भर्खरै :

साम्राज्यवादीहरूको ‘छद्म युद्ध’ अध्ययन ३९

  • भाद्र २२, २०८३
  • रामरतन चौधरी
  • विचार
साम्राज्यवादीहरूको ‘छद्म युद्ध’ अध्ययन ३९

सन्दर्भ : श्रीलङ्काको अरागालया आन्दोलन
सन् २००५ मा महिन्दा राजपाक्षे श्रीलङ्काको राष्ट्रपति बने । त्यसपछि उनले सन् २००९ मा पृथकतावादी तमिल टाइगर्सलाई सफलतापूर्वक परास्त गरेर लामो समयदेखि चलिरहेको गृहयुद्धको अन्त्य गरेका थिए । यसकारण, उनी सिंहलीहरूमाझ अत्यन्त लोकप्रिय भए । यही लोकप्रियताको कारण सन् २०१० मा पनि राष्ट्रपति चुनाव जिते । संसदीय चुनावमा दुईतिहाइ बहुमत प्राप्त गरे । त्यसपछि उनको शासन नातावाद, कृपावाद, भ्रष्टाचारमा लिप्त भएको विश्लेषकहरू बताउँछन् । जसले रङ्ग क्रान्तिलाई पनि मलजल ग¥यो ।
रङ्ग क्रान्तिलाई पश्चिमी रणनीतिसँग जोडिएको ‘हाइब्रिड वारफेयर’ पनि भनिन्छ । रङ्ग क्रान्तिका अग्रणी व्यक्तिहरू खुला रूपमा अमेरिका वा पश्चिमाहरूका समर्थक हुन्छन् । उनीहरू अमेरिकाद्वारा सञ्चालित गैरसरकारी संस्थामा प्रशिक्षण लिएका वा पश्चिमी कम्पनीहरूको लागि काम गरेका व्यक्तिहरू हुन्छन् । दङ्गा, विध्वंस, हिंसात्मक झडप रङ्ग क्रान्तिका विशेषता हुन् । अरागालया आन्दोलनमा पनि यस्ता लक्षण देखा परेका थिए । प्रदर्शनकारीहरूले राष्ट्र«पति निवासलगायत विभिन्न ठाउँमा आगजनी गर्ने, राष्ट्रपतिको निवासमा रहेको पोखरीमा पौडी खेलेर आनन्द लिने, राजपाक्षे समर्थकहरूलाई कुटपिट गरी बेइरा तालमा फ्याँक्ने, तोडफोड गर्नेजस्ता गतिविधिहरू देखा परेका थिए ।
अमेरिकाको भूमिका
श्रीलङ्काली भूराजनीतिक विश्लेषक तथा लेखक असांगा अबेयगुनासेकेराले एउटा अन्तर्वार्तामा गोताबाया राजपाक्षेलाई पदबाट हटाउनमा अमेरिकाको केन्द्रीय गुप्तचर निकाय (सीआईए) ले प्रत्यक्ष भूमिका खेलेको दाबी गरेका छन् ।
अमेरिकाले कुनै पनि देशको प्रगतिशील राजनीतिलाई समर्थन गर्दैन । आफ्नो पकडभन्दा बाहिर जान थाल्यो भने मानव अधिकार तथा सुशासनको आडमा गोप्य गतिविधि गर्दै शासन परिवर्तन गराउने षड्यन्त्र गर्छ । श्रीलङ्कमा पनि यस्तै भएको देखिन्छ । राजपाक्षको राजनीतिक गतिविधि अमेरिका विरोधी थिएन । उनले अमेरिकासँग खुला सहकार्य गरेका थिए । तर, पनि पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे र पछिल्लो राष्ट्रपति गोटाबाया राजपाक्षेले चीनसँग पनि सम्बन्ध बढाउन थाले । महिन्दा राजपाक्षे र गोटाबाया राजपाक्ष दुवैले चीनसँग पूर्वाधार विकास र ऋण सम्झौताहरू गरे । चीनसँग बढ्दै गरेको श्रीलङ्काको सम्बन्ध अमेरिकालाई पचेन । अमेरिकाले दुवैलाई चीन समर्थकको रूपमा बुझ्न थाल्यो । यसकारण, अमेरिकाले श्रीलङ्कामा रङ्ग क्रान्तिको बिउ छरेको विश्लेषकहरू बताउँछन् ।
श्रीलङ्कामा भएको विरोध प्रदर्शनलाई श्रीलङ्कामा क्रियाशील विभिन्न गैरसरकारी संस्थाहरूले प्रवद्र्धन गरेका थिए । ती गैरसरकारी संस्थालाई NED र अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (NED) द्वारा आर्थिक सहयोग गरिएको थियो । विरोध भइरहेकै बखत मध्यजुनमा USAID ले श्रीलङ्काका लगभग ६०० लेखक र पेशेवर लेखापरीक्षकहरूलाई तालिम दिने घोषणा गरेको थियो ।
USAID ले सन् २०१५ देखि श्रीलङ्काको संसद्लाई आर्थिक सहयोग दिने गरेको थियो । त्यसबेलादेखि श्रीलङ्काको बार एसोसिएसन, न्यायपालिका र स्थानीय सरकारमा पनि USAID ले सहयोगको नाममा आफ्नो पहुँच पु¥यायो । NED र USAID ले काम गरेको ठाउँमा जर्ज सोरोस र उनको ‘ओपन सोसाइटी फाउन्डेसन’ ले साथ दिएको हुन्छ । श्रीलङ्कामा पनि OSF सक्रिय छ । OSF ले २०१६ मा श्रीलङ्काली सरकारलाई सूचनाको अधिकार कानुन (NED) लागू गर्न मनाएको थियो । जसको कारण सरकारको गुप्त कुरासमेत नागरिकको माध्यमबाट विदेशीको हातमा पुग्न थाल्यो ।
अमेरिकी गैरसरकारी संस्था एनईडी
(National Endowment For Democracy) वषौैँदेखि श्रीलङ्कामा क्रियाशील थियो । उसले श्रीलङ्कामा क्रियाशील विभिन्न संघ संस्थालाई आर्थिक सहयोग गर्दै आएको थियो । एनईडीले सन् २०२१ मा मात्र श्रीलङ्कामा कानुन, मानव अधिकार, वातावरण, पत्रकारिता, ‘युवा नेतृत्व र राजनीतिक संलग्नता’ को नाममा करिब १० लाख डलर खर्च गरेको थियो । श्रीलङ्कामा राष्ट्रिय लोकतान्त्रिक संस्थान (National Democratic Institute) र अन्तर्राष्ट्रिय गणतान्त्रिक संस्थान (International Republican Institute) दुवैका कार्यालय सञ्चालनमा छन् । NED ले दुवैलाई प्रत्यक्ष रूपमा आर्थिक सहयोग गर्छ । NDI को नेतृत्व पूर्वअमेरिकी विदेशमन्त्री मेडेलिन अल्ब्राइट (madeleine Albright) ले गरेका थिए भने IRI को नेतृत्व अमेरिकी सिनेटर जोन म्याककेन (John McCain) ले गरेका थिए । म्याककेन युक्रेनमा नाजी सङ्गठनहरूलाई खुला समर्थन गरेका व्यक्ति हुन् । NDI विश्वका १५६ वटा देशमा लोकतन्त्रलाई सुदृढ गर्ने नाममा जनता भड्काउने काममा क्रियाशील छ ।
श्रीलङ्कामा पनि अमेरिकाले अनुदान दिएका गैरसरकारी संस्थाहरूलाई सरकार कमजोर पार्न, विघटन गर्न र ध्वंसात्मक गतिविधि गर्न प्रयोग गरिएको थियो । तिनीहरूले प्रभावशाली युवाहरूलाई श्रीलङ्काको सरकार विरुद्ध प्रयोग गरे । ती युवाहरूले आफूले गरेका गतिविधिको पछाडि कसको हात रहेको र के हुँदै छ भन्ने नै थाहा पाएनन् ।
राष्ट्रपति निवासमा आक्रमण हुनुभन्दा केही समय अगाडि जुलाईको सुरुमा श्रीलङ्काका लागि अमेरिकी राजदूत जुली चुङ (Julie Chung) ले विपक्षी नेता तथा श्रीलङ्कामा क्रियाशील विभिन्न संस्थाका प्रतिनिधिहरूसँग भेट गरेकी थिइन् । उनले जुन २९ मा विपक्षी समाजी जना बालावेगाया (Samaji Jana Blalawegaya) का प्रतिनिधिहरूसँग पारदर्शिता र सुशासन प्रवद्र्धन गर्ने बारेमा उनीहरूको दृष्टिकोण सुन्ने वहानामा भेट गरेकी थिइन् । उनले जुलाई ५ मा श्रीलङ्काको न्याय मन्त्रालयका प्रतिनिधिहरूसँग भेट गरिन् । जुलाई ७ मा श्रीलङ्काका पत्रकारहरूलाई भेटिन् । उक्त भेटमा उनले अभिव्यक्ति स्वतन्त्रताप्रति अमेरिकाको अटल प्रतिबद्धता रहेको व्यक्त गरिन् । त्यसपछि अमेरिकी अनुदान प्राप्त अन्तर्राष्ट्रिय सैन्य शिक्षा र प्रशिक्षण कार्यक्रमका स्नातकहरूलाई भेटिन् । सो भेटमा लोकतान्त्रिक विचारलाई कायम राख्ने सेनाको प्रयासलाई अमेरिकाको समर्थन रहने व्यक्त गरिन् । यसरी अमेरिकाले श्रीलङ्कमा रङ्ग क्रान्ति गरेर सत्ता परिवर्तन गरायो ।
सन्दर्भ सामग्री
Sri Lanka: US Backed Colour Revolution in Colombo, redfireonline.com, 2022 july 20
Sri Lanka’s Democratic Unrest: From Aragalaya to Uncertain Institutional Reform, NIICE NEPAL, 2026 january 16
Srilanka to Nepal: lessons from the revolutionary wave, The Communist, Ben Curry, Revolutionary Communist Party, 2025 Sep 25
Historical Vistas on Sri Lanka’s 2022 people’s Uprising, Samal Vimukthi Hemchandra, Sujit Sivasundaram, Oxford Academic History Workshop Journal 2024 january 23
Aragalaya 4th Anniversary: Colour Revolution or third post, Daily FT, 2026 July 9

Leave a Reply

Your email address will not be published. Required fields are marked *