भर्खरै :

रसुवा भोटेकोसी बाढी–पहिरोको क्षतिले नेपालमा विश्व तापक्रमको वृद्धिमा ध्यान दिलायो

रसुवा भोटेकोसी बाढी–पहिरोको क्षतिले नेपालमा विश्व तापक्रमको वृद्धिमा ध्यान दिलायो

हिजोसम्म हरेक घटना आफ्नै देशको वा कोरोना र अन्य रोगव्याधि मात्रै भन्न जान्ने नेपाली बुद्धिजीवीहरू अहिले विश्व तापक्रमको वृद्धिले नेपालमा प्रत्यक्ष प्रभाव परेको अनुभव गर्दै छन् ।
त्यसबारे केही वर्षअघि ‘वातावरण सङ्कट र समाधान’ भन्ने विश्व वातावरणका जानकारहरू र क्यास्ट्रोका मन्तव्य तथा अन्तर्राष्ट्रिय स्तरका बैठकहरूको भाषणसमेत छापिएको थियो । तर, त्यो प्रकाशन विश्वविद्यालय र कलेजहरूका प्राध्यापकहरूको निम्ति ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात !’ भनेजस्तै भएको थियो । रसुवाका विभिन्न जलविद्युत् आयोजनाका प्राविधिक, कर्मचारी र कामदारहरूको एकै चिहान भएको र घाइतेहरूको एवं परिवारहरूको शोक र पीडाले बल्ल बुद्धिजीवीहरूको पनि मन छोएको देखियो ।
‘वातावरणीय सङ्कट कसरी समाधान गर्ने ?’ संरा अमेरिकाकै ‘पिपुल्स ट्रिब्युन’ बारे बेलायतकै ‘नयाँ मजदुर’, मार्च २००९ ले व्यवस्थितरूपले लेखेको थियो । २००३ अक्टोबर महिनामा क्यानडाबाट प्रकाशित ‘नर्थ स्टार कम्पास’ ले उद्धृत ग¥यो – मरुभूमीकरण र खडेरी विरुद्धको छैटौँ राष्ट्र सङ्घीय सम्मेलनमा क्युवाली राष्ट्रपति डा. फिडेल क्यास्ट्रो रूजले दिनुभएको सम्बोधन गम्भीर विषयको भए पनि संरा अमेरिकाजस्तो शक्ति राष्ट्रले उपयुक्त ध्यान नदिएको अहिले ठाउँ ठाउँबाट टीकाटिप्पणी हुँदै गरेको संसारले सुन्दै छन् ।
‘द न्यु वर्कर’ ले २००४ को डिसेम्बर महिनाको अङ्कमा ‘रेनी साम्स’ ले ‘मौसम परिवर्तनको बढ्दो ज्वार’ शीर्षकमा एक लामो लेख छापेको थियो । १८ फेब्रुअरी २००५ को ‘द न्यु वर्कर’ ले ‘क्योटो सम्झौतालाई जीवित राखौँ’ शीर्षकको एक लेखमार्फत सबैको ध्यान आकर्षित गरेको थियो । ‘द न्यु वर्कर’ ले २५ फेब्रुअरी २००९ को अङ्कमा ‘क्योटो सम्झौता– हाम्रो पृथ्वीलाई बचाऔँँ’ शीर्षकमा छापेको थियो ।
त्यस्तै ‘म्युन ताइ ह्युन ९ःगल त्बष् ज्गल० ले ‘तापक्रम वृद्धि : एक गम्भीर चुनौती’ शीर्षकले लेखमार्फत सचेत गरेका थिए । (द प्योङयाङ टाइम्स, १९ मार्च २००५)
संयुक्त राज्य अमेरिकाले राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमै पेरिस सम्झौताबाट हात झिक्ने घोषणा ग¥यो । त्यो घोषणाले विश्व तापक्रम घटाउन शक्ति राष्ट्रहरूले कार्वन उत्सर्जन गर्ने कार्यहरूमा विकल्प दिएर आवश्यक ऊर्जा संयन्त्रमार्फत वातावरणलाई जोगाउने काम गर्नुपर्ने थियो । त्यस सम्झौताबाट हात झिकेपछि संरा अमेरिकाले कोइला र अन्य जीवाष्मको ऊर्जा तथा आणविक अस्त्रजस्ता हातहतियार उत्पादनमा समेत नियन्त्रण हुने सम्झौताबाट हात झिक्नु एक प्रकारको विश्वको तापक्रम वृद्धिबाट हुने प्राकृतिक प्रकोपलाई रोक्ने काम गरेन । तर त्यसको उल्टो अन्य देशहरूमा सकारात्मक कामहरूका लागि भइरहेको सहयोगलाई समेत रोक्यो, जसको परिणाम रसुवाको भोटेकोसी बाढी र हिउँपहिरो हो । ब्राजिलको घना जङ्गललाई संसारको फोक्सो भनिन्थ्यो, त्यसैलाई दोस्रो विश्व युद्धका युद्ध अपराधीको छोरो ब्राजिलको राष्ट्रपति बोल्सोनारोले ती जङ्गलमा आगो लगाएर ठुलो अपराध ग¥यो ।
तर, चीनले देशको ठाउँ ठाउँमा वृक्षरोपण, वन संरक्षण र सौर्य ऊर्जामार्फत कोइलाको कार्वन उत्सर्जनजस्ता कार्यलाई काम गर्ने राष्ट्रव्यापी गतिविधि गरी आफ्नो अन्तर्राष्ट्रिय कर्तव्य पूरा ग¥यो । त्यस्तै इरान, मध्यपूर्व र युक्रेनको युद्ध गराएर थप विश्व वातावरणको तापक्रम वृद्धि गर्ने काममा ट्रम्प प्रशासनले सहयोग ग¥यो भन्ने विश्वका जनताले अनुभव गर्दै छन् ।
माथिका भनाइहरू १९ भदौ २०८३ को ‘अन्नपूर्ण’ ले ‘ट्रम्पले रोकेका थिए नेपालमा पूर्वसूचना प्रणाली परियोजना’ रोकेको बताइयो ।
यसरी फिडेल क्यास्ट्रोले विश्वका सबै जनतालाई सम्भावित दुर्भाग्यबाट जोगाउन ‘मानव जातिको सम्भावित दुःखान्त’ शीर्षक भाषणबाट प्रस्ट छ ।
(वातावरण : सङ्कट र समाधान) । क्युवाको साप्ताहिक ‘ग्रान्मा’ मा छापिएको फिडेल क्यास्ट्रोको ‘विश्वका तीन अर्बभन्दा बढी जनता भोक र प्यासको कारण वयस्कपूर्व नै हुने मृत्युको निन्दा गर्दै छन्’ भन्ने लेखलाई पनि ‘वातावरण : सङ्कट र समाधान’ एक हरियो पुस्तिकाले साभार गरेको छ । त्यो पुस्तिका ‘संस्थागत विद्यालयहरूको साझा सङ्गठन ‘इसान’ ले छापेको थियो ।
प्रधान

Leave a Reply

Your email address will not be published. Required fields are marked *