे बहस भएको छ । ८ बजे ‘आबो’ ले “हामीलाई ग्रेनेड र मोलोटोभ चाहिन्छ” लखेका छन् । मोलोटोभ कसरी बनाउने भन्ने विषयहरू पनि सविस्तार आउन थाले । भदौ २४ गते बिहान ८ः५९ बजे जोसेक भिजारी नोभिक स्टालिनले मोलोटोभ बनाउनेबारे लेखेको हिंसात्मक संवाद छ । ‘एकज्युकयु’ नामक प्रयोगकर्ताले मोलोटोभ बनाउन सिकाउँदै “अनि एउटा कपडा हालीदेऊ, बोतलको मुखदेखि मिक्सचर हुने गरी त्यसपछि मोलोटोभ रेडी”
-बानेश्वरस्थित संसद् भवनमा केही युवाले पेट्रोल बम प्रहार गरिरहेका भिडियोहरूमा पनि देखिन्छ । Discord मा हतियार मगाउने संवाद पनि भएको थियो । प्रदर्शन केही दिन लम्बिने सक्ने उनीहरूको अनुमान थियो ।
-भदौ २३ गते राति ११ः४९ मा ‘ग्रिनिस्यु’ नामक प्रयोगकर्ताले “……गनको सोलुसन चाहियो क्या ¤” लेखेका छन् । उनले इन्डियाबाट मगाउन सकिनेसमेत लेखेका छन् । ११ः५१ मा सोही प्रयोगकर्ताले “इन्डियाबाट इम्पोर्ट हान्दिम म, एवाउट ५० ग्रेनेड आउन सक्छ” समेत लेखेका छन् । सोही प्रयोगकर्ताले ११ः५६ मा “इन्डिया केरलाको डिलरलाई चिनेको छु, भन्यो भने लिएर आउँछ” लेखे ।
-भदौ २४ गते काठमाडौँ र ललितपुरले चक्रपथ क्षेत्रभित्र कफ्र्यू लगाएका विषयमा म्याडडगले “हत्याराहरूले कफ्र्यू लगाएका छन्”, जस्टडिपफ्राईडले लेखेका छन् –“८ः३० बजेदेखि कफ्र्यू छ, अहिले पुगिहालम्” । अर्को प्रयोगकर्ताले लेखेका छन, “जब २०÷३० हजार भेला हुन्छौँ, भाडमा जान्छ कफ्र्यू”, कतिपयले कफ्र्यूमा निस्कन नहुने भनिरहँदा “कतिपयले मर्ने कि मार्ने कफ्र्यू आदेश नमान्ने” बहस गरिरहेका थिए । काजीले लेखेका छन “कफ्र्यू रोक्दा नि रोकिँदैन, जाने हो, कि मर्छ कि मार्छुम ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *